
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष अघिल्लो निर्वाचन नेकपा एमालेले जितेको थियो। नेपाली कांग्रेसका उपेन्द्र सापकोटालाई एमालेका हरिप्रसाद आचार्यले जम्मा ७ भोटले पराजित गरेका थिए।
निकै प्रतिष्पर्धात्मक देखिएको गणनाको अन्त्यतिर दुबै पक्षका उम्मेदवारले जितको खुसी मनाउने तयारी गरेका थिए।
कांग्रेसले त्यतिखेर १ हजार ७ सय १३ भोट ल्याएको थियो। माओवादी केन्द्रका उम्मेदवारले ९ सय ३१ भोट ल्याएका थिए। एमाले १ हजार ७ सय २० भोट ल्याएर विजयी भएको थियो।
वडामा एमालेले जित्दा मेयर पदमा कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका देविप्रसाद ज्ञवालीले भन्दा ६५ भोटमात्रै बढी ल्याएकी थिइन्। जबकी वडामा कांग्रेस र माओवादीले ल्याएको भोट जोड्दा २ हजार ६ सय ४४ हुन्छ। दाहालले यो वडाबाट २ हजार १ सय ९५ भोट ल्याएकी थिइन्।
यसपालि यो वडाको नतिजा उल्टिएको छ। अघिल्लो पटक एमालेले थोरै भोटले जितेको वडामा अहिले कांग्रेसले अत्याधिक मतले जितेको छ। एमालेका भानुभक्त सापकोटाले १ हजार ६ सय ३३ भोट ल्याउँदा कांग्रेसका अर्पण पोखरेलले २ हजार ५ सय ३० भोट ल्याए।
पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार पोखरेलले एमालेलाई वडाध्यक्षमा ८ सय ९७ मतले हराएका हुन्। वडाध्यक्षमा राप्रपाका उम्मेदवार चतुर्भुज कँडेलले ८ सय ८० भोट ल्याएका थिए।nic
वडाध्यक्षमा राम्रो भोट ल्याएको गठबन्धनले मेयरमा त्यति राम्रो भोट ल्याउन सकेन। यहाँको गठबन्धनको भोट कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले काटिदिए। पौडेलले यो वडाबाट १ हजार २ सय १६ भोट ल्याए। ४ नम्बरको गणना सकिँदा उनले आफ्नो मत २ हजार ७ सय ८८ पुर्याएका छन्।
यो वडाबाट गठबन्धनकी रेनु दाहालले १ हजार ८ सय २४ र एमालेका विजय सुवेदीले १ हजार ७ सय ४५ भोट ल्याए। अर्थात् यो यो वडामा दाहालले सुवेदीभन्दा ७९ मत बढी पाएकी छन्।
चारै वटा वडाको गणना सकिँदा भने दाहाल २९ मतले अगाडि छन्। दाहालले अहिलेसम्म ५ हजार ७ सय १८ र सुवेदीले ५ हजार ६ सय ८९ भोट पुर्याएका छन्।
एमालेले आफ्नो राम्रो मत भएको ठानेको यो वडामा तालमेल गरेको दल राप्रपाले असहयोग गरेको ठानेको छ। गणनाका क्रममा राप्रपाका धेरै मतदाताले मेयरमा माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई भोट हालेको पाइएको एमालेका एक नेताले बताए।
यो वडामा अग्रता थप बढ्ने ठानेको एमाले अघिल्लो वडामा आइपुग्दा बढाएको ५० मत खर्चिँदा पनि २९ भोटले पछि परेको छ। यसपालि यो वडामा ५ हजार ९ सय २ जनाले भोट हालेका थिए।
गणना सुरू भएको वडा नम्बर ५ पनि अघिल्लो पटक एमालेले नै जितेको हो। त्यहाँ एमालेका वडाध्यक्षका उम्मेदवार १ हजार ७ सय ८० मत ल्याएर विजयी भएका थिए। वडामा कांग्रसले ९१ भोट कम ल्याएको थियो। माओवादीका उम्मेदवारले ४ सय ३२ भोट ल्याएका थिए।
यो वडामा मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी रेनु दाहालले भन्दा एमालेका देविप्रसाद ज्ञवालीले ५६ भोट बढी ल्याएका थिए।
अहिले यहाँ ४ हजार ५ सय ९४ जनाले मतदान गरेका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया