SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/३ गते
    १३९५ &#२३४६;&#२३३५;&#२३२५;

    भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष अघिल्लो निर्वाचन नेकपा एमालेले जितेको थियो। नेपाली कांग्रेसका उपेन्द्र सापकोटालाई एमालेका हरिप्रसाद आचार्यले जम्मा ७ भोटले पराजित गरेका थिए।

    निकै प्रतिष्पर्धात्मक देखिएको गणनाको अन्त्यतिर दुबै पक्षका उम्मेदवारले जितको खुसी मनाउने तयारी गरेका थिए।

    कांग्रेसले त्यतिखेर १ हजार ७ सय १३ भोट ल्याएको थियो। माओवादी केन्द्रका उम्मेदवारले ९ सय ३१ भोट ल्याएका थिए। एमाले १ हजार ७ सय २० भोट ल्याएर विजयी भएको थियो।

    वडामा एमालेले जित्दा मेयर पदमा कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका देविप्रसाद ज्ञवालीले भन्दा ६५ भोटमात्रै बढी ल्याएकी थिइन्। जबकी वडामा कांग्रेस र माओवादीले ल्याएको भोट जोड्दा २ हजार ६ सय ४४ हुन्छ। दाहालले यो वडाबाट २ हजार १ सय ९५ भोट ल्याएकी थिइन्।

    यसपालि यो वडाको नतिजा उल्टिएको छ। अघिल्लो पटक एमालेले थोरै भोटले जितेको वडामा अहिले कांग्रेसले अत्याधिक मतले जितेको छ। एमालेका भानुभक्त सापकोटाले १ हजार ६ सय ३३ भोट ल्याउँदा कांग्रेसका अर्पण पोखरेलले २ हजार ५ सय ३० भोट ल्याए।

    पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार पोखरेलले एमालेलाई वडाध्यक्षमा ८ सय ९७ मतले हराएका हुन्। वडाध्यक्षमा राप्रपाका उम्मेदवार चतुर्भुज कँडेलले ८ सय ८० भोट ल्याएका थिए।nic
    वडाध्यक्षमा राम्रो भोट ल्याएको गठबन्धनले मेयरमा त्यति राम्रो भोट ल्याउन सकेन। यहाँको गठबन्धनको भोट कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले काटिदिए। पौडेलले यो वडाबाट १ हजार २ सय १६ भोट ल्याए। ४ नम्बरको गणना सकिँदा उनले आफ्नो मत २ हजार ७ सय ८८ पुर्‍याएका छन्।

    यो वडाबाट गठबन्धनकी रेनु दाहालले १ हजार ८ सय २४ र एमालेका विजय सुवेदीले १ हजार ७ सय ४५ भोट ल्याए। अर्थात् यो यो वडामा दाहालले सुवेदीभन्दा ७९ मत बढी पाएकी छन्।

    चारै वटा वडाको गणना सकिँदा भने दाहाल २९ मतले अगाडि छन्। दाहालले अहिलेसम्म ५ हजार ७ सय १८ र सुवेदीले ५ हजार ६ सय ८९ भोट पुर्‍याएका छन्।

    एमालेले आफ्नो राम्रो मत भएको ठानेको यो वडामा तालमेल गरेको दल राप्रपाले असहयोग गरेको ठानेको छ। गणनाका क्रममा राप्रपाका धेरै मतदाताले मेयरमा माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई भोट हालेको पाइएको एमालेका एक नेताले बताए।

    यो वडामा अग्रता थप बढ्ने ठानेको एमाले अघिल्लो वडामा आइपुग्दा बढाएको ५० मत खर्चिँदा पनि २९ भोटले पछि परेको छ। यसपालि यो वडामा ५ हजार ९ सय २ जनाले भोट हालेका थिए।

    गणना सुरू भएको वडा नम्बर ५ पनि अघिल्लो पटक एमालेले नै जितेको हो। त्यहाँ एमालेका वडाध्यक्षका उम्मेदवार १ हजार ७ सय ८० मत ल्याएर विजयी भएका थिए। वडामा कांग्रसले ९१ भोट कम ल्याएको थियो। माओवादीका उम्मेदवारले ४ सय ३२ भोट ल्याएका थिए।

    यो वडामा मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी रेनु दाहालले भन्दा एमालेका देविप्रसाद ज्ञवालीले ५६ भोट बढी ल्याएका थिए।

    अहिले यहाँ ४ हजार ५ सय ९४ जनाले मतदान गरेका छन्।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं