
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
प्रेम चौलागाई
कहिले काही जीवनले अनौठो अनुभव र घटनाबाट उच्च शिक्षा लिन सकिने रैछ। २०५६ सालको कुरा हो। राप्रपाबाट इलामको क्षेत्र नम्बर २ को साम्सद उम्मेदवार भए। प्रचार प्रसारमा आकर्षक मेरो तस्विर र आकर्षक नाराहरुको बहुतै चर्चा भयो। पोष्टर मैले कलकत्तामा गएर छपाएको थिए।
नेपाली कांग्रेसबाट केबी गुरुङ एमालेबाट सुवास नेम्वाङ राप्रपा चन्द बाट पझसुन्दर लावती अनि राप्रपा थापाबाट म एउटै क्षेत्रमा उम्मेद्वार भयौँ । अरु बरिष्टहरुको अगाडि म सानो थिए। सबैलाई आदर्णिय सम्झेर चुनावको प्रतिस्पर्दा मा गएँ। प्रचार प्रसार सबैको भन्दा राम्रो थियो। जताततै पोष्टर र पम्पलेट पुर्याएको थिए। क्षेत्रभरीका हरेक मेरा आमसभा मा हजारौ उपस्थिति थियो । सबै साथीहरु चुनाव जितिन्छ भन्दै उत्साहित हुनु भयो । म भने २% पनि ति आमसभा देखेर उत्साहित थिईन। किनकी वास्तविक कुरा मलाई थाहा थियो।
भित्री कुरा के थियो भने एमाले आएर मेरो पोष्टर लिएर जान्थे र कांग्रेसको घरमा टाँसी दिन्थे। कांग्रेसले लान्थे र एमालेको घरमा टाँसी दिन्थे। दुवै पार्टीले आपसमा कुरा गर्दा यसपाली भोट राप्रपालाई भन्थे। मैले भाषण गर्दा कांग्रेसलाई गाली गरे एमालेले तालि पड्काउने एमालेलाई गाली गर्दा कांग्रेसले पड्काउथे । मेरो आमसभामा कांग्रेसले एमाले बटुलेर एमालेले कांग्रेस बटुलेर ल्याउथे। तसर्थ सभाहरूमा म आउने साथ भिड देख्थे। कारण थियो कांग्रेसले एमालेको एमालेले कांग्रेसको भोट कटाउन यसो गर्दैछन् भन्ने मैले बुझेको थिए।
हो मैले वास्तविकता बुझेको थिएँ। तर कार्यकर्ता साथीहरुमा निराशा होला भनेर सबै कुरा गोप्य राख्थे। यस्तै चल्दै थियो । जव प्रचार प्रसारको अन्तिम तिर आयो भिडमा कमी आउँदै थियो। राप्रपाका जिल्ला अध्यक्ष तथा भुपू मन्त्री मेरा भिनाजु सोमनाथ बाँस्तोलाले भन्नु भयो प्रेम बाबु आम सभा हेर्दा चुनाव जितिने देखे।
कमल थापा ज्यू मेरो क्षेत्रमा मलाई सहयोग गर्न आमसभामा आउनु भयो चुलाचुली मा । उक्त आमसभामा हजारौ मान्छे पचासौ बस गाडी सयौ मोटर साईकल देखेर प्रेम भाई चुनाव जित्न सक्ने अवस्था देखें मेहनत गर है भन्नु भो त्यसको भोलिपल्ट गरुवामा पशुपति शमसेर आउनु भो। वहाँले पनि भिड देखेर जितिने कुरा बताउनु भो। तर म उत्साहित थिईन ।
जब प्रचार प्रसारको अन्तिम दिन आमचोक हाईस्कूल मा वृहत आमसभा भनेर प्रचार गरें । दुईटा माईक स्कूलको खेल मैदानमा जडान गरेर आउनुहोस आउनुहोस वृहत आमसभा भनेर मान्छे बोलाउन थालियो ।
म र भेनाजु घोडा माथि चड्यौ । पन्चै वाजा अगाडि लगाएर आमसभा भएको स्थल तिर लाग्यौ। आमसभा १ बजे सुरु भनेको थियो। जब सभा मा पुग्यौ छक्क परें। कारण थियो माईक बोक्ने दुईभाई भेनाजु म र पन्चैबाजा बनाउने मात्रै रहेछौ । प्रचारमा हिडेका साथीहरु दश विस जना थिए। सर्वसाधरण नरबा कुञ्जरबा थियो। कारण त्यस वेला सम्म कांग्रेसले र एमाले हरूले आफ्ना आफ्ना भोटर तथा जनता हरुलाई बाटो छेक्ने तर्साउने हप्काउने गरेर आमसभामा आउनै दिएनन्।
मैले भिनाजुलाई भने घोडा यही छोडौ बाजाको र माइकको पैसा दिउँ । साथीहरुलाई खाना खुवाउ र विदा गरौं। अनि तपाई इलाम लाग्नु होस म रविको बाटो दमक झर्छु र काठमाण्डौ फर्कन्छु । राप्रपाको विभाजनले लावती जी र मेरो एउटै हालत छ । यो पार्टी विभाजनको अपराध हामी निर्दोष कार्यकर्ताले कहिले सम्म भोग्नु पर्ने हो भनेर हामी आफ्नो आफ्नो वाटो लाग्यौ ।
आफैले सयौ माला उन्न लगाएर आमसभामा पठाएको थियो तर फूल बोरामा नै कुहियो होला ? झिकेर लगाउने समेत हिम्मत कसैको भएन । हेर्दै जानु होला माधव नेपालको नियति मेरो जस्तै हुनेछ। चुनावमा कांग्रेसले रुख बोकेर हिड्नेकी माधवको चिन्ह ? माओवादी ले हसिया हतौडा वोक्ने कि माधवको चिन्ह ? पार्टी फुटाउनु थियो फुट्यो । अब माधब नेपाल कांग्रेसलाई किन चाहियो ? प्रचण्डलाई माधव किन चाहियो ? वावुराम लाई माधव किन चाहियो ?
हेर्दै जानु होला माधवको अन्तिम वृहत आमसभामा माधव माधवका सम्धी र नौमती बाजा बाहेक र ढोल ढ्याङ्गो विनाको झाँक्री वाहेक माईक बोक्ने दुई भाई मात्रै हुनेछन्। अस्तु


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया