
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
प्रेम चौलागाई
कहिले काही जीवनले अनौठो अनुभव र घटनाबाट उच्च शिक्षा लिन सकिने रैछ। २०५६ सालको कुरा हो। राप्रपाबाट इलामको क्षेत्र नम्बर २ को साम्सद उम्मेदवार भए। प्रचार प्रसारमा आकर्षक मेरो तस्विर र आकर्षक नाराहरुको बहुतै चर्चा भयो। पोष्टर मैले कलकत्तामा गएर छपाएको थिए।
नेपाली कांग्रेसबाट केबी गुरुङ एमालेबाट सुवास नेम्वाङ राप्रपा चन्द बाट पझसुन्दर लावती अनि राप्रपा थापाबाट म एउटै क्षेत्रमा उम्मेद्वार भयौँ । अरु बरिष्टहरुको अगाडि म सानो थिए। सबैलाई आदर्णिय सम्झेर चुनावको प्रतिस्पर्दा मा गएँ। प्रचार प्रसार सबैको भन्दा राम्रो थियो। जताततै पोष्टर र पम्पलेट पुर्याएको थिए। क्षेत्रभरीका हरेक मेरा आमसभा मा हजारौ उपस्थिति थियो । सबै साथीहरु चुनाव जितिन्छ भन्दै उत्साहित हुनु भयो । म भने २% पनि ति आमसभा देखेर उत्साहित थिईन। किनकी वास्तविक कुरा मलाई थाहा थियो।
भित्री कुरा के थियो भने एमाले आएर मेरो पोष्टर लिएर जान्थे र कांग्रेसको घरमा टाँसी दिन्थे। कांग्रेसले लान्थे र एमालेको घरमा टाँसी दिन्थे। दुवै पार्टीले आपसमा कुरा गर्दा यसपाली भोट राप्रपालाई भन्थे। मैले भाषण गर्दा कांग्रेसलाई गाली गरे एमालेले तालि पड्काउने एमालेलाई गाली गर्दा कांग्रेसले पड्काउथे । मेरो आमसभामा कांग्रेसले एमाले बटुलेर एमालेले कांग्रेस बटुलेर ल्याउथे। तसर्थ सभाहरूमा म आउने साथ भिड देख्थे। कारण थियो कांग्रेसले एमालेको एमालेले कांग्रेसको भोट कटाउन यसो गर्दैछन् भन्ने मैले बुझेको थिए।
हो मैले वास्तविकता बुझेको थिएँ। तर कार्यकर्ता साथीहरुमा निराशा होला भनेर सबै कुरा गोप्य राख्थे। यस्तै चल्दै थियो । जव प्रचार प्रसारको अन्तिम तिर आयो भिडमा कमी आउँदै थियो। राप्रपाका जिल्ला अध्यक्ष तथा भुपू मन्त्री मेरा भिनाजु सोमनाथ बाँस्तोलाले भन्नु भयो प्रेम बाबु आम सभा हेर्दा चुनाव जितिने देखे।
कमल थापा ज्यू मेरो क्षेत्रमा मलाई सहयोग गर्न आमसभामा आउनु भयो चुलाचुली मा । उक्त आमसभामा हजारौ मान्छे पचासौ बस गाडी सयौ मोटर साईकल देखेर प्रेम भाई चुनाव जित्न सक्ने अवस्था देखें मेहनत गर है भन्नु भो त्यसको भोलिपल्ट गरुवामा पशुपति शमसेर आउनु भो। वहाँले पनि भिड देखेर जितिने कुरा बताउनु भो। तर म उत्साहित थिईन ।
जब प्रचार प्रसारको अन्तिम दिन आमचोक हाईस्कूल मा वृहत आमसभा भनेर प्रचार गरें । दुईटा माईक स्कूलको खेल मैदानमा जडान गरेर आउनुहोस आउनुहोस वृहत आमसभा भनेर मान्छे बोलाउन थालियो ।
म र भेनाजु घोडा माथि चड्यौ । पन्चै वाजा अगाडि लगाएर आमसभा भएको स्थल तिर लाग्यौ। आमसभा १ बजे सुरु भनेको थियो। जब सभा मा पुग्यौ छक्क परें। कारण थियो माईक बोक्ने दुईभाई भेनाजु म र पन्चैबाजा बनाउने मात्रै रहेछौ । प्रचारमा हिडेका साथीहरु दश विस जना थिए। सर्वसाधरण नरबा कुञ्जरबा थियो। कारण त्यस वेला सम्म कांग्रेसले र एमाले हरूले आफ्ना आफ्ना भोटर तथा जनता हरुलाई बाटो छेक्ने तर्साउने हप्काउने गरेर आमसभामा आउनै दिएनन्।
मैले भिनाजुलाई भने घोडा यही छोडौ बाजाको र माइकको पैसा दिउँ । साथीहरुलाई खाना खुवाउ र विदा गरौं। अनि तपाई इलाम लाग्नु होस म रविको बाटो दमक झर्छु र काठमाण्डौ फर्कन्छु । राप्रपाको विभाजनले लावती जी र मेरो एउटै हालत छ । यो पार्टी विभाजनको अपराध हामी निर्दोष कार्यकर्ताले कहिले सम्म भोग्नु पर्ने हो भनेर हामी आफ्नो आफ्नो वाटो लाग्यौ ।
आफैले सयौ माला उन्न लगाएर आमसभामा पठाएको थियो तर फूल बोरामा नै कुहियो होला ? झिकेर लगाउने समेत हिम्मत कसैको भएन । हेर्दै जानु होला माधव नेपालको नियति मेरो जस्तै हुनेछ। चुनावमा कांग्रेसले रुख बोकेर हिड्नेकी माधवको चिन्ह ? माओवादी ले हसिया हतौडा वोक्ने कि माधवको चिन्ह ? पार्टी फुटाउनु थियो फुट्यो । अब माधब नेपाल कांग्रेसलाई किन चाहियो ? प्रचण्डलाई माधव किन चाहियो ? वावुराम लाई माधव किन चाहियो ?
हेर्दै जानु होला माधवको अन्तिम वृहत आमसभामा माधव माधवका सम्धी र नौमती बाजा बाहेक र ढोल ढ्याङ्गो विनाको झाँक्री वाहेक माईक बोक्ने दुई भाई मात्रै हुनेछन्। अस्तु


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया