
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
कमला केसी | हाम्रो परिवार लगभग तिन दशक यता ट्रान्सपोर्ट ब्यवसाय गर्दै आईरहेको छ हरेक हिसाबले अतिनै महत्त्वपूर्ण भुमिकामा रहेको यो व्यवसायले आम सर्वसाधारणसंग प्रत्यक्ष सम्बन्ध जोडीएको महसुस हामिले गरेका छौ प्रत्येक घरको चुलो बल्न अझै भनौ गाँस बास र कपाससंग प्रत्यक्ष सम्बन्ध राख्छ भन्दापनि फरक पर्दैन किनकी देशका ७७ वटै जिल्लाका हरेक कुनामा प्रत्येक आम जनतालाई जिविका पार्जनको लागि आवश्यक पर्ने हरेक सामाग्रीको ढुवानीसेवा प्रदान गरिरहेको छ ।
आयमुलक संस्था वा पेशा भएपनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा प्रदान गर्ने संस्थापनि हो आमग्राहक महानुभाब बाहेक सर्वसाधरण जनतासंग पनि हरेक तवरले जोडिएको हुनाले पनि आफुलाई व्यवसायीक रुपमा मात्रै सिमित नराखिकन सामाजिक अभियन्ताको रुपमा खडा भएर सेवामुलक ढंगले पनि अगाडि बढिरहेको महसुस हामिलाई भईरहेको छ । यी सबै भूमिका बाधनुको पछाडी अवश्य पनि केहिनकेही प्रसङ्ग छ जुन म अब जोड्न लागिरहेको छु नितान्त एक आम सर्वसाधारण भएर म आफुलाई लागेको बिषय उठान गर्न लागिरहेको पनि यहाँहरु समक्ष पहिलेनै जानकारी गराउन चाहान्छु ।
विश्वव्यापी महामारीले समग्र देश शोकाकुल छ प्रदेशमा छौ परिवारको चिन्ताले सताउनु त स्वभाविक नै भयो अझैबढी चिन्ता घरको सदस्य घरबाहिर काम गरिरहदा हुँदोरहेछ हाम्रो परिवार ट्रान्सपोर्ट ब्यवसाय गर्दै आईरहेको छ नितान्त निजि ब्यवसाय आफ्नो हिसाबले चल्ने आफ्नो हिसाबले बन्द गर्न सक्ने यो कोरोनाको महामारी फैलिए लगत्तै घरमा कुराकानी भयो अझै भनौं यो व्यवसायमा खटिरहनु भएका आदरणीय ठुलो दाजु माईलो दाजु अनि कान्छो भाईसंग हजुरहरुपनी अफिस बन्द गर्नुहोस् नहिड्नुहोस बाहिर भनेर तर उहाँहरुले जवाफमा फर्काउनु हुन्थ्यो हामी मात्र व्यवासायिक पाटोलाई अंगालेर हिडिरहेका छैनौं ।
यस्तो अवस्थामा हामी कुनै हालतमा आफ्नो मात्रै ज्यानको प्रवाह गरेर आम सर्वसाधारण प्रतिको कर्तव्यलाई भुल्न सक्दैनौं हामी आफ्नो ज्यान जोखिममा राखेरै भएपनि सेवा दिन्छौ र अतिआवस्यक सामाग्रीहरु देशैभरी नै ढुवानी गर्छौ हामीसंग अर्को कुनै तर्क हुने कुरै भएन एकैछिन स्वार्थी भएर आफ्नो परिवारलाई मात्रै सोचेको भएपनी उहाँहरुको जवाफ पछि बोल्न सक्ने ठाउँपनि त थिएन आखिर अफ्ट्यारोमा जसले जति जसरी सक्छ मानव धर्म निभाउनै पर्छ भन्ने त मेरो पनि सोच हो त्यसैले पनि केही नबोली हौंसला दिदै सुरक्षित भएर काम गर्न अनुरोध बाहेक केही बढी बोल्न सकिन ।
कुरा गणतन्त्र दिवसको दिनको हो सधैंझै पारिवारिक हालखबर बुझन आदरणीय हाम्रो घरको माईलो दाजु दुवानी ब्यवसायिक महासंघ नेपालका महासचिव अरुण श्रेष्ठलाई फोन गरे सधैं कार्यस्थलमा खटिएरहने दाजु घरमानै हुनुहुँदोरहेछ जिस्किदै सोधे दाई आज छुट्टी हो ? उहाँले अर्कै मोड्मा जवाफ दिनुभयो छुट्टी ?भन्दापनी काम गर्ने र अफ्ट्यारो परिस्थितिमा सहयोग गर्ने वातावरण भएन अब म पनि सिरियस मोडमा फर्के अनि सोधे के भयो दाई हामी जेठाजु बुहारी भएपनि दाजुबहिनी जस्तै छौ हाम्रो सम्बन्धमा अफ्ट्यारोपन हिचकिचाहट कतै छैन ।
हामी खुलेर हरेक बिषयमा कुराकानी गरिरहेका हुन्छौं देशको राजनीतिक स्थिति देखी वर्तमान परिस्थिति सम्मका कुराकानी भईनैरहेका हुन्छन् दाईले निराश भावमा भन्नुभयो देशमा नितान्त निस्वार्थ रुपमा काम गर्ने वातावरण पनि भएन हामिले त आम सर्वसाधण र सरकारलाई नै सहयोग पुगोस भनेर यस्तो विषम परिस्थितिकाबीच पनि सेवा दिइरहेका थियौं तर अपशोच हाम्रो सरकारले हाम्रो भूमिकालाई बुझेन सामान ढुवानी गराउने क्रममा ट्रान्सपोर्ट कम्पनीहरुमा कार्यरत १५ जना ब्यक्तीहरुलाई प्रहरिले पक्राउ समेत गर्यो आपुर्ती मन्त्रालयसंग छलफल गरेरै काम गरेपनी स्थानिय प्रहरी बाट अबरोध हुँदै आईरहेको छ ।
उहाँको बोलिमा निराशाजनक भाव थियो केहिबेरको कुराकानीपछि फोन राखे अनि मलाई पनि नराम्रो लाग्यो र केही लेख्नमन लागेको भएर पनि मैले सुरु गरे भुपरिवेष्टित देश नेपाल ७७ वटै जिल्लामा ढुवानी सेवा बाहेकको कुनै विकल्प नै छैन जनतालाई बिहान उठेदेखी सुत्नेबेला सम्मका अति आवश्यक बस्तुहरु दैलो सम्म पुराउने यो व्यवसायलाई सरकार महत्त्वको बिषय ठान्दैन यो संस्था सम्बन्धि गम्भीरतापुर्वक सोचेर हालसम्म कुनै बिषय उठान भएको पनि थाह छैन मलाई देशमा गणतन्त्र लोकतन्त्र के के छ भन्छन् सेवा गर्छौ भनेर आफ्नो ज्यान जोखिममा राखेर निस्वार्थ लागिरहेका हाम्रा दाईहरु जस्ता कयौं युवाहरुलाई काम गर्ने वातावरण मिलाएर प्रोत्साहन दिनुत परै जाओस् उल्टै निरुत्साहित गरेको छ यहीँ हो गणतन्त्र यहि हो लोकतन्त्र ?? सरकार आफुले केही गर्न नसकेपनि अक्सिजन नपाएर मरेका लासहरु नदेखेपनि मेरा दाईहरु जस्ता हामी गर्छौ सरकारको मुख मात्रै ताक्ने होईन भनेर हौसिएका जोशिएका युवाहरूको हौसला त कम्तिमा बढाउने काम गर ।
यो विपत्तिको समयमा सरकारलाई छाती फराकिलो बनाएर सहयोग गर्नेहरुको आवश्यकता छ त्यसैले सबै मनकारी र धनकारीहरुलाई निस्वार्थ भावनाले सहयोगको अनुरोध गर्दै सरकारले राहतलाई निष्पक्षता र जिम्मेदारीताका साथ भुमिका निर्वाह गर्ने कुराको प्रत्याभुती आम पिडित समुदायमा दिलाउन सक्नुपर्छ । पहिलो पंक्तिमा रहेर सेवा प्रदान गरिरहेका यस्ता संस्थाहरुको पहिचान गरेर काम गर्ने वातावरण मिलाइदे सरकार हामी हाम्रा दाजुभाईहरुको बिश्वास हौसला र केही गर्छौ गर्नुपर्छ भन्ने भावना मरेको हेर्न चाहदैनौ ।
कमला केसी
स्नातकोत्तर बिद्यार्थी
दक्षिण कोरिया


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया