
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
कमला केसी, हाल कोरीया | मेरो छोरी हामि दुईको प्रेमको सुन्दर सिर्जना संसारमा प्रेमनै हो जहाँ यति सुन्दर परिकल्पना हुनसक्छ जिन्दगीका हरेक सफलता, हरेक खुशी, मायाका अनेकौं कथा जिन्दगीले चाखेका सबैभन्दा मिठा पलहरु एकातिर अनि तिमि अर्कोतिर पल्ला कति हो कतिगुना तिमितिरै भारी छ ! सुनेको थिए सन्तानको मायाको बखान मेरा अनि थुप्रै बाबाआमाको मुखाराबिन्दुबाट अह पत्यार कहिल्यै लागेन तर जब देखि तिमी हाम्रो काखमा आयौं मैले त्यो भन्दा बेसि मायाको बखान गाउन थालेको छु, छुट्टै खालको आभास, तिम्रो स्पर्श एक प्रकारको अक्सिजन जस्तो यति धेरै शितलता कसरि दिन सक्छौ ??? तिमी त सानी मुठीमा अठाउने तर ओहो तिम्रो शक्ति हरेक अफ्ट्यारा, हरेक दुख हरेक पिडा कति सजिलै एक मुस्कानमा हराईदिन सकेकी यस्तो लाग्छ तिमीबिना बाँचेको जीवन पनि थियो र? खुशीको चरम सिमाना कहिँ गएर टुङ्गो लाग्छ भने त्यो तिमी हौं !!!
परिवारमा छोरी भएकै कारण मैले कुनै भेदभावको महसुस गरिन धन्य मेरा बाआमाप्रति त्यसैले त सधैं छोराछोरी बिच भेदभावको खाड्ल पुर्नुपर्छ समान ब्यवहार हुनुपर्छ छोरी भएकै कारण कुनै बन्देजको सिमा कोरिनु हुँदैन भनेर आवाज उठाईरहन्छु भलै त्यो आवज परिवारमा सिमित किन नहोस
सन्तान यो भन्दा गर्व गर्न सक्ने विषय सायद अरु होला कुनै बाबाआमाको लागि मलाई यो लागेको छैन अहिले , तिमिभित्र अडिएको छ हरेक सपना, खुशी अनि चाहनाहरु सन्तान छोरा होस् या छोरी बाबाआमाको लागि उतिकै महत्त्व राख्छन तर यथार्थ भन्नुपर्दा मेरो चाहना अनि सपना छोरी चाहना गरे पाएपनि म आफू छोरीलाई कमजोर पात्रको रुपमा प्रस्तुत गर्ने, छोरिलाई आफ्नो सन्तान भन्दापनि जन्मदेखीनै अरुको नासोको रुपमा लिने, छोरीलाई कहिल्यै पनि परिवारको पहिचानको रुपमा नठान्ने, हरेक कुरामा बन्देज लगाईने समाजमा हुर्केको बढेको अनि पढेको, छोरिलाई दोस्रो दर्जा दिईने समाजमा आफ्नो आधा जीवन बेतिथ गरेको पात्र कोहि पुरुषप्रधान अनि कोहि पृतिसतात्मक भन्छन् के नाम दिनुपर्ने म पनि अनबिज्ञ छु किनकी मैले भेदभावको अनेकौं रुप देखीकी छु अनि कहिँकतै भोगेको पनि समाजको पात्र भएको कारण भोग्नुपरेका पीडा बाहेक परिवारमा छोरी भएकै कारण मैले कुनै भेदभावको महसुस गरिन धन्य मेरा बाआमाप्रति त्यसैले त सधैं छोराछोरी बिच भेदभावको खाड्ल पुर्नुपर्छ समान ब्यवहार हुनुपर्छ छोरी भएकै कारण कुनै बन्देजको सिमा कोरिनु हुँदैन भनेर आवाज उठाईरहन्छु भलै त्यो आवज परिवारमा सिमित किन नहोस तिम्रो जन्मदेखी झन बढी जोश थपिएको महसुस भएको छ तिमी प्रत्येक छोरिको उदाहरण बन्नुपर्छ भन्ने अठोट लिएको छु |
तिमी त सानी मुठीमा अठाउने तर ओहो तिम्रो शक्ति हरेक अफ्ट्यारा, हरेक दुख हरेक पिडा कति सजिलै एक मुस्कानमा हराईदिन सकेकी यस्तो लाग्छ तिमीबिना बाँचेको जीवन पनि थियो र? खुशीको चरम सिमाना कहिँ गएर टुङ्गो लाग्छ भने त्यो तिमी हौं !!!
बिवाहपछि आफ्नो थर नै त्यागेर आफ्नो पहिचान मेटाउनु पर्छ भन्ने समाजमा हुर्केको छोरी म त्यहीँ भ्रमलाई चिर्दै तिम्रो बाबाको सुन्दर अनि अति नै धेरै महत्त्व राख्ने उपहार स्वरुप पाएको छु तिम्रो नामको पछाडी मेरो अर्थात तिम्रो आमाको थर अर्थात तिम्रो नामभित्र मेरो पहिचान अठेको छ छोरी धन्यवाद तिम्रो बाबालाई यो सुन्दर उपहारको लागि खुल्ला ह्र्दय अनि समान देख्ने नजरनै हो जसले तिम्रो बाबाको महानता प्रष्ट पारिदिएको छ अनि बधाई छ तिमीलाई तिम्रो जन्म यस्तो परिवारमा भएको छ कि जहाँ हरेक जातभातको खाडल उहिल्यै पुरिसकेको छ|
छोरी अनि बुहारीलाई हेर्ने नजर अझै भनौ एउटा छोरी मान्छेलाई हेर्ने नजर कहिल्यै फरक हुँदैन ठूलो परिवारकि कान्छी छोरी तिमी अहिलेसम्म परिवारसंग भेट नभएपनि तिमीलाई माया आशीर्वाद जति पाउनु पर्ने त्यो भन्दा बेसिनै पाएकी छौ हामीले तिमीलाई दिएको तिम्रो नामको पछाडि दिएको आमाको पहिचानलाई पनि खुल्ला हृदयले ठुलो मन गरेर स्विकार्नु भयो तर छोरी यो समाज अनि समाजका पहरेदारहरु मलाई थाह छ कति ठाउँमा जुध्नुपरेको थियो तिम्रो बाबालाई मेरो पहिचान तिमीलाई दिलाउन हुनत सोच्ने हो भने यो केही ठूलो बिषयनै होइन तर यसैलाई ठूलो विषय बनाउनेहरु पनि भेटिए, नौ महिना कोखमा राखेर जन्माएको सन्तालाई एउटा आमाको पहिचान दिनुपर्दा अतालिने झस्किने समाजबाट आएको हामी तर पनि तिम्रो बाबाको साथ र मेरो अठोट परिवर्तन आफैंबाट सुरु गर्ने हो चाहे सानो होस या ठूलो हामिले गरि छाडेउ छोरी यो आशमा कि तिमिले यसमा गर्व गर्न सक्नेछौ भबिस्यमा अनि परिवर्तन हुने छन् !
पुरुषप्रधान समाजले दिएका सोचहरु बस तिमी हाम्रो दियो हौ तिमि यसरी बल्नु कि छोरी भएकै कारण हरेक कुरा संभव छ भन्ने छर्लङ्गहोस तिमिले जन्मेको देश असाध्यै फराकिलो भैइसकेको छ छोरीको मामलामा यहाँका छोरिहरु कुनै कुराको बन्दैजमा छैनन् हरेक ठाउँमा अब्बल रुपमा खडा छन् केही बर्ष पहिले तिम्रो जन्मदेशमा पनि उस्तै थियो र तर समय संगै सबै परिवर्तन भैसकेको छ आशा गरौ तिम्रो आमाको जन्मभुमिले पनि छोरीमाथी गर्व गर्न सकोस एकदिन त्यो दिन अवस्य आउने छ त्यसको सुरुवात तिमी जस्ता कयौं छोरीहरुबाट भैसकेको छ तिमी जहाँ जन्मेपनी आखिर कर्म गर्ने अनि गर्व गर्ने देश भनेको बाबाआमाको जन्मभुमि नेपालनै हो छोरी हामि त केही समयको पाहुन मात्रै त हो कर्मगर्ने क्रममा तिम्रो जन्म दक्षिण कोरियामा भएता पनि हौ त तिमी पनि नेपाल आमाकै सन्तान कहिल्यै नभुल्नु अनि सधै गर्वका साथ भन्नू छोरी म नेपाल आमाको सन्तान हो भनेर, तिमी एक बर्ष पुगेयौ छिटै तिम्रो पहिलो जन्मदिन मनाउदै छौ |
हामिले तिम्रो प्रत्येक जन्मदिनमा दिनदुखिको सेवा गर्नकै लागि भनेर बाबाले आफ्नो प्रत्येक दिनको कमाईबाट केही रकम छुट्टाउने गर्नुहुन्छ ताकी तिमिमा सधैं सहयोगि भावाना पैदा होस अनि पछि तिमिपनी दिनदुखिको सेवामा लाग्ने प्रेणना मिलोस, हामी त्यति सम्पन्नसाली त होइनौ छोरी र पनि दिएर गरिब कोहि हुदैन भन्ने धारणलाई सिरोपर गर्दै तिम्रो मार्गदर्शनकै लागि पनि हामी सहयोग गर्न चाहान्छौ, तिम्रो जन्मदिनमा धेरै कुरा समेटेर तिमिलाई अक्षरको उपहार दिन चाहन्छु छोरी मनमा धेरै कुरा छन संभब छैन सबै कुरा उतारेर र पनि अझै केही महत्वपूर्ण कुरा समेट्न गैईरहेको छु छोरी तिमी खुल्ला आकाशमा उड्ने स्वतन्त्र पंक्षी हौ तिम्रो खुशी तिमी आफैंमा निर्भर छ कहिलै आफ्नो खुशी अरुसंग नखोज्नु, आफ्नो हरेक कुरा निर्धकसंग राख्न सक्ने क्षमता तिमिमा हुनुपर्छ |
पुरुषप्रधान समाजले दिएका सोचहरु बस तिमी हाम्रो दियो हौ तिमि यसरी बल्नु कि छोरी भएकै कारण हरेक कुरा संभव छ भन्ने छर्लङ्गहोस तिमिले जन्मेको देश असाध्यै फराकिलो भैइसकेको छ छोरीको मामलामा यहाँका छोरिहरु कुनै कुराको बन्दैजमा छैनन् हरेक ठाउँमा अब्बल रुपमा खडा छन् केही बर्ष पहिले तिम्रो जन्मदेशमा पनि उस्तै थियो र तर समय संगै सबै परिवर्तन भैसकेको छ आशा गरौ तिम्रो आमाको जन्मभुमिले पनि छोरीमाथी गर्व गर्न सकोस
अन्यायको लागि जहिले लड्नु चाहे एक्लै किन नपरिओस, आफ्नो आत्मासम्मान भन्दा ठूलो कुनै कुरानै छैन चाहे जस्तो अवस्था आओस अगाडि जोसुकै होस् आफ्नो आत्मसम्मान कहिलै मर्न नदिनु धन सम्पति कहिँल्यै ठूलो होइन भन्ने कुरा बुझिराख्नु धनसम्पत्तिले कहिल्यै पनि आत्मिक सन्तुष्टि मिल्दैन भन्ने कुरा अवस्य मनन गर्नेनै छौ किनकी यी कुराहरु भावनासंग भन्दापनी ब्यवहारिक पक्षसंग सम्बन्धित छन, संसार ठुलो लागेपनी मानव जातिको एउटा घर जस्तो भइसकेको छ त्यसैले तिमी यसलाई मज्जाले परिक्रमा गर्न सक्ने क्षमता राख्छौं बस तिमिले मात्रै ईच्छा शक्ति राख्नु, सबैको प्यारो बन्नु सजिलोमा भन्दा पनि अफ्ट्यारो परिस्थितिमा जो कसैको पनि सहारा बन्ने कोशिशमा लागिरहनु भौतिक भन्दा व्यवाहारिक कुराहरूलाई बढि जोड दिनु तिम्रो चाहना र तिम्रो निर्णयनै अन्तिम हुनेछ तर सधैं निर्णय लिनु पुर्व त्यो बिषयसंग सम्बन्धित ब्यक्तिहरुको रायसल्लाह अवस्य लिनु, हिड्ने क्रममा ठेस लाग्न सक्छ लड्नु पनि कुनै ठूलो कुरा होइन बस उठेर हिड्ने आत्मबल राख्नु, जिन्दगीका बाटाहरु सजिला मात्रै अवस्य छैनन् गार्हो समयमा पनि नअतालिनु जिन्दगीको शब्दकोषभित्र हार र जित दुबै शब्द आउछन् हारलाई पनि खुशीका साथ स्विकार्दै जितको लागि कोशिस गरिरहनु |
हार्नु भनेको सकिनु होइन जितको लागि तयारी हो भन्ने कुरा कहिल्यै नभुल्नु मान्छेका भावनाहरु दुखसुख र आँसु खुशी संग सम्बन्धित छन मन भारी बनाएर आँसु कहिल्यै नलुकाउनु रुन मन लाग्दा बेसरी रुनु अनि त्यहीँ आशुलाई हतियार बनाउनु दुखसंग लड्ने हतियार अर्को महत्त्वपुर्ण कुरा संसारको सबैभन्दा मुल्यवान बस्तु बाबाको पसिना जुन सन्तानको सुन्दर भबिष्यको लागि हरेक पल बगि रहन्छन् त्यसको कदर सधैं गर्नु आमा धर्ती हो भने बाबा धर्तीको संरक्षक यो कुरा सधैं मनन गरेर बाबालाई सधैं सम्मान गर्नु शब्दहरु धेरै छन लेख्नु पर्ने पनि त तिम्रो जन्मदिनको शब्द उपहार धेरै बोझिलो बनाउन चाहान्न छोरी सधै खुशी रहनु, स्वतन्त्र र आत्मनिर्भर हुनु सके जति दिनदुखिको सेवामा लागिरहनु धेरै माया र आशीर्वाद तिमी हाम्रोलागि साहस अनि परिवर्तनको संबाहक हौं !!!


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया