
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
मानिसहरू भन्छन् धर्म फरकफरक हुन्छ,धर्मअनुसारको चालचलन,रितिरिवाज पनि फरक हुन्छ।पृथ्वीमा जन्म लिने सम्पुर्ण मानव जातिको सृष्टिकर्ता,पालनकर्ता उनै एक हुन जस्लाई अनेक रुपमा पुजा गरिन्छ,आस्था राखिन्छ अर्थात भगवान मानिन्छ।यि कुरा बुझेर त कतै नबुझेर पनि मानिसले मेरा भगवान बुद्ध हुन्,कसैले बिष्णु मेरो भगवान हुनॐ त कसैले यशु मेरा भगवान हुन् भनि आ-आफ्नो रितिरिवाज अनुसार पुजा आजा गर्छन् र निर्दोष प्राणिलाई देविदेवताको मन्दिरमा लगि विभत्स हत्या गर्ने गर्छन्!
मलाई यो कुराको दु:ख लाग्छ कि भगवान स्वयंमले नै प्राणिलाई जन्म दिएर तिनको रगत,मासु माग्नु होला?कस्को मगनत पुरा हुन्छ होला र आफ्नो जिवनमा परिवार सँग रमाइ रहेको पशुलाई मन्दिर जस्तो पवित्र स्थलमा लगेर बलिको बाख्रो बनाउछन।पासोमा छट्पटी रहेको पशु देख्दा निकै पिडा हुन्छ मनमा गएर फुकाउ कसरी ? कसैले अधिकार जमाएर हजारौ पैसा दिएर ल्याएको छ,दुख लाग्छ त्यो दृश्य आँखा अगाडि पर्दा !
के यो धर्म हो?के यो राम्रो संस्कार हो ? अवस्य पनि होइन म यो कुसंस्कारको विरोध गर्छु !
जन्म र मृत्यु भगवान् स्वयंमले तय गरेका हुन्छन् ।भगवान नै पृथ्वीमा जन्मेका सुर्य देखि लिगेर भुसुना सम्मका पालनकर्ता हुन् ,पृथ्वी मा जन्मेका हरेक प्राणिलाई भगवान् ले नै आ-आफ्नो शैलिले बाँच्ने अधिकार दिएका छन्।त्यो अधिकार माथि मानवले बुद्धिजीवी,सर्वश्रेष्ठ कहलिएर कुनै पनि प्राणिको हत्या गर्छ भने त्यो जस्तो धर्मका नाँउमा महापाप अरु के हुन सक्ला ?
मानिसले जानि नजानि कत्ति ठुलो पाप गर्दैछन्।देविदेवताका नाँउमा आफुले मनोरञ्जन प्राप्त गर्ने स्वार्थमा निर्दोष प्राणि मन्दिरमा लगि हत्या गरेर देविको मन्दिर दुर्गन्धित र बिटिलो पारि मिठो स्वाद लिई पेट भर्ने बाटो गर्छ मानिस..के यो परम्परा देवि कै लागि हो त?
हुन सक्ला मेरो विचार कमजोर तर गलत अवस्य छैन।मानिस जातले होइन धर्मका नाँउमा गरिने गरिने यस्ता कुकार्य,कुविचार ले दलित हुने गर्दछ।जातमा के नै छ र पृथ्वीमा साकाहारी र अर्को मांसाहारी न हो, मांशाहारीले अन्य प्राणिको सिकार गरि पेट पाल्छ भने साकाहारीले प्रकृतिमा पाइने बोटबिरुवा बाट आफ्नो खाद्यन्न सञ्चय गरि पेट पाल्ने गर्छ।मानव जाति साकाहारी प्राणि अन्तर्गत पर्दछ र त्यसै अनुसार शरिर को विकास भएको हुन्छ। त्यसैले हाम्रो संस्कार अनि परम्परामा भएका अमानवीय गतिविधि हटाउन भगवान लाइ पुज्ने मात्र हैन बलिको बाख्रो रोदन बुझ्ने कोसिस गर्नु पर्छ कि पर्दैन ?
मानिस साकाहारी प्राणि अन्तर्गत पर्दछ र त्यसै अनुसार शरिरको विकास भएको पाइन्छ तर पनि उ पाल्तु जनावर को हत्या गरि त्यसको जिवन आफ्नो भोजनको रुपमा विलिन बनाउछ,साच्चिकै भन्नु पर्दा मानव जाति जस्तो स्वार्थि प्राणि अरु भेटिदैन। देवीदेवताका नाँउमा मानिसले लाखौं पशुहरुको बधशाला पुर्याउछन्,छिनाउछन् घाटि भगवान बस्ने मन्दिर रगताम्य हुन्छ,जब जब दशै जस्तो चाडवाड आउछ तब मलाई मन्दिर जान मन लाग्दैन पुगिहाले भनेपनि दुर्गन्धले समसान घाट पुगे जस्तो लाग्छ! भगवानले नै जन्म दिएर आफ्नो सन्तानको मासु माग्नु होला?यो कदापि सत्य होइन यो भगवानको पाला देखि हाल सम्म धर्म अनि हाम्रो संस्कारलाई खस्काई रहेको जस्तो लाग्छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया