
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
सेवा गर्ने माध्यम थुप्रै हुनाले आज तमाम युवाहरू कुनै न कुनै माध्यम बाट समाज सेवामा अर्थात कसैको जिबनमा केही परिबर्तन ल्याउन को लागि अहोरात्र खटिएका छन। विभिन्न किसिमका अभियान हरु चलाएर भनौ वा ब्याक्तीगत जुनसुकै परिस्थितिमा पनि आफू सङ्गै अरुलाइ हसाउने बाताबरण सिर्जना गर्न अहम भुमिका खेलिरहेका छन। जति धेरै कार्य हरु गरेपनि एउटा अस्पतालको बेडमा रगतको अभावले मृत्यु संग लडिरहेको समयमा उसलाइ आबस्यक पर्ने रगत कसैले दान गर्दछ भने सायद त्यो जस्तो महान मानवीय कार्य अरु छैन होला। “रक्तदान जिबनदान” भन्ने कुरा पहिले देखि नै सुन्दै आएको र त्यही स्वरुप थुप्रै रक्तदाता हरु जन्मिएका पनि हुनुहुन्छ ।
रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँन मदत गर्दछ। एउटा मानिस बिरामी हुन्छ अनि नजिकैको अस्पताल भनौ वा स्वास्थचौकी खोज्दै जाच गर्न जान्छन र त्यहा हुने जाँच पछि यदि सन्चो भएन भने थप उपचार को लाई विभिन्न गाउँठाउँ देखि बिरामी भएर सेवा सुबिधा सम्पन्न अस्पताल खोज्दै शहर आउनुहुन्छ । शहरको अस्पतालमा जाँच गराउन लगिसकेपछी डाक्टर सल्लाह सुझाब संगै बिरामिको रिपोर्ट अनुसार प्राय रगत चढाउन पर्ने धेरै हुन्छन अनि डाक्टरले फार्म मा लेख्दिनुहुन्छ रगत ल्याउनुहोस अथवा ब्यबस्थापन गर्नुहोस अनि मात्र अरु प्रक्रिया सुरु हुन्छ। अनि मन अमिलो बनाउदै दु:ख मनले बिरामिको मान्छेले भन्नुहुन्छ “डाक्टर ” यहाँ त हाम्रो कोहि पनि हुनुहुन्न गाउँ देखि आएको यो रातको समयमा कहाँ खोज्ने रगत डाक्टर साप?
डाक्टर भन्नुहुन्छ :
खोज्नुहोस हैनभने बिरामिको उपचार प्रक्रिया अगि बढाउन गार्हो हुन्छ जसरी नि खोज्नुहोस है ।
डाक्टर को सल्लाह लाइ मनन गर्दै दुखि मन बनाउदै रगत खोज्न लाग्छन् तर पाउन गार्हो हुन्छ । ब्लड बैक जान्छन् सर यहाँ रगत किन्न पाउछ? भनेर प्रस्न गर्छन र सेतो कोट लगाएर आएका स्वास्थकर्मी भन्छन सर रगत किन्ने हैन हामी रगत किनबेच गर्नु मिल्दैन रगत जाँच गर्न लाग्ने शुल्क र रगत राख्ने ब्याग को मात्रै पैसा लाग्छ रगतको हैन सर भनेर सेतो कोटो लगाउने स्वास्थ कर्मिले बुझाउछन र भन्छन हजुरको बिरामिको हामी रक्त समुह जाँच गर्छौ यदि हामी संग रहेछ भने एक पोका सहयोग गर्छौं र त्यो भन्दा बढी चाइए मान्छे खोज्नु पर्छ है । त्यति सुनेर अल्लि उज्यालो मन बनाउदै बिरामीको आफन्त धन्यवाद सर जसरी नि गराइदिनुस है !
स्वास्थकर्मी भन्छन हस जाँच गर्छौ मिले ठिक छ नमिले मान्छे खोज्नुपर्छ है भनेर ल्याब तिर लाग्छन् । रगत किन्न भनेर गएका बिरामी का आफ्न्त लाई एक स्वास्थ कर्मिले सम्झाइ बुझाइ रगत किन्ने होइन भनेर सम्झाउन त सफल भए तर उसलाइ डाक्टरले भने जति रगत पुर्याउन बिरामिको आफन्तले रगत दिनु पर्ने भयो । र फेरि स्वास्थकर्मिले रक्तदान सम्बन्धि केही कुराहरु सम्झाउदै रक्तदान गर्नुका फाइदाहरु भने तर जति गरेता पनि उनी डराए र भन्न थाले म यति सानो अनि दुब्लो छु मेरो आफ्नै शरीरमा रगत छैन इत्यादि …रगत किन्ने हैन भनेर छर्लङ्ग बुझेका ती बिरामिका आफन्तले फेरि एकपटक सर कृपया रगत दिनुस न जति खर्च लाग्छ पैसा दिन तयार छु भन्दै हजारको नोट निकालेर ती स्वास्थकर्मी को खल्तीमा राख्दिन तम्सिन्छन तर ती स्वास्थकर्मी ले सेतो कोट लगाएर अरुको सेवामा समपिर्त भैसकेपछी उनको नैतिकताले पैसा लिन मानेनन र त्यो पैसा फर्काउदै फेरि केही समय घाँटी सुकाउन्जेल सम्झाउन तिर लागे ।
बुटवलमा सेवा गर्ने सस्थाहरु ,रगत ब्यबस्थापन गर्ने स्वयंसेवि सस्थाहरु,र सामाजिक संजाल बाट ब्यबस्थापन गर्ने टिमहरु थुप्रै छ्न बरु एक्फेर समपर्क गर्नुस न है भन्दै नमबर हरु स्वास्थकर्मिले बिरामिको आफन्त लाई दिए। केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केहि कुराहरुमा पर्न आँउदछ रगत । रक्तदान एउटा महान कार्य हो बुटवलमा विभिन्न सस्थाहरुले रक्तदान कार्यक्रम समय समय मा गर्दै आउनुभएको छ त्यसैले धेरै सजिलो भएको छ तर अब बुटवलमा मात्रै नभएर अलिकति भित्री गाउँ हरु मा रक्तदान सङ्गै जनचेतनामूलक कार्यक्रम को आब्स्यकता रहेको छ। कतिपय भित्री मधेस का ब्याक्ती हरु आफ्नो आमा अथवा श्रीमती लाई पनि रक्तदान गर्न डराउने चलन छ त्यसैले अब उहाहरुलाइ रक्तदान सम्बन्धि जनचेतना दिन जरुरी छ । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको संकट परेको महशुस गरेको छु।देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन ।
रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाउनु पर्छ। तपाईको आफ्नै भाई या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहीएमा के तपाई रक्तदान नगरि बस्नुहुन्छ ? त्यस्तै धेरै दाजुभाई दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यक्ता परिरहेको हुन्छ, रक्तदाताहरु वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौ ।रगत किनेर पाइदैन यसको महत्त्व बुझ्न जरुरी छ र रक्तदान गरेर केही हुन्छ भन्ने डर त्यागौ र अरुको ज्यान बचाउन लागि परौ विशेष शहर मा भन्दा बढी गाउँ गाउँ गएर रक्तदान संगै जनचेतनामुलक कार्यक्रम गरौ। सम्पूर्ण रगत ब्यबस्थापन मा खटिनुहुने प्रती उच्च सम्मान अनि रक्तदाता प्रती हार्दिक धन्यवाद । भरतजंग क्षेत्री (वास्तविक भोगाइ अनि समाजमा देखिएका सत्य कुराहरू )


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया