
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
बाल्यकालमा धेरैले पछि गएर के बन्ने होस?सपना के छ? भन्ने प्रश्नमा पढेर एउटा स्वास्थकर्मी भएर देशमै जनताको सेवा गर्ने भन्थे साथिहरु अचम्म मान्दथे । त्यो बालपन अनि ती सपनाहरु लाई पूरा गर्न घरपरिवार आमाबुबा ले अथक दु:ख गरेर लाखौं खर्च गरेर म जस्ता थुप्रै स्वास्थ कर्मिहरुको सपना पूरा भएको छ । खुशी लाग्छ तेतिबेला जब सेतो कोट लगाएर बिरामिहरुको सेवामा समपिर्त हुदा तर कताकता दु:ख पनि लाग्छ दिनप्रतिदिन स्वास्थकर्मी हरुलाइ अपमान गरिरहेको देख्दा ।
बिरामी भयो कि मानिसहरुले सबैभन्दा पहिला सोच्ने र खोज्ने भनेको कि त अस्पताल हो, कि त डाक्टर नै हो त्यही स्वरुप थुप्रै डाक्टर हरु गाउँ शहर नभनी अहोरात्र बिरामी हरुकै सेवामा समपिर्त हुनुहुन्छ । लाखौं खर्च गरेर धेरै मिहेनत का साथ पढेर सेवा गर्नैकै निम्ति सकारात्मक ढंगबाट हरेक स्वास्थकर्मी हरु सेवामा खटिएका छन । देश दु:खद परिस्थितिमा छ अहिलेको प्रत्यक्ष जनता संग समपर्क रहेर सेवामा खटिने भनेकै तिनै स्वास्थकर्मी हुन तर दु:ख लाग्छ पत्रपत्रिका ,सामाजिक संजाल अनि विभिन्न मिडियाहरुमा स्वास्थ कर्मिहरु प्रती को अमानवीय व्यबहार र कतै हातपात सम्मेत गरिएको सुन्दा त्यो बालपन को सपना लाई आफै खारेज गरेर बसौ जस्तो लाग्छ । एकछिन सोच्छु फेरि स्वास्थकर्मी ले जानीजानी गल्ती पनि गरेका हुदैनन सायद तेस्ता गल्ती गरेको हुन्थे भने आज सेतो कोट पनि लगाउन पाउदैनथे होला नि? अथक मिहेनत प्रयास र अहोरात्र पढेर् आफ्नो सपना सेवामा समपिर्त हुनै का निम्ति आएका स्वास्थ कर्मिहरु प्रतीको निच ब्यबहर निन्दनीय छ।
यो दु:खद परिस्थितिमा उनै स्वास्थ कर्मी हुन अहिले को भगवान …केही गल्ती भए सत्य तथ्य नबुझेर भाईरल झै कुरा बाहिर आएर फैलिन्छ तर सेवा भित्रका पिडा बाहिर कहिले आउने होलान? सामान्य केही समस्या परे ए नानी अथवा ए बाबू लौ न प्रेसर नापजाँच गर्नु पर्यो ,सिटामल छ र बाबू? यो भाग त्यो भाग कति दुख्छ के गर्ने होला? कुन डाक्टर लाई देखाउने होला? अनि नानी रगत कहाँ जाच्ने होला ? चिनेको छ र? भनेर दिनदिनै सोध्नेहरुले आज तिनै स्वास्थकर्मिलाइ अपमान गर्दै छन । तिनै स्वास्थकर्मिहरुलाइ आज डिउटी गरेर घर आउने बाटो बन्द गरिदै छ ..चोकचोकमा स्वास्थ कर्मिहरुलाइ रोकेर अल्मल पारिएको छ।
के स्वास्थ कर्मी चाइदा का मात्रै भाडा हुन त? के स्वास्थकर्मी बिनाको समाज सरल अनि सहज छ त? के भोलि तपाईंका छोराछोरी हरुलाइ डाक्टर बनाउनुहुदैन त? सोच्नुहोस आज कस्लाइ अपमान गर्दै हुनुहुन्छ जिन्दगी आकुलव्याकुल भएर अन्तिम साहस सम्मा चाहिने स्वास्थ कर्मी हैनन र? आज यसरी अपमान भैरहेका स्वास्थकर्मी हरुलाई भोलि कुन मुखले सहयोग माग्नुहुन्छ सोच्नुस त? होलान गल्ती कहिलेकाही जानीनजानी तर गल्तीको समाधान हातपात नै हो र?
स्वास्थकर्मी सेवाभाव भएका सामान्य मान्छेनै हुन। तपाइँ हामी जस्तै तसर्थ अहिले दु:खद परिस्थिति संग लडिरहेका स्वास्थ कर्मिहरुलाइ सके सम्मान गर्नुहोस नसके उहाहरुको मनोबल नगिराउनुहोस । उहाहरु सेवामै खटिनुहुने तपाइँ हामि जस्तै सामान्य नागरिक हुनुहुन्छ । अहिलेको युद्ध भनेको सेतो कोट नै फर्न्टलाइनमा खटिएर लडने युद्ध हो । तसर्थ यो युद्ध छिटै जित्ने छौ हरेक स्वस्थ्यकर्मी हरुलाइ सम्मान अनि माय दिनुहोस काम सकेर घर फर्कदा कोरोना ल्याउछन भनेर चोकचोकमा बसेर नढुक्नुहोस निच व्यबहार नगर्नुहोस । उहाहरु हुनुहुन्छ र त हाम्रो जिन्दगी स्वास्थ छ भन्ने कुरालाई आत्मसात गर्न सिक्नुहोस । सबै मिलेर यो दु:खद परिस्थिति लाई जित्ने छौ । अहोरात्र खटिने स्वास्थकर्मी ,सुरक्षाकर्मी,पत्रकार ,फोहोरकर्मी ,जनप्रतिनिधि ज्यु हरु लगायत सम्पूर्ण आम नेपाली हरु प्रती उच्च सम्मान छ । ….


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया