
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
बिश्व कोरोना भाइरसको कारण छटपटिमा लडिरहदा कतिपयले सामाजिक संजालका भित्ताहरुमा क्रीकेटसंग तुलना गर्दै एक विकेट गुम्यो 281 रनमा देख्दा अचम्म लाग्छ ! यस्तो लेख्दा एकपटक मनन गर्नु भएन , त्यो विकेट तपाइको घरको भए के हुन्थ्यो?? ?सकिन्छ सक्दो सहयोग गरौ सकिदैन घर भित्रै बसौ । व्यापार ब्यबसाय सम्हालेका, केही संचित रकमको जोहो गरेकालाई त गुजारा टार्न धौ धौ हुन लागिरहेको बेला सोचौ त दैनिक ज्यालादारी कै भरमा हात मुख जोर्ने को अबस्था के होला😢😢😢
सबैभन्दा ठुलो धर्म त्यही हुनेछ जति बेला तपाईंको सानो सहयोगले अर्काको ओठमा मुस्कान फक्रीने छ। जोसंग जे छ त्यसैको माध्यामबाट सहयोग प्रवाह गर्नुहोस। तर जुकर बर्ग दाइको भित्तामा लाइक र कमेन्टको खेती गर्न अफबाह नफैलाउनुहोस, समाजलाई आतंकित नपार्नुहोस । आफू सुरक्षित हुनुहुन्छ र सहयोगी हात फैलाउन चाहानुहुन्छ भने बाटोमा हिड्ने कमजोर आयस्तर भएका दुखी गरिबलाई सहयोग गरौं ।स्वर्ग जान लाख बत्ती नै बाल्नु पर्दैन ।सबैले कम्तीमा एउटा जन्मदिनमा गरिने खर्च कटौती गरेपनि ठुलो पुण्य मिल्नेछ ।कतिपयलाई लाग्न सक्छ धेरै ठुला कुरा पो गर्यो । आफुले सहयोग गरे भैहाल्थ्यो नि । किन कुर्लनु पर्यो? त्यो भन्नुहुन्छ भने त्यसको सम्पुर्ण जिम्मेवारि म आफै बहन गर्नेछु ।
बिचार गरौ त धेरैको जिन्दगी सारै कठिन अबस्थामामा पुगिरहेको छ । दैनिक ज्यालादारी गर्नेको घरमा भोकमरी लाग्दा हामीहरुको घर घरमा रसबरी,जेरि ,म:म ,खसी ,कुखुरा पाकिरहेका होलान। पकाउनुस त्यो हजुरको आफ्नो बिषय हो तर यस विषम परिस्थितिमा प्रचार गर्नु अलि बान्छित हुन्न कि?? सामाजिक संजाल मार्फत प्रचार गर्नुपुर्ब एकपटक मनन गर्नुस कि समजमा आफू बाहेक त्यस्ता मजदुर हरु पनि छ्न जसले कर नछली वा कमिसन नखाइ शारीरिक श्रम बेचेकै भरमा हात मुख जोर्छ्न तर अहिले श्रम बिनिमय गर्न पनि असमर्थ छ्न, पेटमा सारङ्गि रेट्न बाध्य छ्न ।
मानव त सबै मानव नै हो नि होइन र?
मरेर जादाको दिन सम्पुर्ण जायजेथा संगै त पक्कै जादैन होला ? विचार गर्नु भएको छ? अहिले सहरमा डुल्ने सडक बालबालिकाले के खाएका होलान?
शहरलाई रातको पहरेदारी प्रदान गर्ने अन्जानमा जन्मिएका कुकुरहरुले के खाएका होलान?लाग्छ कलियुग अजै खराब दिन को पर्खाइमा बसिरहेको छ तर त्यस्तो नहोस🙄🙄🙄🙄
पृथ्वीमा जन्मनु कसैको दोष हो जस्तो लाग्दैन तर भाग्य बलियो हुने, हुने खानेकोमा परे भाग्य बलियो नहुने हुँदा खानेको मा😥😥😥
जेरि, मम ,भुटन भन्दा मानबियताको प्रचार गर्नुस ।हुने खानेले हुँदा खाने लाई सहयोग गर्नुस ।किन लेख्नु पर्यो यति विकेट झर्यो उति विकेट झर्यो? 😪😪😪😪
हामी सामाजिक संजाल प्रयोगकर्ता आ आफ्नो ठाँउ बाट रचनात्मक सहयोग गरौ। सरकारको धज्जी उडाउनु भन्दा पहिले यो सोचौ कि जेरि मम र भुटनको प्रचारले महामारी को बेला आफ्नै धज्जी त उडिरहेको छैन । सक्छौ सहयोग गरौं, सक्देनौ असहयोग नगरौ ।
जब गाउँ गाउँ मा महामारी पस्छ त्यस बेला पछुताउनु को बिकल्प रहनेछैन ।। भोलिको आफ्नो दिन भन्दा पनि आजको सबैको दिनलाई ख्याल गरौं ।स्थिती सामान्य होस दिन तपाईं हाम्रै हुनेछ्न ।पक्कै पनि ती दैनिक ज्यालादारी लाई सहयोग गरेर हामी तिनिहरु भन्दा पछि पर्ने छैनौं । भनिन्छ नि जति मुठी पार्यो त्यति कसिन्छ जति खुला पार्यो भरिन्छ ।मुठि खुला पारौं ।
कृपया यो कसैलाई आघात पर्ने गरि लेखिएको होइन मिल्न गए संयोग हुनेछ ।यहाँ प्रयोग भएको दैनिक ज्यालादारी शब्दमा म पनि दैनिक ज्यालादारी नै हो, मेरो स्थायी हो मैले अस्थायी ज्यालादारिलाइ सहयोग गरौ भनेकोको हो ,यो भनीरहरदा आफुलाई ठुलै हैसियत भएको पनि ठानेको छैन । मात्र जे सक्छौ सहयोग गरौं । ©सन्देश पन्थी गैराखर्के


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया