
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
विजय प्रकाश सापकोटा, अनेरास्ववियू केन्द्रीय सदस्य। विद्यार्थी आन्दोलन सदैव प्रतिपक्ष र रचनात्मक हुन्छ। विद्यार्थी आन्दोलन नेपाली राजनीतिको घटनाक्रममा गर्बिलो र उदाहरणीय इतिहास बनाउदै आएको छ। यो गर्विलो इतिहासलाई अझ शिखरमा पुर्याउन अहिले र अब आउने पुस्ताको महत्त्वपूर्ण जिम्मेवारी छ। अहिलेका अवस्थामा सिङ्गो विद्यार्थी आन्दोलनमा गम्भीर प्रश्न उठ्ने गरेका छन्। “विद्यार्थी अान्दोलन र विद्यार्थी नेताहरु; शासक र शक्तिका लठैब झुन्ड” जस्ता भए भन्ने प्रश्नले घेरिएको छ , अहिले । यो गम्भीर प्रश्न हामीले अब राम्रोसँग चिर्न सक्नुपर्छ।
यसका लागि पहिलातः विद्यार्थी संगठन र नेताहरूले विद्यार्थी आन्दोलनको काम, कर्तव्य , इतिहास बारेमा इमान्दार अध्ययन गर्न जरुरी छ। विद्यार्थी आन्दोलन परिवर्तन र अग्रगमनमा विश्वास गर्छ,जनता र देशको पक्षमा बोल्छ। सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र रचनात्मक आलोचना गर्दछ। विद्यार्थी आन्दोलन र नेता; सत्ता र शासकको महिमा गान गाउने , जनताको आबजका विरुद्ध उभिने , उपलब्ध राजनीतिक अधिकारको विपक्षमा उभिने मण्डले झुन्ड होइन , यो कसैको निहित स्वार्थका लागि उभिने लठैत संगठन पनि बन्न हुन्न। विद्यार्थी अान्दोनलको संगठन र नेता “शक्ति र सत्ताको पुजारी हुने र शैक्षिक माफिया सँग साँठगाँठ गरि कमिसनको खेलो गर्ने मतियार बन्ने” प्रवृत्ति किमार्थ स्विकार्य हुदैन।
विद्यार्थी आन्दोलन शिक्षा क्षेत्रभित्रका सबै प्रकारका विकृति र विसंगतिको विरुद्धमा निरन्तररुपमा संघर्षरत हुनुपर्छ। साथै समाज रुपान्तरणका हरेक प्रकारको आन्दोलनमा सहभागी बनी परिवर्तनको सम्बाहक बन्नुपर्छ।प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपाललाई समृद्ध विकसित राष्ट्रको रुपमा विकास गर्न आजको आवश्यकता र विद्यार्थी आन्दोलनको अभिभारा हो।
यो महान अभिभारा पूरा गर्न विद्यमान शैक्षिक प्रणालीमा आमूल परिवर्तन गरि गुणस्तरीय बैज्ञानिक तथा ब्यबहारिक शिक्षाको व्यवस्था गरि रोजगार/उत्पादनमूलक एवम् सीपमूलक जनशक्ति उत्पादन गरि देश विकास निर्माणमा अबको सबै पुस्ता लगाउनु छ। अबको शिक्षा समाजवादी शिक्षा प्रणालीको पहिलो आधार बनाउन विद्यार्थी आन्दोलनको पहिलो जोड हुनुपर्छ। सँगसँगै विद्यार्थी आन्दोलन राष्ट्रिय स्वाधीनताको सवालमा कुनैपनि सम्झौता गर्दैन। विद्यार्थी आन्दोलन राष्ट्रियताको अविचलित अविच्चिन्न पहरेदारी हो। त्यसैले विद्यार्थी आन्दोलन परिवर्तनको सम्बाहक हो। देश र जनताको पक्षमा अग्रमोर्चामा अनवरतरुपमा खबरदारी गरिरहन्छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया