
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
– बिध्यार्थि नेता दीपक पुरी
१३१ औ अन्तराष्ट्रीय श्रमिक दिवसका अबसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ्य र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना ब्यक्त गर्दछु । दशकौ सम्म युरोपमा भएको पुजिबादको बिकासले मजदुर आन्दोलन र चेतना मा निकै बिकास गरेको थियो । बेलायत र फ्रान्सका सचेत श्रमजीवी बर्गको पहलमा २८ सेप्टेमबर १८६४ मा लन्डनमा अन्तरराष्ट्रिय श्रमिकहरु को संघ (International Working Men’s Association) गठन भयो । यो नै कम्युनिस्ट घोषणा पत्रको संसारका मजदुरहरु एक हौ भन्ने नारामा आधारित पहिलो अन्तरराष्ट्रिय थियो । फ्रेडरीक एङलेस को पहलमा १४ जुलाइ १८८९ मा पेरीसमा २० देशका ३९१ प्रतिनिधि भेला भै दोश्रो अन्तरराष्ट्रिय को निर्माण भयो । यसले ८ घण्टे श्रमको माग उठाउने र मे १ लाइ विश्वभर अन्तरराष्ट्रिय श्रम दिवसको रुपमा मनाउने निर्णय गर्यो ।
नेपाली राजनैतिक इतिहासमा पनि श्रमजीवी मजदुर बर्ग को निकैनै ठुलो भुमिका र योगदान रहिआएको छ । हरेक राजनीतिक घटनाक्रमको सफलता पछाडि श्रमजीवी बर्गको निकै नै ठुलो महत्व रहेको छ । काङ्ग्रेस को सशस्त्र बिद्रोह देखि माओबादीको सशस्त्र संघर्श सम्म श्रमजीवी बर्ग र किसान बर्गहरु को निकै नै ठुलो महत्व रहेको छ । ८ घण्टा कार्य अवधिको माग राखेर बि: स २००३ साल फागुन २० गते देखि बिराटनगर जुटमिल र मोरङ कटन मिलका मजदुरहरु हडतालमा उत्रीए राणा साशन को कालरात्रिमा ट्रेडयुनियन अधिकारको माग राखेर आन्दोलन गर्नु जोखिम बिशय थियो । यस्तो प्रतिकुल समयमा पनि मजदुर आन्दोलनको नेतृत्व गिरीजाप्रसाद कोइराला र मनमोहन अधिकारी ले गरेका थिए । आन्दोलनको क्रममा मनमोहन , बिपि कोइराला , पुस्पराज अधिकारी हरु पक्राउ परे । नेतृत्व पक्राउ परे पनि नेताहरु रिहाइको माग गर्दै मजदुर आन्दोलन अघि बढ्यो बि पि हरु तत्काल छुटेपनि मनमोहन हरु ३ बर्ष पछि मात्र रिहा भए । नेपाल को राजनीतिक इतिहासमा बिराटनगर मजदुर आन्दोलन को निकै नै ठुलो महत्व रहेको छ ।
हरेक राजनीतिक कालखण्डमा मजदुरहरुको हक अघिकारलाइ सुनिक्षित गर्छौ भन्दै श्रमजीवी को पसिना माथि उभिएर नेतृत्व गर्ने पंति आज कहा छन ? मजदुर हरुको रगत र पसिना माथि उभिएर सत्ता चलाउने हरुले नै आज मजदुरलाइ चिन्दैनन । गरीब किसान मजदुरहरु को वकालत गर्ने दुइ तिहाइ को कम्युनिस्ट सरकार सत्ता संरक्षण को खेलमा अल्झिरहेको छ किन ? जुन जोगि आए पनि कानै चिरेको भने झै हरेक पल्ट मजदुर र श्रमजीवी बर्गलाइ लक्षित गर्दै उनिहरुका हक अधिकारका कुराहरु पार्टिको घोषणा पत्रमा मात्र कोरिन्छ तर व्यवाहार उतारीदैन किन ? १३१ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइ रहदा श्रमिक बर्गको अबस्था के छ कुन अबस्थामा छन भन्ने कुरा को हेक्का किन राख्दैनन कम्युनिस्ट नेतृत्व हरु । आज नेपालको कम्युनिजम प्रति निकै नै ठुलो प्रश्न चिन्ह खडा भएको छ । जनताले दिएको दुइ तिहाइ लाइ सत्ताको लोभ र लालस मा अल्झिएर झोला मा हालेर खोलामा बगाउछन कि भन्ने डर त्रास आम जनसमुदाए बिच पैदा भैसकेको छ ।
हाल विश्वभर आतङ्क मचाइ रहेको (Covid19) अथार्त कोरोना भाइरस माहामारीका कारण ले संसारका श्रमजीवी मजदुरहरुको रोजगार गुमिरहेको छ । नेपालमा पनि यसको ब्यापक प्रभाव परिरहेको छ यस महामारीको सबै भन्दा धेरै सामना आम मजदुर र गरीब किसान बर्ग ले गर्नु परेको छ । दैनिक काम गरेर जिबिकोपार्जन गर्ने मजदुरहरु अहिले धेरै मार मा छन तर दुइ तिहाइ को कम्युनिस्ट सरकार मजदुरहरुको बिषय मा किन गम्भिर बन्दैन यस्तो संकटको अबस्थामा पनि उहि सत्ताको खेल चलिरहने यो कस्तो बिडम्बना हो ? यदि अबस्था यस्थै रहने हो भने अब का दिन मा नेपाली राजनीति मा निकै नै ठुलो संकट पैदा हुने निशित छ । त्यसैले बेलैमा जिम्मेवार बनौ , मिलेर अगाडि बढ्ने प्रयत्न गरौ । चेतना भया !


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया