
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
– बिध्यार्थि नेता दीपक पुरी
१३१ औ अन्तराष्ट्रीय श्रमिक दिवसका अबसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ्य र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना ब्यक्त गर्दछु । दशकौ सम्म युरोपमा भएको पुजिबादको बिकासले मजदुर आन्दोलन र चेतना मा निकै बिकास गरेको थियो । बेलायत र फ्रान्सका सचेत श्रमजीवी बर्गको पहलमा २८ सेप्टेमबर १८६४ मा लन्डनमा अन्तरराष्ट्रिय श्रमिकहरु को संघ (International Working Men’s Association) गठन भयो । यो नै कम्युनिस्ट घोषणा पत्रको संसारका मजदुरहरु एक हौ भन्ने नारामा आधारित पहिलो अन्तरराष्ट्रिय थियो । फ्रेडरीक एङलेस को पहलमा १४ जुलाइ १८८९ मा पेरीसमा २० देशका ३९१ प्रतिनिधि भेला भै दोश्रो अन्तरराष्ट्रिय को निर्माण भयो । यसले ८ घण्टे श्रमको माग उठाउने र मे १ लाइ विश्वभर अन्तरराष्ट्रिय श्रम दिवसको रुपमा मनाउने निर्णय गर्यो ।
नेपाली राजनैतिक इतिहासमा पनि श्रमजीवी मजदुर बर्ग को निकैनै ठुलो भुमिका र योगदान रहिआएको छ । हरेक राजनीतिक घटनाक्रमको सफलता पछाडि श्रमजीवी बर्गको निकै नै ठुलो महत्व रहेको छ । काङ्ग्रेस को सशस्त्र बिद्रोह देखि माओबादीको सशस्त्र संघर्श सम्म श्रमजीवी बर्ग र किसान बर्गहरु को निकै नै ठुलो महत्व रहेको छ । ८ घण्टा कार्य अवधिको माग राखेर बि: स २००३ साल फागुन २० गते देखि बिराटनगर जुटमिल र मोरङ कटन मिलका मजदुरहरु हडतालमा उत्रीए राणा साशन को कालरात्रिमा ट्रेडयुनियन अधिकारको माग राखेर आन्दोलन गर्नु जोखिम बिशय थियो । यस्तो प्रतिकुल समयमा पनि मजदुर आन्दोलनको नेतृत्व गिरीजाप्रसाद कोइराला र मनमोहन अधिकारी ले गरेका थिए । आन्दोलनको क्रममा मनमोहन , बिपि कोइराला , पुस्पराज अधिकारी हरु पक्राउ परे । नेतृत्व पक्राउ परे पनि नेताहरु रिहाइको माग गर्दै मजदुर आन्दोलन अघि बढ्यो बि पि हरु तत्काल छुटेपनि मनमोहन हरु ३ बर्ष पछि मात्र रिहा भए । नेपाल को राजनीतिक इतिहासमा बिराटनगर मजदुर आन्दोलन को निकै नै ठुलो महत्व रहेको छ ।
हरेक राजनीतिक कालखण्डमा मजदुरहरुको हक अघिकारलाइ सुनिक्षित गर्छौ भन्दै श्रमजीवी को पसिना माथि उभिएर नेतृत्व गर्ने पंति आज कहा छन ? मजदुर हरुको रगत र पसिना माथि उभिएर सत्ता चलाउने हरुले नै आज मजदुरलाइ चिन्दैनन । गरीब किसान मजदुरहरु को वकालत गर्ने दुइ तिहाइ को कम्युनिस्ट सरकार सत्ता संरक्षण को खेलमा अल्झिरहेको छ किन ? जुन जोगि आए पनि कानै चिरेको भने झै हरेक पल्ट मजदुर र श्रमजीवी बर्गलाइ लक्षित गर्दै उनिहरुका हक अधिकारका कुराहरु पार्टिको घोषणा पत्रमा मात्र कोरिन्छ तर व्यवाहार उतारीदैन किन ? १३१ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइ रहदा श्रमिक बर्गको अबस्था के छ कुन अबस्थामा छन भन्ने कुरा को हेक्का किन राख्दैनन कम्युनिस्ट नेतृत्व हरु । आज नेपालको कम्युनिजम प्रति निकै नै ठुलो प्रश्न चिन्ह खडा भएको छ । जनताले दिएको दुइ तिहाइ लाइ सत्ताको लोभ र लालस मा अल्झिएर झोला मा हालेर खोलामा बगाउछन कि भन्ने डर त्रास आम जनसमुदाए बिच पैदा भैसकेको छ ।
हाल विश्वभर आतङ्क मचाइ रहेको (Covid19) अथार्त कोरोना भाइरस माहामारीका कारण ले संसारका श्रमजीवी मजदुरहरुको रोजगार गुमिरहेको छ । नेपालमा पनि यसको ब्यापक प्रभाव परिरहेको छ यस महामारीको सबै भन्दा धेरै सामना आम मजदुर र गरीब किसान बर्ग ले गर्नु परेको छ । दैनिक काम गरेर जिबिकोपार्जन गर्ने मजदुरहरु अहिले धेरै मार मा छन तर दुइ तिहाइ को कम्युनिस्ट सरकार मजदुरहरुको बिषय मा किन गम्भिर बन्दैन यस्तो संकटको अबस्थामा पनि उहि सत्ताको खेल चलिरहने यो कस्तो बिडम्बना हो ? यदि अबस्था यस्थै रहने हो भने अब का दिन मा नेपाली राजनीति मा निकै नै ठुलो संकट पैदा हुने निशित छ । त्यसैले बेलैमा जिम्मेवार बनौ , मिलेर अगाडि बढ्ने प्रयत्न गरौ । चेतना भया !


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया