
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
आरती भण्डारी
अनेरास्ववियू केन्द्रिय सदस्य
प्रिय कमरेडहरु मनमोहनले चाहेको कम्युनिस्ट पार्टी यो होइन,मनमोहनले कल्पना गरेको कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हामी होइनौं,उहाले त श्रमजीवीको पक्षमा निरन्तर लड्ने आफुजस्तै कार्यकर्ता चाहनुहुन्थ्यो,सन्कटका बेला देश र जनताप्रति गम्भीर हुने देशका सिपाही चाहनुहुन्थ्यो,तर आज ती सपनाको ठिक बिपरित हामी छौँ ,हाम्रो वरपरका बाताबरण चेतनाबिहिन,मानवतबिहिन र प्रदुशित भएका छन।कम्युनिस्ट पार्टीको विभिन्न तहका नेतृत्व पुजीवादी दलालका बफादार चम्चा बनेका छन,श्रमजीवीका नेता पुजिपतिको भकारी भर्दैछन,श्रमजीवी जनता भोकले छट्पटीएका छन,आज साथिहरुले आदरणीय कमरेड मनमोहनको सम्झनामा लेख्नुभएका स्टाटसहरु,उहाँको स्मृतिमा ब्यक्त मिठा भावहरु, सगरमाथा भन्दा अग्ला सम्मानहरु देख्दा र अहिले बिस्वमा संकट परेका बेला उहाहरुले देखाउनुभएको काम र क्रियाकलापलाई तुलना गर्दा अचम्ममा परें।
नेपाल कम्युनिस्ट पार्टिको इतिहास देखि बर्तमानसम्म प्रत्यक्ष सहभागी हुने अग्रज अर्थात आजका पहिलो पुस्ताका कमरेडहरु देखि लिएर इतिहासको बारेमा गहन अध्ययन र छलफल गर्न रुचाउने हामी तेस्रो पुस्ता सम्मका ब्यवहार हेर्ने हो भने हामिले पुर्खालाइ सम्झेको होइन सम्झेको नाटक गर्दैछौ,या भनौ औपचारिकता निभाउदै छौं,देशको सुरक्षा र बिकासका खातिर आफुलाइ हासिहासी बलि चढाउन सक्ने आदरणीय मनमोहन अधिकारी र अहिलेका हाम्रा अवसरबादी नेता कार्यकर्ताको तुलना गर्नु भनेको इतिहासकै अपमान गर्नु हो भन्ने मैले बुझेको छु,।
दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री,कम्युनिस्ट पार्टी र सङ्गठन मात्रै होइन,सम्पुर्णनेपालिको बिस्वासिलो राजनेता,जनताको आशा र भरोशा, नेपालि मुलुकको इमानदार सपुतलाई नेपाली जनताले भने सच्चा मनले सम्झिरहेकै छन।हामी यो मुलुकको अगुवाइ गर्नुपर्ने नेता कार्यकर्ताले यो समाजलाइ यति बिकृत बनायौ जसका कारण अब जनताले पाइला पाइलामा मागेका जवाफ दिन नसक्ने हामी भैसक्यौं,घरभित्रको झगडाले छिमेकिको घरलाइ असर पार्न हुदैन है भन्ने हामिहरु,आज हाम्रै घरको झगडाले सिङ्गो मुलुक प्रभावित पार्दैछौ,।
देश र जनतालाई सधै तन्दुरुस्त राख्नुपर्छ भनेर लडिरहेका योद्धा मनमोहन अधिकारीले देश राजनीतिक रुपमा बिरामी हुदा के सोच्दै होलान,?हामिले भावपुर्ण श्रद्धाञ्जली दिदा उनको आत्माले शान्ति पाएको छ होला त,?यो मुलुकलाइ समाजबाद सम्म पुर्याउने जिम्मेवारी दिएर हामिबाट बिदा भएको पनि २० वर्ष बितिसकेछ कमरेड,त्यसपछि नेपालमा राजसंस्थाको औपचारिक बिदाइ र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो,जनताको शासन जनताले नै गर्ने हुदा सारा नेपाली हर्षित भए।
हामी पनि सामाजिक कृयाशिलताका निम्ति भर्खरै बामे सार्दै थियौं,हामिमा पनि असिमित उमङ्ग र उत्साह थियो,तर खै ती उत्साह जागर कृयाशिलता अब बिलिन हुने अवस्थामा छ कमरेड , पार्टीले अभ्यास गर्दै आएको लेनिनबादी सङ्गठनात्मक पद्धतिको सदुपयोग कम दुरुपयोग ज्यादा भएको छ।हामी पनि त्यही वातावरणमा अन्तरघुलन भएर होला हाम्रा आचरण पनि नेतृत्वको भन्दा फरक हुन सकेन,हामी त अहिले एकले अर्कालाइ खुईल्याउन,कित्ताकाट गर्न,एकले अर्कालाइ सिध्याउन खप्पिस भैसक्यौं।
हामी यत्ती अनुशासनहिन भैसक्यौ कि अग्रजलाइ सम्मान गर्न समेत भुलिसक्यौ,कालोलाई कालो र सेतोलाइ सेतो भन्न पनि आदेश कुर्ने बानी परिसक्यो।हाम्रा नियत दुषित हुँदै गईरहेका छन,हामि एकले अर्काको अस्तित्व र नेतृत्व स्विकार गर्न,एक अर्काप्रती हार्दिकता देखाउन छोडिसक्यौं,देश र जनताको हितलाइ ब्यक्तिगत हितको अधिनमा राख्न सिकाईएको छ र त्यही सिक्दैछौं।यो अवस्थामा कुन शब्दले तपाइलाइ श्रद्वासुमन गरौ कमरेड ???
।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया