
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४फेरि किन भयो ग्यास अभाव ?
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
आरती भण्डारी
अनेरास्ववियू केन्द्रिय सदस्य
प्रिय कमरेडहरु मनमोहनले चाहेको कम्युनिस्ट पार्टी यो होइन,मनमोहनले कल्पना गरेको कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हामी होइनौं,उहाले त श्रमजीवीको पक्षमा निरन्तर लड्ने आफुजस्तै कार्यकर्ता चाहनुहुन्थ्यो,सन्कटका बेला देश र जनताप्रति गम्भीर हुने देशका सिपाही चाहनुहुन्थ्यो,तर आज ती सपनाको ठिक बिपरित हामी छौँ ,हाम्रो वरपरका बाताबरण चेतनाबिहिन,मानवतबिहिन र प्रदुशित भएका छन।कम्युनिस्ट पार्टीको विभिन्न तहका नेतृत्व पुजीवादी दलालका बफादार चम्चा बनेका छन,श्रमजीवीका नेता पुजिपतिको भकारी भर्दैछन,श्रमजीवी जनता भोकले छट्पटीएका छन,आज साथिहरुले आदरणीय कमरेड मनमोहनको सम्झनामा लेख्नुभएका स्टाटसहरु,उहाँको स्मृतिमा ब्यक्त मिठा भावहरु, सगरमाथा भन्दा अग्ला सम्मानहरु देख्दा र अहिले बिस्वमा संकट परेका बेला उहाहरुले देखाउनुभएको काम र क्रियाकलापलाई तुलना गर्दा अचम्ममा परें।
नेपाल कम्युनिस्ट पार्टिको इतिहास देखि बर्तमानसम्म प्रत्यक्ष सहभागी हुने अग्रज अर्थात आजका पहिलो पुस्ताका कमरेडहरु देखि लिएर इतिहासको बारेमा गहन अध्ययन र छलफल गर्न रुचाउने हामी तेस्रो पुस्ता सम्मका ब्यवहार हेर्ने हो भने हामिले पुर्खालाइ सम्झेको होइन सम्झेको नाटक गर्दैछौ,या भनौ औपचारिकता निभाउदै छौं,देशको सुरक्षा र बिकासका खातिर आफुलाइ हासिहासी बलि चढाउन सक्ने आदरणीय मनमोहन अधिकारी र अहिलेका हाम्रा अवसरबादी नेता कार्यकर्ताको तुलना गर्नु भनेको इतिहासकै अपमान गर्नु हो भन्ने मैले बुझेको छु,।
दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री,कम्युनिस्ट पार्टी र सङ्गठन मात्रै होइन,सम्पुर्णनेपालिको बिस्वासिलो राजनेता,जनताको आशा र भरोशा, नेपालि मुलुकको इमानदार सपुतलाई नेपाली जनताले भने सच्चा मनले सम्झिरहेकै छन।हामी यो मुलुकको अगुवाइ गर्नुपर्ने नेता कार्यकर्ताले यो समाजलाइ यति बिकृत बनायौ जसका कारण अब जनताले पाइला पाइलामा मागेका जवाफ दिन नसक्ने हामी भैसक्यौं,घरभित्रको झगडाले छिमेकिको घरलाइ असर पार्न हुदैन है भन्ने हामिहरु,आज हाम्रै घरको झगडाले सिङ्गो मुलुक प्रभावित पार्दैछौ,।
देश र जनतालाई सधै तन्दुरुस्त राख्नुपर्छ भनेर लडिरहेका योद्धा मनमोहन अधिकारीले देश राजनीतिक रुपमा बिरामी हुदा के सोच्दै होलान,?हामिले भावपुर्ण श्रद्धाञ्जली दिदा उनको आत्माले शान्ति पाएको छ होला त,?यो मुलुकलाइ समाजबाद सम्म पुर्याउने जिम्मेवारी दिएर हामिबाट बिदा भएको पनि २० वर्ष बितिसकेछ कमरेड,त्यसपछि नेपालमा राजसंस्थाको औपचारिक बिदाइ र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो,जनताको शासन जनताले नै गर्ने हुदा सारा नेपाली हर्षित भए।
हामी पनि सामाजिक कृयाशिलताका निम्ति भर्खरै बामे सार्दै थियौं,हामिमा पनि असिमित उमङ्ग र उत्साह थियो,तर खै ती उत्साह जागर कृयाशिलता अब बिलिन हुने अवस्थामा छ कमरेड , पार्टीले अभ्यास गर्दै आएको लेनिनबादी सङ्गठनात्मक पद्धतिको सदुपयोग कम दुरुपयोग ज्यादा भएको छ।हामी पनि त्यही वातावरणमा अन्तरघुलन भएर होला हाम्रा आचरण पनि नेतृत्वको भन्दा फरक हुन सकेन,हामी त अहिले एकले अर्कालाइ खुईल्याउन,कित्ताकाट गर्न,एकले अर्कालाइ सिध्याउन खप्पिस भैसक्यौं।
हामी यत्ती अनुशासनहिन भैसक्यौ कि अग्रजलाइ सम्मान गर्न समेत भुलिसक्यौ,कालोलाई कालो र सेतोलाइ सेतो भन्न पनि आदेश कुर्ने बानी परिसक्यो।हाम्रा नियत दुषित हुँदै गईरहेका छन,हामि एकले अर्काको अस्तित्व र नेतृत्व स्विकार गर्न,एक अर्काप्रती हार्दिकता देखाउन छोडिसक्यौं,देश र जनताको हितलाइ ब्यक्तिगत हितको अधिनमा राख्न सिकाईएको छ र त्यही सिक्दैछौं।यो अवस्थामा कुन शब्दले तपाइलाइ श्रद्वासुमन गरौ कमरेड ???
।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४फेरि किन भयो ग्यास अभाव ?
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन

प्रतिक्रिया