
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
– बिनोद लामिछाने
देशमा अहिले कोरोनाको भन्दा नी ओली सरको चर्चा बढी छ । मानौं, हिजोआज चर्चा र रमाइलोको असली समिश्रण नै ओली सर हुनुहुन्छ । हुन त यही विशेषताको उपज नै ओली सर दुइ पटक देशको प्रधानमन्त्री को कुर्सीमा बिराजमान भैसक्नु भयो । तर यतीबेला हँसिला ओली सरको मुहारमा झल्केको कसिलो तानशाही शैली नै मुलुकको दुर्दर्शाको डरलाग्दो कारक बन्ने हो की भनेर लोक नै झस्किएको छ, तर्सिएको छ । ओली सरको शासन अराजक र अस्थिरताको खाडल खन्ने तिखो खन्ती बन्दैछ । गणतन्त्र नेपालको नामभित्र ओली सर सुस्तसुस्त प्रतिगमनको पथमा लमक्क लँम्किदै हुनुहुन्छ । कोरोनाको आतंकबाट प्रताडित देश आज राज्य अराजकता र प्रतिगमनको दिशातिर जाने खतरामा छ ।
बिश्वप्यापी फैलिएको कोरोना भाइरसको महामारीले देशको अर्थतन्त्रको पनी हरिबिजोग छ, मजदुर र किसानको अबस्था दयनिय छ । ब्यापार ब्याबसाय र उद्योगहरु टाट पल्टने अबस्थामा छन । देशको दुहुनु गाइ भनिने पर्यटन उद्योग त पुरै ध्वस्त भइ नै सक्यो । दिन प्रतीदिन देशमा कोरोना संक्रमणको दर बढीराखेको छ, यतिबेला बैदेशिक रोजगार ध्वस्त प्राय: छ । देश चलाइराखेको रेमिट्यान्स अहिले कोमामा छ । राज्यसत्ता संचालन गर्नेहरु गम्भिर भएर राज्यको दिर्घकालिन हितको योजना बनाउनु पर्ने बेलामा “बिनाश काले बिपरितम” ओली सरको पाटी फुटाउने “अध्यादेश” आएको छ । त्यो नी आफ्नो पाटी होइन, अरुको पाटी फुटाउनको लागी भन्ने अपराधिक मनोवृत्तिका साथ । त्यसो त रास्ट्रपतिले “अध्यादेश” जारी गरेको दुइ दिनमै अाँटिला ओली सरले परिक्षणको पहिलो मिसायलका रुपमा संघीय समाजबादी पाटी माथी असफल प्रहार गरिसक्नु पनी भयो । ओली सरको बेमौसमी “अध्यादेश”को यो लज्जास्पद जात्राले फेरी एकपटक संसदिय राजनितिको निकै कुरुप र भद्दा चर्तिकला देखाँउदै छ ।
गणतन्त्रको सिङ्गो बागडाेर समालिरहेका ओली सरलाइ हिजोआज शंका उपशंकाले आफ्नो बिशाल र भब्य लंकामाथी प्रहार भएको लाग्न थालेको छ । फलस्वरुप कहिले पत्रकार माथी शंकाको साँध लगाउनु हुन्छ त कहिले सामाजिक संजाल प्रयोगकर्ता माथी.. । त्यसैले होला, हिजो राजामहाराजाको शासनकालमा भन्दा नी बढी ओली शासनमा बोल्न ,लेख्नको लागी मान्छेहरुमा भय र त्रास देखिन थालेको छ । सरकारको सामान्य बिरोध र आलोचना गरेकै भरमा मान्छेहरु थुनिन थालेका छन । ओली सरलाइ लाग्छ की, सरकार नै पत्रकारले र सामाजिक संजाल प्रयोगकर्ताले बदनाम गराए । नत्र सरकार शिरको पाउ पुरै सफल छ । यतीकाण्ड ,ओम्नी काण्ड, गोकुल काण्ड पुरै देशले सपनाको रुपमा देखेका मिथ्या भ्रमहरु हुन ।
ओलीले राम्रो मात्रै गरेको ध्रुब सत्य हो, नराम्रो गरेको झुटकाे पुलिन्दा हो । देशले ओलीको कदर नै गरेन, ओलीको सानको सानदार मुल्यांकनको कसी नै लगाएन । गिनिज बुकले पनी ओलीको योगदान फिका बनायो … हो ओली सरलाइ यस्तै लागेको छ । तर देशमा ऐना झैँ देखिएका हरेक चित्र र चरीत्र प्रष्ट छन । अाँखा उघारेर हेर्न सक्ने ओली सर र उनका वरीपरी बस्नेको हिम्मत नै छैन । यती समुह र अाेम्नी समुह सत्ताको टुप्पोमा बसेर कमिसनको राज चलाइरहेका छन । अरबौका काण्डहरु छानबिनको सामान्य दायरामा आउन सकेका छैन । सत्ताको वरीपरी बसेर फगत कमिसनको चास्नी खानेहरु इतिहासको अग्रभागमा लेखिने गरी ओली सरका नै वरीपरी छन, । होला, ओली सर चोखा छन । तर उनको अगेनामा बसेर कमिसन बिष्टाएकाहरु आज नी उँचाे छाती पारेर खुलेआम गर्जिरहेका छन । तरपनी खुलेर बिरोध गर्नभन्दा अगाडी हजार पटक सोच्नुपर्ने अबस्था आज नी छ । ओली सरको सत्ताको धारिलो कैंचीले कुन बेला, कसरी जिब्रो काटिन्छ पत्तो हुँदैन र छैन ।
आज पनी कयौं नागरिक हप्तौंदेखि सीमा कुरेर बसेका छन् । मजदुरहरू काखमा बच्चा बोकेर खाली खुट्टा र खाली पेट सड़क नाप्दै छन् । देश निकै भयावह आर्थिक र स्वास्थ्य सङ्कटतिर अघि बढ्दै छ । सबैलाई साथ लिएर चल्नुपर्ने बेला संबैधानिक निकाय सम्बन्धी निकै बिबादित अध्यादेश ल्याइएको छ, विपक्षी दलका नेताबिना नै संवैधानिक निर्णय गर्न मिल्ने गरी । अदालतदेखि अख्तियारसम्म कमिशनलाई सदर गर्ने, त्यस्का लागी आबश्यक पर्दा संविधानका प्रावधानहरु नै बदल्ने गरी ल्याइएका यस्ता अध्यादेशलाई राष्ट्रपति कार्यालयले पर्याप्त अध्ययन र सल्लाह बिनै तुरुन्त प्रमाणित गरेको छ । यसले दुनियाँको लडाँइ त्यागले प्राप्त गणतन्त्र र गणतन्त्रको मुख्य सौन्दर्य रास्ट्रपतिको भुमिका माथी कयौं प्रश्न उठाएको छ । यती बिबादका बाबजुत पनी ओली सर अझै आफ्नो धुनमा बाँसुरी बजाइराख्नु भएको छ । कतै रोम नै जल्ने पो हो की भन्ने पिर छ । ओली सरले हाँसी हाँसी र हँसाइ हँसाइ प्रतिगमनको नयाँ अध्याय सुरु गर्नुभएको छ । अब उहाँको पछी लाइन लाग्ने की हुँदैन भन्ने हिम्मत गर्ने ? देशको अहिलेको यक्ष प्रश्न नै यही हो । अस्तु


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया