
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
– बिनोद लामिछाने
देशमा अहिले कोरोनाको भन्दा नी ओली सरको चर्चा बढी छ । मानौं, हिजोआज चर्चा र रमाइलोको असली समिश्रण नै ओली सर हुनुहुन्छ । हुन त यही विशेषताको उपज नै ओली सर दुइ पटक देशको प्रधानमन्त्री को कुर्सीमा बिराजमान भैसक्नु भयो । तर यतीबेला हँसिला ओली सरको मुहारमा झल्केको कसिलो तानशाही शैली नै मुलुकको दुर्दर्शाको डरलाग्दो कारक बन्ने हो की भनेर लोक नै झस्किएको छ, तर्सिएको छ । ओली सरको शासन अराजक र अस्थिरताको खाडल खन्ने तिखो खन्ती बन्दैछ । गणतन्त्र नेपालको नामभित्र ओली सर सुस्तसुस्त प्रतिगमनको पथमा लमक्क लँम्किदै हुनुहुन्छ । कोरोनाको आतंकबाट प्रताडित देश आज राज्य अराजकता र प्रतिगमनको दिशातिर जाने खतरामा छ ।
बिश्वप्यापी फैलिएको कोरोना भाइरसको महामारीले देशको अर्थतन्त्रको पनी हरिबिजोग छ, मजदुर र किसानको अबस्था दयनिय छ । ब्यापार ब्याबसाय र उद्योगहरु टाट पल्टने अबस्थामा छन । देशको दुहुनु गाइ भनिने पर्यटन उद्योग त पुरै ध्वस्त भइ नै सक्यो । दिन प्रतीदिन देशमा कोरोना संक्रमणको दर बढीराखेको छ, यतिबेला बैदेशिक रोजगार ध्वस्त प्राय: छ । देश चलाइराखेको रेमिट्यान्स अहिले कोमामा छ । राज्यसत्ता संचालन गर्नेहरु गम्भिर भएर राज्यको दिर्घकालिन हितको योजना बनाउनु पर्ने बेलामा “बिनाश काले बिपरितम” ओली सरको पाटी फुटाउने “अध्यादेश” आएको छ । त्यो नी आफ्नो पाटी होइन, अरुको पाटी फुटाउनको लागी भन्ने अपराधिक मनोवृत्तिका साथ । त्यसो त रास्ट्रपतिले “अध्यादेश” जारी गरेको दुइ दिनमै अाँटिला ओली सरले परिक्षणको पहिलो मिसायलका रुपमा संघीय समाजबादी पाटी माथी असफल प्रहार गरिसक्नु पनी भयो । ओली सरको बेमौसमी “अध्यादेश”को यो लज्जास्पद जात्राले फेरी एकपटक संसदिय राजनितिको निकै कुरुप र भद्दा चर्तिकला देखाँउदै छ ।
गणतन्त्रको सिङ्गो बागडाेर समालिरहेका ओली सरलाइ हिजोआज शंका उपशंकाले आफ्नो बिशाल र भब्य लंकामाथी प्रहार भएको लाग्न थालेको छ । फलस्वरुप कहिले पत्रकार माथी शंकाको साँध लगाउनु हुन्छ त कहिले सामाजिक संजाल प्रयोगकर्ता माथी.. । त्यसैले होला, हिजो राजामहाराजाको शासनकालमा भन्दा नी बढी ओली शासनमा बोल्न ,लेख्नको लागी मान्छेहरुमा भय र त्रास देखिन थालेको छ । सरकारको सामान्य बिरोध र आलोचना गरेकै भरमा मान्छेहरु थुनिन थालेका छन । ओली सरलाइ लाग्छ की, सरकार नै पत्रकारले र सामाजिक संजाल प्रयोगकर्ताले बदनाम गराए । नत्र सरकार शिरको पाउ पुरै सफल छ । यतीकाण्ड ,ओम्नी काण्ड, गोकुल काण्ड पुरै देशले सपनाको रुपमा देखेका मिथ्या भ्रमहरु हुन ।
ओलीले राम्रो मात्रै गरेको ध्रुब सत्य हो, नराम्रो गरेको झुटकाे पुलिन्दा हो । देशले ओलीको कदर नै गरेन, ओलीको सानको सानदार मुल्यांकनको कसी नै लगाएन । गिनिज बुकले पनी ओलीको योगदान फिका बनायो … हो ओली सरलाइ यस्तै लागेको छ । तर देशमा ऐना झैँ देखिएका हरेक चित्र र चरीत्र प्रष्ट छन । अाँखा उघारेर हेर्न सक्ने ओली सर र उनका वरीपरी बस्नेको हिम्मत नै छैन । यती समुह र अाेम्नी समुह सत्ताको टुप्पोमा बसेर कमिसनको राज चलाइरहेका छन । अरबौका काण्डहरु छानबिनको सामान्य दायरामा आउन सकेका छैन । सत्ताको वरीपरी बसेर फगत कमिसनको चास्नी खानेहरु इतिहासको अग्रभागमा लेखिने गरी ओली सरका नै वरीपरी छन, । होला, ओली सर चोखा छन । तर उनको अगेनामा बसेर कमिसन बिष्टाएकाहरु आज नी उँचाे छाती पारेर खुलेआम गर्जिरहेका छन । तरपनी खुलेर बिरोध गर्नभन्दा अगाडी हजार पटक सोच्नुपर्ने अबस्था आज नी छ । ओली सरको सत्ताको धारिलो कैंचीले कुन बेला, कसरी जिब्रो काटिन्छ पत्तो हुँदैन र छैन ।
आज पनी कयौं नागरिक हप्तौंदेखि सीमा कुरेर बसेका छन् । मजदुरहरू काखमा बच्चा बोकेर खाली खुट्टा र खाली पेट सड़क नाप्दै छन् । देश निकै भयावह आर्थिक र स्वास्थ्य सङ्कटतिर अघि बढ्दै छ । सबैलाई साथ लिएर चल्नुपर्ने बेला संबैधानिक निकाय सम्बन्धी निकै बिबादित अध्यादेश ल्याइएको छ, विपक्षी दलका नेताबिना नै संवैधानिक निर्णय गर्न मिल्ने गरी । अदालतदेखि अख्तियारसम्म कमिशनलाई सदर गर्ने, त्यस्का लागी आबश्यक पर्दा संविधानका प्रावधानहरु नै बदल्ने गरी ल्याइएका यस्ता अध्यादेशलाई राष्ट्रपति कार्यालयले पर्याप्त अध्ययन र सल्लाह बिनै तुरुन्त प्रमाणित गरेको छ । यसले दुनियाँको लडाँइ त्यागले प्राप्त गणतन्त्र र गणतन्त्रको मुख्य सौन्दर्य रास्ट्रपतिको भुमिका माथी कयौं प्रश्न उठाएको छ । यती बिबादका बाबजुत पनी ओली सर अझै आफ्नो धुनमा बाँसुरी बजाइराख्नु भएको छ । कतै रोम नै जल्ने पो हो की भन्ने पिर छ । ओली सरले हाँसी हाँसी र हँसाइ हँसाइ प्रतिगमनको नयाँ अध्याय सुरु गर्नुभएको छ । अब उहाँको पछी लाइन लाग्ने की हुँदैन भन्ने हिम्मत गर्ने ? देशको अहिलेको यक्ष प्रश्न नै यही हो । अस्तु


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया