
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
गरिब बस्तिको सानो छाप्राबाट क्रान्तिका सपना देख्नेहरु,झुत्रा च्यातिएका लुगा र च्यात्तिएका जुत्ता लगाएर समाजबादको यात्रा तय गर्नेहरुले तिनै झुपडिका गरिब,असहाय र श्रमजीवी मजदुरको हितमा काम गर्न सक्नुपर्छ।केही कमरेडहरुको आफ्नो धरातल बिर्सिएर चिल्ला गाडिमा चढ्ने,ठुलाठुला महलमा बस्ने र बिलासितापुर्ण जीवन जिउनुले जनताको दयनिय जिवनशैलिलाई गिज्याईरहेको छ, विश्व अहिले आतंकित भइरहेको छ,बिस्वको अर्थतन्त्रमा ठूलो उथलपुथल हुने अवस्था छ, जसबाट नेपाल पनि पक्कै प्रभावित हुनेछ,हाम्रो मुलुक कम्युनिस्ट पार्टीको नेतृत्व यानकि अभिभावकत्वमा छ,हिजोको जस्तो अस्तब्यस्त अवस्था पनि छैन आज।किनकी तीन तहका सरकार छन र जनताको टोलटोलले सरकारको अनुभुति गर्न सक्ने अवस्था छ,सरकारले यो संकटबाट जनतालाइ सुरक्षित राख्न हर कोसिस गरेकै छ तरपनी बेलाबेला हामी कार्यकर्ता र जनताको खबरदारी हुनु अत्यावश्यक छ।अहिले सत्तामा हुनुभएका माननीय एवम सम्माननियहरुबाट २०७२ सालको महाभुकम्पको बेलामा जसरि जस्ता पाता खाएको सुन्नु नपरोस, ।
कार्लमार्क्स ,लेलिन ,स्टालिन, एङेल्स,माओत्सेतुङ हरुको बिचारलाई ब्यापार नबनाईयोस, । जनताहरुका नाममा गरिएका सेवामुलक काममा पुजिपतिहरुको रजाईं नहोस, निम्नबर्गको हितमा काम गरियोस।दैनिक ज्यालादारी गरेर चुल्हो बाल्ने श्रमजीवी वर्गको स्थानीय सरकारले पहिचान गर्न सक्नुहोस र राहत बितरणमा अनियमितता नहोस।हामि सरकारका साना साना कमजोरी भेट्छौ तर आफ्ना गल्ती स्विकार्दैनौं,यो लकडाउन हाम्रै निम्ति हो भन्ने हामिले बुझ्दैनौ भने सरकारलाई हामिले आलोचना गर्नु या सुझाव दिनु अर्थबिहिन हुनेछ, हामी जनताहरु पनि दायरा मा बसौ लकडाउनको उलंघन नगरौ ।
आफू भन्दा कमजोरलाई मद्धत गरौ अनि नक्कली पिडित बनेर बास्तबिक पिडित हरु को पेट मा लात हान्ने काम भईरहेको छ भने खबरदारी गरौ।हरेक जनताको भकारी हेर्न सरकारले पक्कै सक्दैन,आफ्ना समस्या बारे आफू पहिला जानकार बनौं, त्यो समस्या जनस्तर बाटै निर्मुल पार्नु पर्छ ।माथिल्लो तहको नेतृत्वहरुलाई यो सब थाहा नहुन सक्छ । वडा स्तरमा राहत बाड्ने स्थानीय सरकारले हिजो आफुलाई हालेको भोट हेरेर राहत बितरण गरिरहेका छन भने त्यसको पनि भन्डाफोर गरौं।बर्षमा २०००० के जि धान बेच्ने जमिनदारले पनि राहत कुम्लाई राहेको खबर आईरहेको छ।ठुला ब्यापारी र तिनतले घर हुनेले पनि श्रमजीवीको राहतमा र्याल बगाएको सुनिएको छ, कतिपयलाई कालोबजार गर्ने मौका आएको छ।
हिजोआज त झन ठाउठाउमा कुहिएको दाल चामल बितरण भयो भन्ने पनि सुनिन थालेको छ,चुनावको बेलामा राम्रो मनिसले टिकट नपाउनु पैसा खर्च गर्न सक्नेले टिकट पाउनुको नकारात्मक परिणाम देख्न नपरोस् ,चेतना नभएको पैसामात्र भएको ब्यक्ति जनताको असल सेवक हुन सक्दैन।जनप्रतिनिधि भनेको सेवक हो शासक होईन भनेर जनप्रतिनिधिहरुले पनि बुझ्नु पर्यो। राणा कालमा जस्तो भाइ भारदारी प्रचलन हाम्रो गौरवशाली पार्टी नेकपाभित्र सुहाउँदैन । यो समाजले आशा गरेका हामी युवा नेता तथा बिद्यार्थी नेताहरु नजागी केही हुने वाला छैन,हाम्रो पनि समाजप्रति उत्तरदायित्व छन।यतिखेर हामिले बुझ्नैपर्ने बिषय यो हो कि लकडाउन को निर्णय राम्रो निर्णय हो । नत्र धेरै संक्रमण फ़ैलिने खतरा थियो। मात्र मजदुरहरुले अलि दु:ख पाए जुन बिषयलाई तिनै तहका स्थानीय सरकारले सम्बोधन गरिएको छ। अब किसानले दु:ख नपाउन किसानले पनि दु:ख पाए भने चाहिँ कोरोना भन्दा ठूलो माहामारी फैलने छ, त्यो माहामारी भोकमरीको महामारी हो ।
यो मुलुक र देशबासिलाइ समाजबाद सम्म सफल अवतरण गराउने लक्ष्यका साथ महाअभियानमा रहेको नेकपाका नेता कार्यकर्ताहरुको बेलाबेला सामाजिक संजालमा आउने अभिव्यक्तिले सिङ्गो देशलाइ तरङ्गित पारिरहेको छ,जनताको आशा र भरोसा नेकपामाथी छ भन्ने कुरा बिर्सनु भएन,हामी बलियो भयौं भने लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भयो भने मुलुक बलियो हुन्छ।निजि स्वार्थको लागि आफ्नो मात्रै होइन अरुको पनि घरबार नबिगारौं,अहिले कोभिड १९को नियन्त्रणका बिषयमा पार्टी ,सरकार र अन्य सबै राजनीतिक दलको एउटै लक्ष्य र उद्वेश्य हुनु आवस्यक छ,बिस्वभरी हुन नसकेका साबधानी नेपालमा भएको छ,अमेरिकामा हुन नसकेको नियन्त्रण नेपालले गरेको छ,हामिले मात्रै होइन हाम्रा आदरणीय नेतृत्वले यतिखेर म कुन बैचारिक लाईनको हो,, यो या त्यो पार्टिको नेता कार्यकर्ता,सरकारपक्ष या प्रतिपक्षी भन्नू भन्दापनी म एउटा नेपाली हु र मेरो कर्तव्य सिङ्गो मुलुकलाई दुख्न नदिनु हो भन्ने बुझ्नुपर्छ,
आरती भण्डारी
अनेरास्ववियू केन्द्रिय सदस्य


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया