काठमाडौं ।आइतवार चलेको लामो समयको बहस पछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो । सभामुख हुँदै कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाको आरोप लागेको थियो । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई निर्दोष ठहर गरेको छ । निर्दोष ठहरे संगै पुर्पक्षका लागि थुनामा रहेका महरा रिजा हुने भएका छन । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा थिए ।
महराविरुद्ध दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोगमा कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो । अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने। ूअभियोग दाबी नपुगेकाले उनलाई निर्दोष ठहर गरिएको छ। उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् ।