
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५–२० किलोमीटरको दूरीमा डिएसपीबाट युवती ब’ला’त्कृत भइन् । न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ ।
सविना खड्का (नाम परिवर्तन) लाई प्रहरी बृत्त चापागाउँका डिएसपी राजकुमार खिउँजुले सरकारी शयनकक्षमा लगेर यौ’न दु’व्र्यव’हार गरे । घटना २०७५ मंसिर ३० गतेको हो । एक वर्ष नाघिसक्यो, पीडितले न्याय पाइनन् । बरु, राजकुमार, उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पीडितलाई ध’म्की र प्रलोभन दिने क्रम चलिरहेको छ । राजकुमार असईमा भर्ना भई डिएसपीको रुपमा चापागाउँ कमाण्ड गरेलगत्तै राजीनामा दिएर घर गइसकेका छन् । चापागाउँभन्दा परको महांकाल गाउँपालिका घर भएकी सविनाले गरुड सेक्युरिटी कम्पनीमा गार्डको जागिर खाने तयारी गरेकी थिइन् । त्यसका लागि नजिकैको प्रहरी कार्यालयबाट पुलिस रिपोर्ट ल्याउन भनिएको थियो । त्यही कामका लागि चापागाउँ प्रहरीमा पुगेकी हुन् । देख्नेबित्तिकै डिएसपीले ‘पुलिस रिपोर्ट यहाँबाट बन्दैन, जावलाखेल जानुपर्छ, तर चिया त पिएर जानु’ भन्दै आफ्नो श’यन कक्षतिर लगे ।
पहिलोपटक प्रहरी कार्यालय पुगेकी सविनालाई त्यहाँको अवस्था र व्यवस्थाबारे केही थाहा थिएन । कोठामा भान्सेले चिया पकाइसकेपछि उनलाई डिएसपीले बाहिर जान भने । भान्से निस्किएपछि चिया पिउन थालेकी सविनाको गिलास रित्तिएकै थिएन, डिएसपीको हात अनुहारतिर सोझियो । माया गरेजस्तो उनले भने, ‘तिमी एकदम राम्री छ्यौ।…’ सविना अक्क न बक्क भइन् । त्यसपछि खिउँजुले छा’तितिर हात लगे । सविना अलिकति पछाडि सरेर ‘नगर्नु न सर’ भन्दै थिइन्, खिउँजुले ‘केही हुन्न के, केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले । सविनाले सक्दो प्र’तिकार गरिन् । तर, हाकिमको कोठामा हल्ला नै गरे पनि उनले नबोलाएसम्म अरु पुग्ने अवस्था भएन । ढोकामा चुक्कुल, सबै झ्याल बन्द भएको अवस्थामा खिउँजुले यौ’न व्य’वहार गरे ।
त्यसको भिडियो रेकर्ड पनि गरे । सविनाले प्रतिकार गर्दा ‘मैले भिडियो खिचेको छु । कतै गएर केही बोल्यौ भने बर्बाद पारिदिन्छु’ भन्दै धम्की दिन थाले । युनिफर्ममै आफूमाथि यौ’न दु’व्र्यव’हार गरेपछि डिएसपी त त्यहाँबाट झरेर अफिस कोठामा छिरे, सविनाचाहिँ निकै बेर रोएर बसिन् । निस्कन खोजिन् । तर, जीवनमा पहिलोपटक कुनै पुरुषले उनको श’रिरमा ज’बर’जस्त धा’वा बोलेको छ र उनी घाइते भएकी छन् । उठेर हिँड्न सकिनन् । ब’ल्लब’ल्ल भित्ता समातेर कोठाबाट निस्किइन् र प्रहरी कार्यालयको कम्पाउण्ड बाहिर पुगिन् ।
०७६ जेठपछि खिउँजुले कहिले प्रलोभन, कहिले ध’म्की दिने क्रम चलिरह्यो । मोबाइलमा अनेकन म्यासेज, फेसबुक म्यासेञ्जरमा अ’श्ली’ल त’स्वीर, प्रलोभन र ध’म्कीजन्य म्यासेजहरू पठाउने क्रम शुरु भयो । बुबालाई फोन गरेर ‘बढ्ता भइस् भने तेरो छोरी मा’रिदि’न्छु’ भन्दै धम्की दिइयो । त्यही महिना उनको त्यहाँबाट सरुवा भयो । बस्नेत थरका पत्रकार लगाएर सम्झाउन पठाए । ‘नानी, तिम्रो इज्जत जान्छ, भविष्य पनि जान्छ । बरु पैसा लेऊ, केही गरेर बाँच्ने उपाय हुन्छ’ भन्दै ती पत्रकारले सम्झाउन खोजे, तर सविनाले मानिनन् । उनी अहिले सोल्टी होटलस्थित क्या’सिनो मा’जोङमा जागिर खान्छिन् । त्यहाँ जागिर भएदेखि सातदोबाटोमा बस्न थालेकी छन् ।
त्यसपछि उनको कोठामै पुगेर खिउँजुको ध’म्कीका सिलसिला शुरु भएका छन् । चापागाउँबाट सरुवा हुने बेलामा पत्नी र छोरी ल्याएर सविनालाई कु’टपिट गरे । खिउँजुकी पत्नीले पि’टेपछि उनले फेसबुक फ्रेण्ड रहेका बागमती प्रदेश प्रहरीका डिआइजी शेरबहादुर बस्नेतलाई म्यासेञ्जरमा कल गरिन् । शेरबहादुरले ‘म त हेटौंडामा छु बहिनी, मेरो साथी डिआइजी मनोज नेउपाने रानीपोखरीमा छ, त्यहीँ जाऊ, म भनिदिन्छु’ भने । सविनाले नेउपानेलाई फोन गरिन् । घटना सुनाइन् । तर, नेउपानेले ‘ए ल–ल, चिन्ता नगर, म त्यसलाई क’राइदिन्छु’ भनेर फोन राखे । ‘क’राइदिएर’ सविनालाई पुग्ने अवस्था थिएन । उनलाई चाहिएको थियो, न्याय । त्यसपछि गाउँकै चिनेको दाइ रवि गोलेको साथ लागेर टेकुस्थित प्रहरी परिसरमा जाहेरी दर्ता गर्न गइन् । त्यहाँ जाहेरी लिइएन । बरु, गाउँको दाइ भनेर विश्वास गरिएका रवि गोले खिउँजुसँग मिलेर आफैँलाई ‘अब छाडिदेऊ’ भन्न थाले ।
पत्रकारले ‘मैले डिएसपीसँग पैसा लिएर आएको छु, यो पैसा आधा–आधा गरौँ, डिएसपीको बूढीसँग डिभोर्स गराइदिन्छु र बिहे पनि गराइदिन्छु’ भन्न थाले । यतिबेलासम्म डि’प्रेस’नको औ’षधी खा’न थालिसकेकी सविना त्यसपछि डिएसपी होविन्द्र बोगटीकहाँ पुगिन् । होविन्द्रले राम्रै रे’स्पोन्स त गरे, तर जाहेरी लिन मानेनन् । उजुरी गर्न जानेबित्तिकै सूचना पाइहाल्ने र धम्की आउने, मान्छेहरू पठाउने काम खिउँजुले गर्दै आएका छन् । सोमबार जनआस्था कार्यालयमा आएकी पीडितले भनिन्, ‘मलाई न्याय नै चाहिन्छ । उसलाई जेलमै हाल्नुपर्छ ।’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया