
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
न जमिन, न पानी , न मल न त बीउ। यसै मनको एउटा अनाकन्टार कुना बाट पलाउछन यी भाव बाचक नाम। माया र प्रेम सुन्दा धेरैलाई उस्तै लाग्न सक्छ तर यसको भावमा निकै भिन्नता देख्न सकिन्छ। माया भनेको भ्रमको अर्को नाम हो। दर्शनशास्त्रमा मायालाई भौतिक बस्तुप्रतिको आशक्तिको रुपमा ब्याख्या गरिएको छ। त्यसैले यसको जीवन या भनौ आयु पनि छोटो नै हुन्छ। बस्तुको आयु संगै यसको आयुको पनि अन्त्य हुन्छ। जुन निश्चितप्राय छ। माया बजारमा राखिने डिजिटल डिजाइनका कपडा जस्तै हो जसको निश्चिति कुनै सिजन हुन्छ। अनि अर्को सिजन अर्को कुनै नयाँ डिजाइन ले मार्केट लिने गर्छ। प्रेम र माया देख्दा समानार्थी , पर्यावाची जस्ता देखिए तापनी यी दुई बिच आकाश र पातल बराबरको दुरी रहेको छ। त्याग, करुणा , र समर्पण प्रेमका चरीत्र हुन। जुन माया भन्दा कयौ गुणा गहिरो र ओझिलो हुन्छ। समयको परिधी वा सिमा रेखा भन्दा माथी हुन्छ।प्रेम आनददायक हुन्छ जसबाट प्राप्त खुशी दीर्घकालीन या भनौ लामो समयसम्म रहन्छ। प्रेम दैवी चरित्रको हुन्छ तर यस्तो गुण मायामा हुदैन ।
आज को समाज र युवा पीढि माया र मायाको ब्यपारमा डुबेको छ। क्षणिक र आबस्यकतामा आधारित गुण बोकेको मायाका उपभोक्ता युवा पिढी धेरै देखिन्छन। जसलाई माया र प्रेमको अर्थ केलाउन समय नै कहाँ हुन्छ र। माया पस्चिमी संस्कृति बाट भित्रीयो र आबस्यकताको भोग वा परिपुर्ति लाई माया भनी परिभाषित गर्यो। जुन आबेगको प्रतिफल पनि हो। बैशालु उमेरमा महिला र पुरुष बिचको आकर्षक माया हो। जहाँ माया शरीर र सम्पतिको मोहबाट दौडिएको छ। मन संगको सम्बन्ध प्रेम संग हुन्छ।
भने भौतिक बस्तु ,पैसा, शरीर संगको सम्बन्ध माया संग। माया छाला संग त प्रेम चाला संग रमाउन खोज्छ। मायाको कुनै निश्चितता हुदैन यो अनिश्चित स्वभावको हुन्छ जसको जुनसुकै बेला देहावसान हुन सक्छ। भौतिक बस्तुको जन्म या आबस्यकताको जन्म नै मायाको कारण हो। किनकी भौतिक , ब्यक्ति , बस्तु र बिसयनै मायाका आधारभुमी हुन। प्रेम त अकारण पैदा हुन्छ। जुन सगरमाथा जस्तो अटल र समुन्द्र जस्तो निस्चल हुन्छ ।
सुर्यको सितलता र चन्द्रमाको ताप भन्दा पृथक हुन्छ। त्यसैले माया भौतिक हो त प्रेम आध्यात्मिक । प्रेम आत्म संग निकट हुन्छ भने माया शरीर संग। दर्शनशास्त्र मा मायालाई दुखको कारण मानिएको छ। जादु र माया उस्तै हुन हेरिन्जेल मनोरञ्जन प्राप्त हुन्छ तर सत्य नभै काल्पनिक हुन्छ। त्यसैले मायालाई अग्रेजीमा illusion अर्थात भ्रम भनेर मानिएको छ।
असन्तोष मायाको खासियत हो। मन पर्ने बासनाको सगरमाथा चड्न खोज्नु। असन्तुष्टिको भारी बोकेर मायाको यात्रामा भाग लिने मायालुको बड्दो सङ्ख्या ले आजको समाज भरिएको छ। मायालु हरु कहिल्यै सन्तुष्टि हुदैनन् । माया मुर्त छ त प्रेम अमुर्त । जे मुर्त छ त्यसको बिनास निश्चिति छ। तर प्रेमको बिनास संभब छैन किनकी यो अमुर्त छ। प्रेम र माया योग र भोगका दुई छुट्टाछुट्टै बिसय हुन।
भोगवादी मायामा बिस्वास गर्छन त योगबादी सत्य र प्रेममा। प्रेम अनुभुतीमा प्राप्त हुन्छ भने माया भोगमा। आज प्रेम शब्दको दुरुपयोग गरिएको छ। सेवन भोगको गरेर बान्ता योगको गर्ने जमात टन्नै देखिन्छ जुन असंभव प्राय छ। प्रेमको अर्को महत्त्वपूर्ण चरीत्र को नाम धैर्य पनि हो । तर दुखी ,खुसीको चरित्र मायाको हुन्छ।
जुन समय सापेक्ष परिवर्तन हुन्छ। प्रेममा अभिभावक को जस्तो न्यानो पन र संरक्षण हुन्छ। आमाले काखमा राखेर प्रेमको स्तनपान गराइरहदा सन्तानले त्यही काखमा मल मुत्र निष्कासन गतेर हैरान पार्छन् तथापि आमाको हृदयमा घृणा र प्रतिसोधको भावना पैदा हुदैन जुन नित्य, एकनास र निस्वार्थ एंव ममतापुर्ण हुन्छ। त्यसैले प्रेम समर्पण हो जसले मानवलाई दीर्घजीवी बनाउछ त माया आकर्षण हो लेपन हो जुन निस्चित समयपछि खुइलिन्छ। ध्रुव केसी को कलम बाट …………


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया