
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
-सचिन्द्र श्रेष्ठ
हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ ।त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ।यहिको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ। अहिले लैंगिक हिंसाका बिरुद्ध अभियान चलि रहेका बेला “सिद्ध बाबा”नामले परिचित साधुको यौन ,बलात्कार जस्ता काण्ड बाहिर आएको छ।यसले हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक सन्देस दिएको छ।समय समयमा घटने यस्ता घटनाले नेपाली समाज,राष्ट्र कुन दिसा तर्फ मोड़ीदै छ भन्ने प्रस्ट आउनुले ऱ्याली,गोष्टि, सेमिनार भनेर ठुला ठुला होटल, लजमा गरिने कार्यक्रम प्रभावकारी नभएको देखिन्छ।
बर्षनि मंसिर आउन साथ यी दिबस मनाई रहदा गाउँका दूर दराजमा बोक्सी,छाउ पड़ी प्रथा ,बाल बिबाहले प्रश्रय पाइ रहेको छ यसको रोकथाम र न्यूनीकरणमा टेवा दिनुको सट्टा सहर बजार मुखी कार्यक्रम, दिबस मनाउनु कत्तिको उचित हुन्छ कुन्नि यो महिलाबादीलाई थाहा होला यो भन्नुको मतलब आफूलाई पुरूष ठान्नेहरु पनि यस बाट अछूत भने छैनन्।
पुरानो सोच न हो हामी गुरु,बाबा, लामा ,इमाम,स्वामी अनेक नाम दिएका छौ जसको आराधना, गुनगान सधै गाइरहन्छौ उसको योग्य भक्त बनेर उसले गरेका हरेक क्रियाकलापमा साथ दिइ रहन्छौ यसैको फाइदा उनिहरुले यस्तो ज्ञान दिन्छन् की आम मानिसहरू तिनिहरुलाई कुनै चलचित्रको नायक र भगवान मान्न तयार हुन्छन्। यसैको फल बिस्तारै उनिहरुले गर्ने नकारात्मक काम, धन्दामा आफु होमिन थालछौ अनि मात्र हाम्रो दिमागको बत्ती जल्न थाल्छ त्यस बेला सम्म अत्यन्त ढिला भई सकेको हुन्छ।
यी घटेका घटना पहिलो होइन छिमेकी मुलुक भारतमा केहि बर्ष पहिले “बाबा आसाराम जी ” पनि यही बलात्कार,हत्या जस्ता घटनामा संलग्न रही अहिले जेलको चिसो हावा खाई रहेका छन। जब की उनलाई भारतका ठुला ठुला नेताहरु उसको पाउमा ढोग्न गएका छन।त्यति ठुलो ख्याति प्राप्त गरे पनि आखिर पाप धुरी बाट कराऊँछ भने जस्तो भयो।
सायद यसैको देखा सिकी फेरि नेपाली “सिध्द बाबा” मा देखिन थाल्यो।उनका पनि ठूलै फ्यान फलोइंङ भएको अहिले सामाजिक सञ्जालमा देखिने तस्बिरले पुष्टाएको छ जहाँ जहाँ ठुला महामहिम देखि सामान्य नागरिक सम्म पछि लागेका छन।
बदलिदो समय परिबेस , तेज रफ्तारको इंटरनेट पहुँच र मिडियाको बोलाबलिले आजकल कुनै बिषय बस्तु बासी हुदैन।घटना बिगत होस् या बर्तमान देखिनै हाल्छ कुनै घटना लुक्न सक्दैनन यसले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न प्रेरित गरेको छ।
यो भनी रहदा आखिर किन महिला ,बालबालिका नै यसको शिकार भएका छन यसमा चर्चा गर्नु आवस्यक छ।छिटो महिलालाई आफ्नो बसमा पार्न सजिलो हुने या महिलाको मन नै कमलो हुने ,छिट्टै अरु प्रति बिस्वास गर्ने बानीले स्वयं महिला लाई नै यी खालका घटना बाट गुज्रीरहनु परेको छ।
बास्तबमै गुरु,लामा, धामीहरु को भर परेर अनुयायीहरु आफ्नो समस्या समाधान गर्न उनिहरुको मा जाने गर्छन्।के उनिहरु पनि लामा गुरु,बाबा भन्ने बितिकै कुमार नै बस्नु पर्छ भन्ने पक्कै नहोला हाम्रो सोच भने बाबा गुरूजी,लामा पादरी जस्ता ब्यक्तिहरु कुमार नै बसेर दुनिया लाई सकरात्मक सन्देश बाडदै हिड्नु पर्छ भनेर सिकाउंने गरिन्छ।
रजनिस ओशोले यौनलाई खुला रुपमा सहज समाजमा पचने गरी हिडन सल्लाह दिएको पढन पाइन्छ।हुन पनि हो यौन के मा हुदैन न मानिस ,न पसुजन्य बस्तु सबैलाई आवस्यक पर्ने न हो।मात्र फरक कुन बेला कस्तो बेला कसरी प्रयोग गर्न सकिने हो।पशु ले बरु पुच्छर ले ढाकेर हिडला बरु हामी भने खुले आम देखाएर हिडछौ।के बाबा, साधू सन्त हुदैमा यौन बर्जित छ त तिनिहरुलाई?प्राकृतिक ईश्वरीय शक्तिलाई रोकेर राख्न सकिदैन।हामी यो समझन हुदैन की गुरु, लामा ,बाबा जस्ता का पद लिदैमा केहि गर्न हुन्न भन्ने होइन।यसलाई कसरी सही र सहज ढंगले लिन सकिन्छ ।बाबा हुदैमा यौन उतेजना नहुने ,कुमार नै भएर जिन्दगी बिताऊंनु पर्ने जस्तो बलजफति लगाइने कारण यी खालका घटना घटेका छन।
ओम शान्ति होस् या बौद्ध मार्गीमा समर्पित भएर हिड्ने हरुमा समेत बाहिर नदेखिने गरी यौन कार्य भएको समाचार बेला मौकामा बाहिर आउछ ।आखिर सभामुख जस्तो उच्च पद धारण गर्नेको हालत पनि देखियो,बिशिष्ठ श्रेणीमा त यस्तो छ भने आम नागरिकले यी कु कर्म गर्देन भनेर बुझ्नु गलत छ।पहिले हामी किन यस्तो कार्यमा संलग्न छौ भनेर आफूलाई सोध्न जरुरी छ।ठुलाले भनेको मानने, उसको इच्छाको पूर्ति गर्ने सहज बिस्वास गर्नेका कारण हर कोही यी दुर्घटना बाट अगाडि बढ्नु परेको छ।
बिदेस बाट शुरू भएको ह्यास ट्याग मी टू पनि खुबै चर्चित रहयो हलीउड बलीवुड हुँदै कलीउड सम्म यसको असर रहयो।थुप्रै कलाकारले बदनामीको बिल्ला भिरनु पर्यो।बिर्सन यो पनि मिल्दैन की कतिले आफ्ना फाइदाका लागी गरे त कतीले बेइज्जत गर्न यसको सहारा लिए।
करीब २ महीना पहिले भारतीय वेब सीरीज ‘सेक्रेड गेम्स २’ हेरेको थिए जहाँ पात्र ‘गुरूजी’ पंकज त्रिपाठीलाई पनि गुरु का नाममा यस्तै खुला यौनका कुरा देखाईएको छ।आजकल हरेक सिनेमा, नाटकमा सधै नेगेटिभ चरित्रलाई चित्रण गरी अगाडि बढाउने र पोजिटिभ चरित्रलाई खासै महत्व नदिने कारण पनि दर्शकमा घृणा पैदा गराउन सफल भएका छन।
लैंगिक हिंसाका जति कुरा बाहिर गरे पनि घर बाटनै यसको सुरुवात छ,छोरालाई बोर्डिंङ स्कूल र छोरीलाई सरकारी स्कूल मा पढ़ाऊँने मानसिकता,मरने बेलामा छोराको हात बाट दागबत्ति दिनु पर्ने धार्मिक, सास्कृतिक र पारम्परिक मानसिकतामा जोडिने हामीले कहिले समान र सम्मान दिन नसकदा पनि घरमानै लैंगिक हिंसाको प्रत्यक्ष असर भोगेको छौ।
बाबा, लामा,साधू सन्त ,इमाम, पादरी जे भनेर चिनिन्छ ऊनिहरु मात्र यी घटनाका कारक तत्व होइनन।हामीले उनीहरुलाई भगवानको दर्जा जो दिन्छौ जसले पत्थर र मूर्ति मा बिस्वास गर्न सक्ने बनाउन सफल छन।यौन हरेकमा हुने र सहज देखाउन नसक्ने भएका कारण यी गल्तीहरु दोहोरिएका छन।यसलाई निराकरण गर्न स्कूल तहमा यौन शिक्षा,नैतिक शिक्षाको पाठ्यक्रम अवस्यक छ।
लैंगिक हिंसाका गोष्टि भई रहदा समाजमा भएका लामा,साधु सन्त, धामीलाई पनि जेन्डरको तालिममा सहभागिता जनाउन सक्ने बातावरण बनायो भने पनि उनिहरुमा चेतना जागृत हुन सक्ने देखिन्छ। त्यसैले उनिहरुले गलत काम गलत नजर ले हेर्ने भन्दा पनि आफु पनि कुन खालको परिबेस संस्कार अनुसार चलने भनेर आफूलाई नियालेर अगाडि बढन सके आगामी दिनहरुमा यस्ता खालका घटना कम हुने हुन्छन्।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया