
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
-सचिन्द्र श्रेष्ठ
हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ ।त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ।यहिको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ। अहिले लैंगिक हिंसाका बिरुद्ध अभियान चलि रहेका बेला “सिद्ध बाबा”नामले परिचित साधुको यौन ,बलात्कार जस्ता काण्ड बाहिर आएको छ।यसले हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक सन्देस दिएको छ।समय समयमा घटने यस्ता घटनाले नेपाली समाज,राष्ट्र कुन दिसा तर्फ मोड़ीदै छ भन्ने प्रस्ट आउनुले ऱ्याली,गोष्टि, सेमिनार भनेर ठुला ठुला होटल, लजमा गरिने कार्यक्रम प्रभावकारी नभएको देखिन्छ।
बर्षनि मंसिर आउन साथ यी दिबस मनाई रहदा गाउँका दूर दराजमा बोक्सी,छाउ पड़ी प्रथा ,बाल बिबाहले प्रश्रय पाइ रहेको छ यसको रोकथाम र न्यूनीकरणमा टेवा दिनुको सट्टा सहर बजार मुखी कार्यक्रम, दिबस मनाउनु कत्तिको उचित हुन्छ कुन्नि यो महिलाबादीलाई थाहा होला यो भन्नुको मतलब आफूलाई पुरूष ठान्नेहरु पनि यस बाट अछूत भने छैनन्।
पुरानो सोच न हो हामी गुरु,बाबा, लामा ,इमाम,स्वामी अनेक नाम दिएका छौ जसको आराधना, गुनगान सधै गाइरहन्छौ उसको योग्य भक्त बनेर उसले गरेका हरेक क्रियाकलापमा साथ दिइ रहन्छौ यसैको फाइदा उनिहरुले यस्तो ज्ञान दिन्छन् की आम मानिसहरू तिनिहरुलाई कुनै चलचित्रको नायक र भगवान मान्न तयार हुन्छन्। यसैको फल बिस्तारै उनिहरुले गर्ने नकारात्मक काम, धन्दामा आफु होमिन थालछौ अनि मात्र हाम्रो दिमागको बत्ती जल्न थाल्छ त्यस बेला सम्म अत्यन्त ढिला भई सकेको हुन्छ।
यी घटेका घटना पहिलो होइन छिमेकी मुलुक भारतमा केहि बर्ष पहिले “बाबा आसाराम जी ” पनि यही बलात्कार,हत्या जस्ता घटनामा संलग्न रही अहिले जेलको चिसो हावा खाई रहेका छन। जब की उनलाई भारतका ठुला ठुला नेताहरु उसको पाउमा ढोग्न गएका छन।त्यति ठुलो ख्याति प्राप्त गरे पनि आखिर पाप धुरी बाट कराऊँछ भने जस्तो भयो।
सायद यसैको देखा सिकी फेरि नेपाली “सिध्द बाबा” मा देखिन थाल्यो।उनका पनि ठूलै फ्यान फलोइंङ भएको अहिले सामाजिक सञ्जालमा देखिने तस्बिरले पुष्टाएको छ जहाँ जहाँ ठुला महामहिम देखि सामान्य नागरिक सम्म पछि लागेका छन।
बदलिदो समय परिबेस , तेज रफ्तारको इंटरनेट पहुँच र मिडियाको बोलाबलिले आजकल कुनै बिषय बस्तु बासी हुदैन।घटना बिगत होस् या बर्तमान देखिनै हाल्छ कुनै घटना लुक्न सक्दैनन यसले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न प्रेरित गरेको छ।
यो भनी रहदा आखिर किन महिला ,बालबालिका नै यसको शिकार भएका छन यसमा चर्चा गर्नु आवस्यक छ।छिटो महिलालाई आफ्नो बसमा पार्न सजिलो हुने या महिलाको मन नै कमलो हुने ,छिट्टै अरु प्रति बिस्वास गर्ने बानीले स्वयं महिला लाई नै यी खालका घटना बाट गुज्रीरहनु परेको छ।
बास्तबमै गुरु,लामा, धामीहरु को भर परेर अनुयायीहरु आफ्नो समस्या समाधान गर्न उनिहरुको मा जाने गर्छन्।के उनिहरु पनि लामा गुरु,बाबा भन्ने बितिकै कुमार नै बस्नु पर्छ भन्ने पक्कै नहोला हाम्रो सोच भने बाबा गुरूजी,लामा पादरी जस्ता ब्यक्तिहरु कुमार नै बसेर दुनिया लाई सकरात्मक सन्देश बाडदै हिड्नु पर्छ भनेर सिकाउंने गरिन्छ।
रजनिस ओशोले यौनलाई खुला रुपमा सहज समाजमा पचने गरी हिडन सल्लाह दिएको पढन पाइन्छ।हुन पनि हो यौन के मा हुदैन न मानिस ,न पसुजन्य बस्तु सबैलाई आवस्यक पर्ने न हो।मात्र फरक कुन बेला कस्तो बेला कसरी प्रयोग गर्न सकिने हो।पशु ले बरु पुच्छर ले ढाकेर हिडला बरु हामी भने खुले आम देखाएर हिडछौ।के बाबा, साधू सन्त हुदैमा यौन बर्जित छ त तिनिहरुलाई?प्राकृतिक ईश्वरीय शक्तिलाई रोकेर राख्न सकिदैन।हामी यो समझन हुदैन की गुरु, लामा ,बाबा जस्ता का पद लिदैमा केहि गर्न हुन्न भन्ने होइन।यसलाई कसरी सही र सहज ढंगले लिन सकिन्छ ।बाबा हुदैमा यौन उतेजना नहुने ,कुमार नै भएर जिन्दगी बिताऊंनु पर्ने जस्तो बलजफति लगाइने कारण यी खालका घटना घटेका छन।
ओम शान्ति होस् या बौद्ध मार्गीमा समर्पित भएर हिड्ने हरुमा समेत बाहिर नदेखिने गरी यौन कार्य भएको समाचार बेला मौकामा बाहिर आउछ ।आखिर सभामुख जस्तो उच्च पद धारण गर्नेको हालत पनि देखियो,बिशिष्ठ श्रेणीमा त यस्तो छ भने आम नागरिकले यी कु कर्म गर्देन भनेर बुझ्नु गलत छ।पहिले हामी किन यस्तो कार्यमा संलग्न छौ भनेर आफूलाई सोध्न जरुरी छ।ठुलाले भनेको मानने, उसको इच्छाको पूर्ति गर्ने सहज बिस्वास गर्नेका कारण हर कोही यी दुर्घटना बाट अगाडि बढ्नु परेको छ।
बिदेस बाट शुरू भएको ह्यास ट्याग मी टू पनि खुबै चर्चित रहयो हलीउड बलीवुड हुँदै कलीउड सम्म यसको असर रहयो।थुप्रै कलाकारले बदनामीको बिल्ला भिरनु पर्यो।बिर्सन यो पनि मिल्दैन की कतिले आफ्ना फाइदाका लागी गरे त कतीले बेइज्जत गर्न यसको सहारा लिए।
करीब २ महीना पहिले भारतीय वेब सीरीज ‘सेक्रेड गेम्स २’ हेरेको थिए जहाँ पात्र ‘गुरूजी’ पंकज त्रिपाठीलाई पनि गुरु का नाममा यस्तै खुला यौनका कुरा देखाईएको छ।आजकल हरेक सिनेमा, नाटकमा सधै नेगेटिभ चरित्रलाई चित्रण गरी अगाडि बढाउने र पोजिटिभ चरित्रलाई खासै महत्व नदिने कारण पनि दर्शकमा घृणा पैदा गराउन सफल भएका छन।
लैंगिक हिंसाका जति कुरा बाहिर गरे पनि घर बाटनै यसको सुरुवात छ,छोरालाई बोर्डिंङ स्कूल र छोरीलाई सरकारी स्कूल मा पढ़ाऊँने मानसिकता,मरने बेलामा छोराको हात बाट दागबत्ति दिनु पर्ने धार्मिक, सास्कृतिक र पारम्परिक मानसिकतामा जोडिने हामीले कहिले समान र सम्मान दिन नसकदा पनि घरमानै लैंगिक हिंसाको प्रत्यक्ष असर भोगेको छौ।
बाबा, लामा,साधू सन्त ,इमाम, पादरी जे भनेर चिनिन्छ ऊनिहरु मात्र यी घटनाका कारक तत्व होइनन।हामीले उनीहरुलाई भगवानको दर्जा जो दिन्छौ जसले पत्थर र मूर्ति मा बिस्वास गर्न सक्ने बनाउन सफल छन।यौन हरेकमा हुने र सहज देखाउन नसक्ने भएका कारण यी गल्तीहरु दोहोरिएका छन।यसलाई निराकरण गर्न स्कूल तहमा यौन शिक्षा,नैतिक शिक्षाको पाठ्यक्रम अवस्यक छ।
लैंगिक हिंसाका गोष्टि भई रहदा समाजमा भएका लामा,साधु सन्त, धामीलाई पनि जेन्डरको तालिममा सहभागिता जनाउन सक्ने बातावरण बनायो भने पनि उनिहरुमा चेतना जागृत हुन सक्ने देखिन्छ। त्यसैले उनिहरुले गलत काम गलत नजर ले हेर्ने भन्दा पनि आफु पनि कुन खालको परिबेस संस्कार अनुसार चलने भनेर आफूलाई नियालेर अगाडि बढन सके आगामी दिनहरुमा यस्ता खालका घटना कम हुने हुन्छन्।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया