SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२१ गते
    ३०६० &#२३४६;&#२३३५;&#२३२५;

    डियर मोदी काका ,
    “कालापानि हाम्रो हो अनि लिपु लेकपनि हाम्रो नै हो”
    हो तिमी हामी भन्दा 22 गुना ठुला छौ तर याद राख हामी तिमी भन्दा 22 गुना बलिया छौ।यो पनि सुन सानो हुनु ,कमजोर हुनु होइन । गरीब हुनु ,भिकारी हुनु होइन । जे खाइरहेछौं, किनेर खाइरहेछौं । तिम्रो हस्तक्षेप र धम्की हामीलाइ कदापी स्बिकार्य छैन ।त्यो काला पानि हाम्रो हो अनि त्त्यो लिपुलेक पनि हाम्रै हो! र तिमी जस्ता ब्रीटिसको जुत्ताको तलुवा चाटेर स्वतन्त्र भएकालाई के थाहा एक असल छिमेकीको सम्मान कसरी गर्नु पर्छ भन्ने कुरा । नेपाल मात्र इतिहासको एउटा यस्तो देश हो जसलाइ कसैले शासन गर्न सकेनन। इतिहास साक्षी छ,हामी कसैको गुलाम बन्न चाहेनौ।बरु भोकै मरिन्छ स्वाबिमान बेचिन्न ।

    पानी नखाइ युद्द गरेर जितेका बिरहरुका छोरा नाति हौ हामी ।परिआए अवका युवा देशका लागि जसरी पनि लढ्न सक्छन कसैको साथ चाहिदैन ! बिगतको इतिहास लाई फर्केर हेर देशको लागि खालि पैतलाले आगो टेकेर छातिमा गोलि थाप्ने बिर गोर्खाली हौ हामी ।हामि मरेका छैनौ र ज्युदै छौ। हावाले जति बिरोध गर्छ चङ्गाले उति नै उचाइ लिन्छ हो हामी पनि अब उचाइ लिने छौ ।यो संविधानको असन्तुष्टि होइन, स्वाधिनतामाथि गिद्धेदृष्टि र आन्तरिक मामलामा बक्रदृष्टि हो। हामी चुप लागी बस्ने छैनौ ।मेरी आमा ले मलाई भन्नु हुन्थ्यो ” छिमेकिले धेरै दया देखायो भने राम्रो हुदैन बाबु” शत्रु खोज्न टाढा जानुपर्दैन भन्ने कुरा तिमीले पुष्टी गरेका छौ तिमीले ।

    याद राख ,”मुसो सानो छ भन्दैमा बिरालोले बन्द कोठामा थुनेर तड्पाइ मार्छु भनी सोच्नु गलत हुनेछ। मुसोले ढोका नफोड्ला तर कोठाबाट जरुर निस्कन्छ ।”डियर मोदी काका ,यत्ति भनेसी त बुझ्छौ होला नि तिम्रो सिमा अतिक्रमण को कुरा ? हेर ! भैसिले दूध दिन छोड्दैन, खेतमा बाली उम्रन रोक्दैनन, खोला नाला सुक्दैनन ,हावाहरु रोकिदैनन त्यसैले तिमीले सिमा अतिक्रमण को बिरोध गर्दा फेरी नाका बन्द नै गरे पनि केही हुने वाला छैन!हाम्रो प्यारो भुमीको कन्दमुल जडिबुटि खाएर बच्न सक्ने हिम्मत र तागत छ हामी सँग ।

    हेर !हामी नेपालीहरु मजदुरी गर्न भारत जाने गर्छौ र लाख लिएर फर्कन्छौ।तिमीहरू भने डाका गर्नलाई नेपाल आउने गर्छौ र करोडौं लिएर फर्कन्छौ । हामीलाइ पनि थाहा यो कुरा । मोदी काका ,”तिमिले नेपालको बिषयमा सम्बोधन नगरेकै राम्रो ।बरु आफ्नै भारतमा भोकमरिले पिल्सिएका लाई र गरीबिले थिचिएका लाई जाउ गएर सेवा गर ।पुगेन भने बरू म मेरो हिमाल बाट स्याऊ टिपेर पठाई दीउँला , पहाड बाट कोदो र तराई बाट धान पठाई दिउला ।त्यति धेरै कमजोर पनि नसोच नेपालि लाई ।तिमि संग त सिमाना मात्र जोडीएको हो नेपालको तर बिश्ब सँग त मन र आत्मा दुबै जोडिएको छ ।”हामी नेपाली ‘मित्र बन्न चाहनेका लागि संसारकै सबैभन्दा उत्तम मित्र’ र ‘शत्रु बन्नेका लागि संसारकै सबैभन्दा खतरनाक शत्रु’ जाति हौं ।”
    उही एक नेपाली राष्ट्र प्रेमी
    👉प्रकाश रिजाल

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं