
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
-सचिन्द्र श्रेष्ठ
फेरि एक पटक नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो!गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन।
प्रसंग गरौं केहि दिन अगाडि जहाँ तिहार नजीकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको उक्त गीत बाट जसकोे नेपाली गीत समाजलाई अतिरंजित,ढाडस दिएको निहूँमा उनलाई प्रहरी प्रशासन समेतको चक्कर लगाउन पर्ने स्थिति आयो।सो गीतको सार शब्दले समाजलाई असर गर्दा उनलाई ‘चिसो बियर’ नराम्रो सँग लाग्यो।चिसो बियरको मातका कारण उनले यसलाई सच्याएर पुनः प्रसारण गर्ने र आफुले क्षमा याचना समेत मागेका छन ।उनले माफ माग्नुनै आफूंमा ठुलो महानता हो।
हुन त हाम्रो सानो र साँघुरिएको समाजमा चाहे दशै होस् या तिहार वा तिज यस्तो चाड पर्बमा गाउने गीत मौलिकता ,सस्कृति भन्दा यौन वासना, ग्ल्यामरसलाई प्राथमिकताका साथ उत्सुकता र कामुकता बढाउने खालका शब्द चयन गरी गाउने चलन कुनै नौलो घटना भने होइन।
अघिल्लो बर्ष नै पशुपति शर्माको ‘लुटन सम्म लुट’ भन्ने गीतले राष्ट्रीयता, सिंगों मुलुक र सरकार प्रति भ्रस्टाचार बितृष्णा पैदा गरायो भनेर उक्त गीतलाई हटाउन लगाइयो।बास्तबमै यस्ता गीतले एक किसिमको जनमानसमा ऊर्जा पैदा त गराउछ तर सोहि गीतका कारण अन्यलाई असर गरेको कुरा गीतका स्रष्टा कहिले पनि बुझ्न तयार हुदैन।
२०४८साल तिर कुमार बस्नेतको ‘छोरी भन्दा आमा तरुनी’ गीत गाउदा समेत उनले ठूलै मूल्य चुकाउन पर्यो बिशेष गरी महिलावादी समूह बाट।कोमल ओलीले तीजको मौका पारेर ‘पोइला जान पाम’भन्ने गीतका कारण सर्बोच्च सम्म पुग्यो।यी लगायत धेरै लोक आधुनिक गीतहरु बेला बेलामा चर्चा चलि रहन्छन।
यी साधारण गीत बाहेक आजकल समय अनुसार हिप हप ऱ्याप गाउने गीतको त कुरै नगरौ कस्तो सम्म हुन्छन् भनेर।चाहे पुराना ऱ्यापर गिरिस,प्रनिल का गीतमा मीनिंङ लेस भनेर नै गीत निकालेर गाउने गर्थे। त्यस पश्चात स्वर्गीय यम बुद्धका गीत होस् या लाहुरे र भी -टेन का ‘चुरोट’ जस्ता गीतले सामाजिक सदभावलाई खलबलाई राखेको छ त्यों बारेमा प्रहरी प्रशासन मौन नै छ।खास गरी बजारमा अफ्रीकन ऱ्याप बाट सुरु हुँदै हाम्रो नेपाली समाज सम्म आई पुग्दा यस्ता गीत ले ठूलै फटकों मारेको छ।पंक्तिकार ऱ्याप वा हिप हप गीतको बिरोध गर्न खोज्या होइन तर सोहि गीतका शब्द छन्दा कमसेकम आफ्नो परिवार सँग बसेर सुन्न र हेर्न सहज सकियोस् भन्ने हो।गीतमा भलगारिटीले मात्र गीत उत्कृष्ट र मिठो सुनिन्छ भन्ने होइन सरल र सहज समाजमा पचने खालका गीत ले समेत सांगीतिक बजार तताउन सफल छ।
नेपाली गीत संगीतको बजार अन्यको भन्दा सानो भई रहदा गीतले कस्तो खालको अर्थ बुझाऊन सकेको छ त्यों ठुलो कुरा हो।गीत संगीत ले मानबिय सोच, बिचार र मनोरंजनका नाममा छाडा प्रबृतिलाई निरुत्साहित गर्न सक्नु पर्छ।अहिले त झन इंटरनेटको सहज पहुचका कारण यूट्यूबर,अंडर ग्राउंड ब्याण्डले यस्तो सम्म गीत, भिडियो निकालेको छ की जो हेर्न र सुन्न समेत एक्लै बस्नु पर्दछ।आखिर यस्ता दर्जनौ निकलने गीत, संगीतमा सेन्सर गर्न किन सकिरहेको छैन त प्रश्न अनुत्तरित छ।
हाम्रा नेपाली गीतको आफ्नै भाषा, सस्कृति रहनसहन ,पहिचान सँग जोडिएको छ।नेपाली गीत संगितमा मदिरा,सुर्ती जन्य पदार्थलाई मिसाउदा हरेक गीत संगितले फरक सुनने र हेरने गरिएको एबं मन पारिएको पाईन्छ।गीत संगीत कै कुरा गर्दा ज्योति मगर र आस्था राउतको सामाजिक सञ्जालमा शीत युद्ध नै चल्यो। ज्योति मगरले सञ्जालमा ब्यक्त गरिन की पुरुषहरु कम छाडा छन् ? उनीहरुले गाएका गीत सुन्नुभएको छ ? हाल्ने, ठोक्ने, झार्ने जस्ता कुराहरु हुन्छन् । हामीले त कम्तीमा दोहोरो अर्थ लाग्ने शब्दहरु बोल्छौं, उहाँहरु त ठाडै बोल्नुहुन्छ यसलाई के मानने ?
अर्की गायिका आस्था भने अब संगीतमा पनि सेन्सरबोर्ड आवश्यक भएको छ । शब्दहरुको मूल्यांकन गरेर मात्रै रेकर्ड गर्न अनुमति दिनुपर्छ , कलाकारहरुको पनि ग्रेडिङ हुनुपर्यो । छाडा गीत गाउनेहरु र अरु कलाकारहरुलाई एउटै कसीमा राखिनु भएन । यसरी हेर्दा हाम्रो नेपाली समाज गीत संगीतमा अछूतो छैन भनेर बुझ्न सकिन्छ किनकी सुनने र हेरने नै ग्लायमर्स लाई टेवा दिइ राखेका छन।
गीत गाउने शैलीको सिको गर्दै गर्दा आफ्नै गीत संगीत भने लोप भएको महसूस भएको छ ।पहिले गाउँ घरमा गाउने रोधी होस् या सोरठी गीत आजकल भनिने गीतहरुको दोहोरो अर्थ लाग्ने र बजारमा पनि एस्तै गीत संगीतको डिमाण्ड बढ़ने भएका कारण यस्ता गीत खोजी खोजी राख्ने र प्रसारण गर्ने गरिएको छ।यूट्यूबमा बढी भ्यूज गराउन टि: भी को टीआरपी बढाउन र छिट्टै चर्चा बटुल्न समेत यी खालका गीत संगीतले ठुलो प्रभाव पारेको छ।मेरो सृजनाले नेपाली मौलिकतामा कस्तो असर पार्छ भनेर होइन कि कस्तो गीत निकाल्यो भने ब्यापार हुन्छ चर्चामा आईन्छ भनेर हिडनेको ठूलै जमात अहिले बढ़न थालेको छ।
‘मेरो ढाड चिलायो’, ‘नाईटो देखि मुनि’,’म सेक्सी देखिन्छु’, ‘दरमा रक्सी खाइन्छ’ खालका जस्ता अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर गीत बजारमा आउने गरेको छ।यसलाई रोकने कस्ले हो ?किन की नेपाली गीत संगीत , संस्कृति मनोरञ्जन र आनन्द मात्र नभएर हाम्रो मान सम्मान, पहिचान ,गौरब र परिचय दिलाउने माध्यम पनि हो। गीत संगीतमा अश्लीलताको ,यौन, मदिरा सँग जोडिएका गीतहरुमा पुराना गायक तथा लेखक समेत यी शब्दहरु राखेर गीत लेख्ने ,गाउने, र कति त साहित्य नै फुराएको देख्न पाइन्छ।चाहे स्वर सम्राट नारायण गोपाल,अरुण थापाले गाउने गीत होस् या साहित्यकार लक्ष्मि प्रसाद देवकोटा ,भूपी शेरचनका कबितामा पाइने साहित्य सबै यसलाई नै इंगित गरी गाइने र लेख्ने चलन चलाईएको थियो।
अब हरेक गीत संगीत,साहित्य वा कला होस् यसलाई सहज समाज, वर्ण, लिङ्ग, भेषभुषा ,जातजातिलाई असर नगर्ने गरी रचना गर्ने र आम मानिसमा प्रशारण गर्ने खालको छुट्टै सेन्सरको ब्यबस्था गर्न सरकार लाग्नु पर्दछ।गीत संगीतको बिबाद सेन्सर मात्र पनि होइन कपि राइट्स ऐन पनि एक भएका कारण दुबैलाई असर नगर्ने गरी कला साहित्य संगीतको सम्मान गरी लेख्न गाउन र प्रसारण गर्न आवस्यक छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया