
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
-सचिन्द्र श्रेष्ठ
फेरि एक पटक नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो!गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन।
प्रसंग गरौं केहि दिन अगाडि जहाँ तिहार नजीकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको उक्त गीत बाट जसकोे नेपाली गीत समाजलाई अतिरंजित,ढाडस दिएको निहूँमा उनलाई प्रहरी प्रशासन समेतको चक्कर लगाउन पर्ने स्थिति आयो।सो गीतको सार शब्दले समाजलाई असर गर्दा उनलाई ‘चिसो बियर’ नराम्रो सँग लाग्यो।चिसो बियरको मातका कारण उनले यसलाई सच्याएर पुनः प्रसारण गर्ने र आफुले क्षमा याचना समेत मागेका छन ।उनले माफ माग्नुनै आफूंमा ठुलो महानता हो।
हुन त हाम्रो सानो र साँघुरिएको समाजमा चाहे दशै होस् या तिहार वा तिज यस्तो चाड पर्बमा गाउने गीत मौलिकता ,सस्कृति भन्दा यौन वासना, ग्ल्यामरसलाई प्राथमिकताका साथ उत्सुकता र कामुकता बढाउने खालका शब्द चयन गरी गाउने चलन कुनै नौलो घटना भने होइन।
अघिल्लो बर्ष नै पशुपति शर्माको ‘लुटन सम्म लुट’ भन्ने गीतले राष्ट्रीयता, सिंगों मुलुक र सरकार प्रति भ्रस्टाचार बितृष्णा पैदा गरायो भनेर उक्त गीतलाई हटाउन लगाइयो।बास्तबमै यस्ता गीतले एक किसिमको जनमानसमा ऊर्जा पैदा त गराउछ तर सोहि गीतका कारण अन्यलाई असर गरेको कुरा गीतका स्रष्टा कहिले पनि बुझ्न तयार हुदैन।
२०४८साल तिर कुमार बस्नेतको ‘छोरी भन्दा आमा तरुनी’ गीत गाउदा समेत उनले ठूलै मूल्य चुकाउन पर्यो बिशेष गरी महिलावादी समूह बाट।कोमल ओलीले तीजको मौका पारेर ‘पोइला जान पाम’भन्ने गीतका कारण सर्बोच्च सम्म पुग्यो।यी लगायत धेरै लोक आधुनिक गीतहरु बेला बेलामा चर्चा चलि रहन्छन।
यी साधारण गीत बाहेक आजकल समय अनुसार हिप हप ऱ्याप गाउने गीतको त कुरै नगरौ कस्तो सम्म हुन्छन् भनेर।चाहे पुराना ऱ्यापर गिरिस,प्रनिल का गीतमा मीनिंङ लेस भनेर नै गीत निकालेर गाउने गर्थे। त्यस पश्चात स्वर्गीय यम बुद्धका गीत होस् या लाहुरे र भी -टेन का ‘चुरोट’ जस्ता गीतले सामाजिक सदभावलाई खलबलाई राखेको छ त्यों बारेमा प्रहरी प्रशासन मौन नै छ।खास गरी बजारमा अफ्रीकन ऱ्याप बाट सुरु हुँदै हाम्रो नेपाली समाज सम्म आई पुग्दा यस्ता गीत ले ठूलै फटकों मारेको छ।पंक्तिकार ऱ्याप वा हिप हप गीतको बिरोध गर्न खोज्या होइन तर सोहि गीतका शब्द छन्दा कमसेकम आफ्नो परिवार सँग बसेर सुन्न र हेर्न सहज सकियोस् भन्ने हो।गीतमा भलगारिटीले मात्र गीत उत्कृष्ट र मिठो सुनिन्छ भन्ने होइन सरल र सहज समाजमा पचने खालका गीत ले समेत सांगीतिक बजार तताउन सफल छ।
नेपाली गीत संगीतको बजार अन्यको भन्दा सानो भई रहदा गीतले कस्तो खालको अर्थ बुझाऊन सकेको छ त्यों ठुलो कुरा हो।गीत संगीत ले मानबिय सोच, बिचार र मनोरंजनका नाममा छाडा प्रबृतिलाई निरुत्साहित गर्न सक्नु पर्छ।अहिले त झन इंटरनेटको सहज पहुचका कारण यूट्यूबर,अंडर ग्राउंड ब्याण्डले यस्तो सम्म गीत, भिडियो निकालेको छ की जो हेर्न र सुन्न समेत एक्लै बस्नु पर्दछ।आखिर यस्ता दर्जनौ निकलने गीत, संगीतमा सेन्सर गर्न किन सकिरहेको छैन त प्रश्न अनुत्तरित छ।
हाम्रा नेपाली गीतको आफ्नै भाषा, सस्कृति रहनसहन ,पहिचान सँग जोडिएको छ।नेपाली गीत संगितमा मदिरा,सुर्ती जन्य पदार्थलाई मिसाउदा हरेक गीत संगितले फरक सुनने र हेरने गरिएको एबं मन पारिएको पाईन्छ।गीत संगीत कै कुरा गर्दा ज्योति मगर र आस्था राउतको सामाजिक सञ्जालमा शीत युद्ध नै चल्यो। ज्योति मगरले सञ्जालमा ब्यक्त गरिन की पुरुषहरु कम छाडा छन् ? उनीहरुले गाएका गीत सुन्नुभएको छ ? हाल्ने, ठोक्ने, झार्ने जस्ता कुराहरु हुन्छन् । हामीले त कम्तीमा दोहोरो अर्थ लाग्ने शब्दहरु बोल्छौं, उहाँहरु त ठाडै बोल्नुहुन्छ यसलाई के मानने ?
अर्की गायिका आस्था भने अब संगीतमा पनि सेन्सरबोर्ड आवश्यक भएको छ । शब्दहरुको मूल्यांकन गरेर मात्रै रेकर्ड गर्न अनुमति दिनुपर्छ , कलाकारहरुको पनि ग्रेडिङ हुनुपर्यो । छाडा गीत गाउनेहरु र अरु कलाकारहरुलाई एउटै कसीमा राखिनु भएन । यसरी हेर्दा हाम्रो नेपाली समाज गीत संगीतमा अछूतो छैन भनेर बुझ्न सकिन्छ किनकी सुनने र हेरने नै ग्लायमर्स लाई टेवा दिइ राखेका छन।
गीत गाउने शैलीको सिको गर्दै गर्दा आफ्नै गीत संगीत भने लोप भएको महसूस भएको छ ।पहिले गाउँ घरमा गाउने रोधी होस् या सोरठी गीत आजकल भनिने गीतहरुको दोहोरो अर्थ लाग्ने र बजारमा पनि एस्तै गीत संगीतको डिमाण्ड बढ़ने भएका कारण यस्ता गीत खोजी खोजी राख्ने र प्रसारण गर्ने गरिएको छ।यूट्यूबमा बढी भ्यूज गराउन टि: भी को टीआरपी बढाउन र छिट्टै चर्चा बटुल्न समेत यी खालका गीत संगीतले ठुलो प्रभाव पारेको छ।मेरो सृजनाले नेपाली मौलिकतामा कस्तो असर पार्छ भनेर होइन कि कस्तो गीत निकाल्यो भने ब्यापार हुन्छ चर्चामा आईन्छ भनेर हिडनेको ठूलै जमात अहिले बढ़न थालेको छ।
‘मेरो ढाड चिलायो’, ‘नाईटो देखि मुनि’,’म सेक्सी देखिन्छु’, ‘दरमा रक्सी खाइन्छ’ खालका जस्ता अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर गीत बजारमा आउने गरेको छ।यसलाई रोकने कस्ले हो ?किन की नेपाली गीत संगीत , संस्कृति मनोरञ्जन र आनन्द मात्र नभएर हाम्रो मान सम्मान, पहिचान ,गौरब र परिचय दिलाउने माध्यम पनि हो। गीत संगीतमा अश्लीलताको ,यौन, मदिरा सँग जोडिएका गीतहरुमा पुराना गायक तथा लेखक समेत यी शब्दहरु राखेर गीत लेख्ने ,गाउने, र कति त साहित्य नै फुराएको देख्न पाइन्छ।चाहे स्वर सम्राट नारायण गोपाल,अरुण थापाले गाउने गीत होस् या साहित्यकार लक्ष्मि प्रसाद देवकोटा ,भूपी शेरचनका कबितामा पाइने साहित्य सबै यसलाई नै इंगित गरी गाइने र लेख्ने चलन चलाईएको थियो।
अब हरेक गीत संगीत,साहित्य वा कला होस् यसलाई सहज समाज, वर्ण, लिङ्ग, भेषभुषा ,जातजातिलाई असर नगर्ने गरी रचना गर्ने र आम मानिसमा प्रशारण गर्ने खालको छुट्टै सेन्सरको ब्यबस्था गर्न सरकार लाग्नु पर्दछ।गीत संगीतको बिबाद सेन्सर मात्र पनि होइन कपि राइट्स ऐन पनि एक भएका कारण दुबैलाई असर नगर्ने गरी कला साहित्य संगीतको सम्मान गरी लेख्न गाउन र प्रसारण गर्न आवस्यक छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया