
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
आदरणिय शेरबहादुर देउवा ज्यू तपाई यौटा लोकतान्त्रिक पार्टिको जिम्मेवारी पदमा आसिन ब्यक्ति हो । हजुरले लोकतन्त्र मा पुर्याउनु भयको योगदान अतुलनिय छ र रहन्छ पनि । तपाई विधिको शासन मान्नु पर्छ भनेर चर्का भाषण गर्नु हुन्छ र नेपाली जनतालाई सजग गराउनु हुन्छ। अतुलनिय योगदान हुँदा हुँदै कहिले काहीँ तपाई पनि बर्बराउनु भयको हो कि भन्ने आम मानिसको बुझाई रहेको नकार्न मिल्दैन । तपाईलाई लोकतान्त्रिक आन्दोलनमा लाग्दा करेन्ट लगाएर तपाईका वाक्यहरु धर्मराउने प्रति तपाईका मानसपटलमा के के सपनाहरु घुमिरहेका छन त्यो तपाईलाई मात्र थाहा होला ।
गर्बले छाती चौडा बनाउने बेला कयौ पटक हजुरले निहुरिनु पर्ने वाताबरण बनाउनु भयकै हो त्यो तपाईले स्विकार गर्नैपर्छ । बिधिको शासन पद्दतिमा हिड्ने लोकतान्त्रिक परिपाटीको अभ्यास गरेर बामे सर्दै गर्दा मुलुकमा अराजकताले पराकाष्ठा नाघ्न लागि सकेको जगजहेरै छ । तपाई आफुलाई बृहत लोकतान्त्रिक ब्यवस्था मान्ने नेताको रुपमा चिनाउन सक्नु पर्ने हो तपाई लौहा पुरुष हुनु पर्ने हो तपाईले बिपिका आर्दश सिद्धान्तमा मल जल गरेर रुखलाई हुर्काएर बढायर सयौँ आलाप विलापमा परेका हरुलाई त्यो रुखको छाहारी मुनी शितलता प्रदान गर्नु पर्ने हो तर त्यो तपाईमा देखिन सकिएको छैन । सिमित मान्छेका लागि तपाई छाहारी बन्नु भयो तर समग्रमा तपाईँ सवैको साझा चौतारी वन्न सक्नु भएन भन्ने यो पङ्तिकारको बुझाई रहेको छ । तपाई र त्यो कमाउनिस्टमा आकाश पातलको फरक हुनु पर्ने हो अह तपाईमा त्यो हुन नसक्नुमा कसको दोस हो त ?
आधुनिक माक्र्सवादमा रकेटको सिद्धान्त लागु हुँदै गएको जगजाहेरै छ । रकेट जति माथि पुग्यो त्यति पुछर तिरको भाग सकिँदै जान्छ अन्तत टाउको मात्र बाँकि रहन्छ हो त्यो परिपाटि को अन्त्य गरेर पुच्छर संगैको रकेट अन्तरिक्षमा लैजाने हिम्मत गर्नुस नत्र त टाउको मात्रै बाकि रह्यओ भने भबिस्यमा यस्को असर कति हुन्छ सोच्नु पर्ने होईन र ? सोच्ने बेला भयन र ? आदरणीय देउवा ज्यू तपाई पनि यौटा युगको नायक हुनु पर्ने हो सायद तपाई खलनायक बन्नु भो कि चटक देखाउने चटके ? बुझ्नै गारो भयको छ । आजकल यहाँ मुलुक अराजकताको त्यो धुवाँ उडिरहेको मुस्लो जसरी सल्किरहेको वर्तमान परिप्रेक्ष्यमा हजुरलाई त्यो मुस्लो साम्य पार्ने दमकलको रुपमा हेर्न चाहन्थे आम जनताहरु । तर कुहिरोमा हरायको काग जसरी हजुर पनि त्यो मुस्लोमा हराउदै जानु भयको हो कि भन्ने लाग्न थालेका प्रसतै स्वरहरु चोक चोकमा गुन्जिरहेका छन । भलै हुजुर प्रतिकूलता हुँदा सवै विर्सने अनि अनुकुलतामा वर्वराउने शैलीको अन्त्य गर्दै जानु आजको आवस्यकता हो ।
देउवा जि तपाई लोकतान्त्रिक ब्यवस्थाको निकै गुणगान गाउँदै गर्दा विधिको शासन दन्डहिनताको अन्त्यका निमित्त कति पटक आन्दोलन गर्नु भयो कति पटक जेल पर्नु भयो । या त ब्यक्तिगत जिवनमा कति विघ्न वाधा व्यावधान आए अथवा तपाईको कति देन छ त्यो तपाईले भन्ने कुरा पट्क्कै होईन । त्यो त जनताले मुल्याङन गर्छन अनि जनताले फैसला पनि गर्छन् त्यो तपाईले मान्नु पर्छ र लोकतान्त्रिक अभ्यास भनेको पनि यहि हो होईन र? कुरा अब मुलुकको पछिल्लो घटनाक्रम को गरौँ मुलुकमा पहिलो संविधान सभावाट संविधान बन्न सकेन त्यतिबेला मुलुकमा माओवादीले चुनाव जितेको थियो अनि कांग्रेस त्यतिबेला पछाडी परेको थियो ।
पुनः संविधान सभाको दोस्रो सम्बिधान सभाको निर्वाचन भयो त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार वन्यो काङ्ग्रेसको नेतृत्वमा संविधान पनि जारी भयो तर जनताले अपेक्षा गरेअनुरुप मुलुकले छलाङ मार्न सकेन भन्ने आम जनताको बुझाई छ । मुलुकमा झन बर्बरता तरिकाका अराजकता मच्चिएका छन् । हत्या हिँसा आतंक वलात्कारले मुलुकमा जडा गाडिरहेको जगजाहेरै छ । हुन त आजको भोली मुलुकले कोल्टे फेर्ने त होईन तर पनि न आम जनमानसले सोचे जस्तो हुन सकिरहेको छैन । मुलुक वन्दी भैरहेको छ ,मुलुक कमाई खाने भाँडो बनिरहेको छ वेथिती व्याप्त अनि जनजिबिकाका अबस्थाहरुमा संक्रमित भाईरसहरु रोग फैलाउनमा व्यस्त छन । दउवा जी तर तपाई कहिल्यै डाक्टर बन्न खोज्नु भएन र बन्न पनि सक्नु भएन । तपाई पनि तिनै भाईरसमा मिसिएर मुलुकलाई डाईबिटिज रोगले आक्रन्त बनाउन उद्दत हुनु भयो । के तपाईलाई यहि सिकाएका हुन् नेपालिजनताहरुले ??
देउवा जि तपाई नमुछिएको कुनै काण्ड नै रहेन वाईडवडी काण्ड बालुवाटार काण्ड एनसेल काण्ड अनि अहिले आएर आलम काण्ड । यो अवस्था देख्दा तपाईमा पनि अलिकति देश र जनताप्रति वफादारी देख्ने पावरवाला चस्माको खाचो देखिएको नकार्न मिल्दैन । हुनत यदि तपाई त्यो सन्दर्भमा केही जनतालाई खुलेर म संलग्न छैन भन्ने आधार स्तम्भ खडा गर्न सक्नु पर्थ्यो कि राजनीतिवाट सन्यास लिएर जनता बन्नु पर्थ्यो अथवा गल्ति गरेको भए कानुन बमोजिम सहुला भनेर खुल्ला छाति चौडा पारेर हिड्न सक्नु पर्थ्यो । अहँ तपाई पनि चटक हेरेर ताली पिट्ने दर्शक मात्रै देखिनु यो तपाई र नेपाली काङ्ग्रेस पार्टिका लागि ठुलो घात हो अनि छिन्न भिन्न हुने ठुलै उपल्ब्धि हो भन्दा पनि फरक नपर्ला ।जङ्गल वाट आएका जङ्गलीहरुको रवैवामा तपाई हातमा हात काँधमा काँध मिलाएर हिड्ने दिनको अन्त हुनै पर्छ अनि राम्रोको समर्थन र नराम्रोको विरोध गर्नु पनि आवस्यकता छ । इमान्दारिताको खडेरीले मुलुक वर्वाद वनाउने पात्रमा आँफु छु कि छैन भन्ने चलाखी सङ्गै आँफु अगाडि बड्न सक्नु भएन भने पहिलेको चुनावमा जस्तै जनताले हिसावकिताव गरेर सिङ्गो पार्टी पङ्तिलाई नै धरासायी बनाए भने त्यसको जिम्मेवारी कस्ले लिने ?
अनि कस्का नाममा राजनीति गर्ने त्यो कहिल्यै सोच्नु भएको छ? तपाई डोटिमा जन्मिएको मान्छे तपाई कहिल्यै ती भोका साईनाईट पोटासियमले पेट भर्न बाध्य कर्णालीको बारेमा आवाज उठाउनु भयको छ ? राज्यले जर्वजस्ती लादेको करका बारेमा वोल्नु भएको छ ? द्धन्द्धवाट आक्रान्त बनेर रोजिरोटीका लागि सुनौलो सपना सजाउने युवाहरु रातो काठको बाकसमा सपना तुहाएर आउँदा आवाज उठाउनु भयको छ ? निर्मला जस्ता कयौँ वलात्कारमा ज्यान गुमाउने नेपाली चेलिका लागि संसद ठप्प पार्नु भयको छ ? राजा विरेन्द्र, मदन भण्डारीका हत्यारा पत्ता लागाउmँ भनेर कहिल्यै संसद घेरावन्दी गर्नु भयको छ? खोक्रो आडम्बरको भाषणले लोकतन्त्र दीगो हुन सक्दैन भन्ने हेक्का हुने सुनौलो परिकल्पना कहिले गर्ने ? सोच्नु पर्छ कि पर्दैन? सत्तामा आसिन हुदा सबै कुरा भुल्नु भएको थियो तर प्रतिपक्ष हुँदा पनि गतिम्लो भुमिका निभाउन नसकेकोमा पश्चाताप हुन्छ कि हुदैन ? हजुर जिउँदै जलाएको आरोप लागेको आलमको बिषयमा जोडतोडले भाषण गरेर तपाई आँफै पतन हुने अवस्था सिर्जना गर्दै हुनुहुन्छ भन्ने हेक्का पनि हुनु जरुरी छ्र ।
आँफु सङसङै पार्टी लाई सति नलैजानुहोस भन्ने यो पङ्तिकारको आग्रह हो । भलै सिघ्रपतन दीर्घपतनको ख्याल राख्न सकिएन भने ती शुक्रकिट बाट उत्पादन हुने सन्तानहरु जहिल्यै तुहिएर मर्ने निश्चित प्राय छ । र सन्तान उत्पादनको छट्पटिले शिकार स्वयं तपाई र सिङ्गो पार्टी हुने अवस्था आयो भने के गर्ने कहिल्यै सोच्नु भयको छ ??? तपाईले सबैलाई समेटेर विधिको शासन कायम राख्न अगाडि बड्नु पर्ने होईन र? देउवा ज्यू आज मुलुकमा उत्पन्न परिस्थितीको भागिदार तपाई पनि हो र त्यसको जिम्मा तपाईले पनि लिनु पर्छ । कमाउनिष्टको अराजकताले गर्दा मुलुक दिनप्रतिदिन अराजकता बनिरहेको छ तर तपाई खाली यौटा व्याक्तिको लागि किन यत्रो रोईलो गर्नु हुन्छ ? यदि आलम दोषी हुन भने कार्वाही हुनु पर्छ भन्न नसक्नुनै अराजकताको पराकाष्ठा होईन र ???
तपाईले आलम काण्ड, संगै बॉदरमुडे काण्ड, झापा आन्दोलनका प्रसंगहरु र कार्वाहीको मागका स्वरहरु उठाउनु पर्ने थियो तर तपाई कुनै कुरामा चुक्नु भयकै हो । छि चारचार पटक प्रधानमन्त्री भएको यत्रो ठूलो लोकतान्त्रिक पार्टिको अध्यक्ष जस्तो व्यक्तिले यस्तो गैरजिम्मेवार र यस्तो घटिया तर्क गर्दा साँच्चिकै मलाई नै लाज लाग्यो । पुर्व प्रधानमन्त्री र काङ्ग्रेस अध्यक्षको रुपमा जती सम्मान थियो म बाट अब त्यो कदापी रहनेछैन। भन्ने दिन तपाईकै कार्यकर्ताबाट आयो भने तपाई त्यसलाई कसरी लिनु हुन्छ ? के लोकतन्त्रमा दन्डहिनता कायमै राख्ने अपराधी लाई राजनीतिक समर्थन दिने अनि मुलुकमा अराजकता मच्चाउनु वाँदरले पिङ खेलेर चचहुई चचहुई भने जस्तो भयन र???
राजनीति र क्रान्तिका नाममा भएका यावत गैरन्यायिक हत्याहरू ढिलोचाँडो कानुनको दायरामा आउँछन् आउँछन् । धेरै नायकहरूको मुकुट उघ्रिनेछ भनेर आस गर्ने जनतालाई निराश पार्ने ? एउटा नरसंहार गर्नेलाई ढाकछोप गर्न कुन कुन शक्तिकेन्द्र र निकायहरु परिचालित भएका रहेछन्, हुँदारहेछन् भन्ने कुरा छर्लङ्ग भएको छ । अपराध गरेर प्रमाण नष्ट गर्न अर्को महाअपराध गर्ने र त्यहीँ महाअपराध लुकाउन सघाउने हरु पनि लाइन लागेर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर जनताको मन जित्नुस । तपाई वादशाह वनेर जनताको प्यारो बन्न सक्नु हुन्छ नत्र त ओराली लागेको मृगलाई बाछाले पनि खेद्छ भन्ने दिन आयो भने त्यस्को जिम्मा कल्ले लिने ??
धेरै नेपाली नेताहरुले आफैंले वान्ता गरेर पुनः खाएको देखेका छौँ , जुन हामीहरूलाई अचम्म लाग्दैन्। अचम्म त्यति वेला लाग्छ, जतिवेला तिनीहरुका चम्चे ,ढोके, पाले, हनुहरुले नेताले वान्ता गर्दा अनि सोही वान्ता पुनः सेवन गर्दा समेत हाम्रो नेता महान र सही हुन् भनेको देख्दा चाहीँ उदेक लाग्छ।
यस्तो अवस्थाको अन्त्य हुनु जरुरि छ । कार्यकर्ता पनि गलत र सहि खालको हुनुपर्छ यत्ति मात्र हो कि शेर बहादुर देउवा ज्यू तपाई जनताका जनजिविकाका वारेमा चासो राखेर प्रतिकारात्मक सङ्र्घश गरेर जनताको मन जित्नुहोस् । यस्तै आँफु सुध्रिएर पार्टि पनि सुदृढीकरण गर्न तर्फ लाग्नुहोस त्यसैमा तपाईको भलाई निस्चित छ । अन्त्यमा डाइनोसोरस जसरी लोक वाटनै लोप हुनु पर्ने अवस्था आउनेछ र मुलुकमा अराजकताले सदैव जडा गाड्ने छ चेतना भया ।।। जय देश जय नेपाल आमा ।
आसिस सापकोटा वाग्लुङ हाल अमेरीका ।।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया