
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
नेपालको सुरक्षामा अब बाहिरका खतरा झनै बढेका छन् । तर, हाम्रो सुरक्षा संयन्त्र कति भुत्ते भने, सीमापारिबाट हुने खतरा नियन्त्रणको सञ्जाल मौका पाएर पनि फैलाइएको छैन । शायद नेपालमात्र यस्तो देश हो, जहाँको राजधानी प्रयोग गरेर विदेशीहरू रोजगारीका लागि अर्को मुलुक जाने गरेका छन् । कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीले नेपालमा कलबाइपास अर्थात् भिओआइपी धन्दा चलाए । र, उनैको जन्मभूमि बंगलादेशका थुप्रै नागरिक नेपाली राहदानी लिएर विदेश उडे । नेपाली राहदानीवाहक विदेशी नागरिक कुनै कारणले खाडी मुलुकमा मरे भने तिनको शव हाम्रै कमजोर प्रणालीका कारण ठेगानामा जान्छ ? विदेशमा ज्यान गुमाउने ती बंगलादेशीको शव धनुषा, महोत्तरी, बाँके, बर्दिया, पर्साजस्ता तराईका जिल्लामा पुगे के हुन्छ ? दिनमा दुई–तीनवटा शवका बाकस आउने गरेका छन् । त्यस्तो शव आएपछि तिनको वास्तविक जन्मथलो पत्ता लगाएर क्रियाकर्मको निम्ति पठाइदिनुपर्ने अर्को झण्झट छ ।
यो दृष्टान्तले भन्छ– नेपालमा नागरिकता किनमेल कति सजिलो रहेछ । खुला सिमाना र अन्तर्राष्ट्रिय स्तरका अपराधीको चलखेल पनि बढिरहेको छ, यही कारण । यिनलाई रोकथाम गर्न कति तदारुकता अपनाइयो ? स्पष्ट जवाफ छैन । समस्या छ, प्रहरीको अन्तर्राष्ट्रिय पहुँचमा । दिल्लीबाहेक हाम्रा प्रहरी सहचारी कहीँ छैनन् । पचासौँ लाख नेपाली विदेशमा छन् । उनीहरूलाई हेर्न विभिन्न देशमा श्रम सहचारी खटिएका छन् । नेपाली छन् र तिनलाई दुःख दिने अनेक पात्र पनि त्यहाँ हुने नै भए । उनीहरूलाई समस्या पर्दा सबै कुरा श्रम सहचारीले हेर्नेखालका हुँदैनन् । नेपालस्थित हरेक देशका दूतावासभित्र उनीहरूका सैनिक र प्रहरी अफिसर खटिएका छन् ।
कतिपय देशमा अध्यागमनको काम नै प्रहरीले गर्छ । बहुराष्ट्रिय अपराध, मानव तस्करी, अनलाइन बैंकिङ अपराध, लागुऔषधजस्ता चुनौति नेपालको सुरक्षा क्षेत्रमा बढ्दो छ । तर, अन्तर्देशीय प्रहरी सञ्जाल इन्टपोलसँग सम्पर्कबाहेक नेपाल प्रहरीले प्रत्येक दूतावासभित्र राख्न पाउने सहचारीको व्यवस्था आजसम्म गरेको छैन । फलतः नेपाललक्ष्यित वा नेपालीमाथि विदेशी भूमिमा हुने कतिपय आपराधिक कसुरमा प्रहरीको भूमिका भेटिँदैन । विदेशमा नेपालीले नेपालीलाई वा नेपालीलाई विदेशीले ठगेका छन्, लुटेका, पिटेका र अरु जघन्य कसुर भएका छन् । तर, प्रहरीको उपस्थिति नहुँदा विदेश बस्ने नेपाली निरन्तर अन्यायमा पर्दैै आएका छन् ।
भर्खरै चिनियाँ र भारतीय एटिएम ह्याकर समातिए । प्रश्न उठ्छ– विदेशीहरू यहाँ आएर अपराध गर्ने स्थितिमा पुगिसके भने विदेशमा हाम्रो प्रहरी किन नखटाउने ? हो, नेपाली सेना दूतावास भएका कतिपय मुलुकमा सहचारीको रुपमा छन् । तर, सेनाले राष्ट्रिय सुरक्षामा केन्द्रित भएरमात्रै काम गर्ने म्याण्डेट पाएको हुन्छ । नेपाली दूतावासहरूसँग अपराधसँग जुध्नसक्ने, त्योसम्बन्धमा विज्ञता हासिल गरेका कर्मचारी हुनुपर्ने कि नपर्ने ? यहाँ दुःख पाइयो भनेर नेपाली विदेश जान्छन् । तर, उता झन् भयावह दुःख पाएका छन् । यस्तोमा कानुनी रुपमा हैन, व्यक्तिगत सम्बन्धको आधारमा गएर नेपालीलाई दुःख दिनेमाथि कानुनी उपचारको पहल गनुपरेको विडम्बनापूर्ण बाध्यता छ ।
नेपालविरुद्ध षड्यन्त्र गर्ने, नक्कली नोटको कारोबार, प्रविधिको प्रयोग गरेर गोपनीयताविरुद्धको कसुर तथा आर्थिक अपराधलगायतका गतिविधिमार्फत् दुःख दिने उद्देश्यले अपराध गर्नेहरूको ट्राभल डकुमेण्ट रद्द गराउने चलन छ । तिनीहरू डिपोर्ट हुन्छन् । तर, हाम्रा प्रहरी विदेशबाट डिपोर्ट भएका नागरिक कतिबेला आउला र समाउँला भनी अध्यागमनमा ढुक्नुपर्ने बाध्यतामा छन् । उतै प्रहरी सहचारी भइदिए त्यहीँका प्रहरीको नियन्त्रणमा जान्थे वा बेकसुर भए त्यतै न्याय पाउँथे । तर, प्रहरीलाई न यता राम्रो हतियार र हेलिकोप्टर दिने, न विदेशमा खटाइने ।
अहिले व्यापक भएको सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि प्रहरीको विभिन्न देशमा उपस्थिति जरुरी भइसकेको छ । अमेरिका, युरोप, जापान, कोरिया, खाडी मुलुकहरूमा बसेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने र स्वदेशमा बस्नेहरू पीडामै बाँच्नुपर्ने स्थितिको अन्त्यका लागि पनि त्यो जरुरी छ । जनआस्थाबाट


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया