
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
-सचिन्द्र श्रेष्ठ
खै कहाँ बाट शुरु गरु मन्त्री ज्यु, हजुर मन्त्री भएको दिन देखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ तर अघिल्लो दिनको घटनाले त म केहि नलेखि बस्न सकिन।हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला।रौतहट का ३५ बर्षीय रूपलाल शाह जो जनकपुर देखि काठमाण्डौ उपचारका लागी आएका थिए जसको बाटोमा नै मृत्यु हुन पुग्यो।यो घटनाले झन शसक्त बनाएको छ आम मानिसलाई जसले सरल र सर्ब सुलभ उपचारका निम्ति देशको राजधानी मानिने ठाउँमा उपचार गर्न हर कोही आउने गर्छ उसका लागी अहिले राजधानी यही यातायातका कारण अभिसाप बन्न पुगेको छ।किन की सबै सुबिधा जो राजधानीमा नै केन्द्रित छ तर आम मानिसको के गल्ती मन्त्री ज्यु निकै टाढा देखि उपचार गर्न राजधानी जो आउँछन्।
मन्त्री ज्यु हजुरको नाममा नै महा..( सेठ)को बिल्ला भिरनु भएको छ तपाईलाई भन्ने बितिकै सबै सुबिधा उपलब्ध हुने तर बिडम्बना सबैको पहुँच यो छैन की तुरुन्त बिरामी पर्दा हेलिकॉप्टर चार्टर गरेर ठुला ठुला डाक्टर र अस्पताल लैजाने।जसको असरले थुप्रै रूपलाल शाह जस्ता मानिसहरू अकाल मैं मृत्युको मुखमा पुग्नु पर्ने अवस्था सिर्जना भएको छ ।यही यातायातका कारण मृत्यु मात्र होइन मन्त्री ज्यु ,चितवनका मेरा मित्र राजन वाग्लेको सम्बन्धमा समेत दरार आएको छ। गएको असार २८ गते बिहेको दिन तोकिएको थियो तर बिदेस देखि गएका मेरा मित्र काठमाण्डौ देखि घर पुग्दा २ दिन लाग्यो जसो तसो बिहेको अघिल्लो दिन घर पुगे।ससुराली तिर बिहे रोकियो भनेर हडताल नै गरे भनेर गुनासो पोखे आखिर समस्याको जड लामो यातायात जाममा पर्नु!
२ दिन अघि अन्तरवार्ता दिने भनेर हिडेका पर्बत कूस्माका सत्येन्द्र श्रेष्ठ ,भनेको समयमा अन्तरवार्ता स्थल पुग्न नसकेर त्यसै फर्किनु परेको दुखेसो पोखे।स्वयं म नै घर देखि बिहान ६ बजे हिडेको आधा राति पानी परेको अवस्थामा राजधानी पुगे जब की ६ घण्टामा आरामले पुग्नेलाई १८ घण्टा लाग्यो !यो त्यही बढ्दो लामो लाइन नागढ़ूंगा को पृथ्वी राजमार्गमा पर्ने जाम हो मन्त्री ज्यु यसको जिम्मा कस्ले लिने ?
माननीय मन्त्री ज्यु, हजुरले भने जस्तो ६ बर्षमा पूर्ब पश्चिम रेलमार्ग बनाउने, जि टू जि रेल किने भनेर भनी रहनु पर्दैन।कोशी ब्यारेक भारतले पहिले बनायो अब आफ्नै लगानीमा बनाउछौ ,सुरङ्ग मार्ग बनाउछौ,पानी जहाज ल्याउछौ भनेर दिनहुँ खोकन छाड्नुस मन्त्री ज्यु किनकी पहिले भएका संरचनालाई टालटूल,बाटो चौड़ा र मर्मत सम्भार गर्न थाल्नुस ,ट्राफिक नियम पालना गराउनुस।जनता जाहेर छन कच्ची सडकमा बसमा भेड़ा कोचे जस्तो गरी कोचेर ,ढोकामा झुन्डिएर बस चढ्नुको मज्जा एक पटक चढेर हेर्नुस मन्त्री ज्यु,बाटो बनाउने ठेकेदारलाई चढाउनुस आम मानिसले कसरी यातायात प्रयोग गर्ने रहेछन् भन्ने थाहा हुने थियो आखिर हजुर महा… (सेठ)जो पर्नु भयो यस्तो खालको समस्याको समाधान गर्ने यातायात सुधार जनताले कहिले पाउने ?
मन्त्री ज्यु ,म बिदेस बस्छु तर सबै यहीको जस्तो होस् तुरुन्त भन्दिन किन की भन्ने बितिकै संसारमा कहि पनि हुन्न तर कोशिस गर्न सकिन्छ।यहाँ न ट्राफिक समस्या,ट्राफीक बत्ती को सही सदुपयोग, ठाउँ ठाऊमा सीसी क्यामेरा,उचित प्रबिधीको प्रयोग,सबै काम मोबाइल इ -बैंकिंङ(जरिवाना तिर्न कार्यालय धाउनु पर्दैन )मानिस,साईकल हिड्ने अलग बाटो, बढी सार्बजनिक यातायातको सही प्रयोग,जस्तो ट्राफिक जाम हुदा पनि इमरजेंसी यातायातका साधन (एम्बुलेन्स, दमकल, प्रहरीका साधन)लाई अलग बाटो तथा बाटो छोड़ी जान दिने परिपाटी छ यसलाई क्रमागत रुपमा लागु गर्न सके फाइदा हुन्छ।
माननीय मन्त्री ज्यु ,नेपालका बाटोमा बर्षा लागे पछि बाटो खनने प्रवृति छ यसले समेत असर पारेको छ केहि दिन अगाडि बाटो नजिकैको पहिरोमा परेर उही बाटो नापने इन्जिनियरको पुरिएर मृत्यु भयो। कतै पहिरोले गाड़ी नै बगाएको,बाटो नजिकैको स्कूलको भवन भत्किदा पढन गएका बालबालिका पढन नपाएका घटना सुन्न समेत पाइयो।यसको क्षति पूर्ति कहिले सम्म हामीले तिर्ने मन्त्री ज्यु किनकी हजुरलाई यसरी सार्बजनिक रुपमा हिड्नु जो पर्दैन।आखिर महा…(सेठ)जो पर्नु भयो।
मन्त्री ज्यु, ठेकेेदारको लापरबाहीका कारण बाटो समयमैं नबन्नु, निर्माण कम्पनीलाई ताकेता नगर्नु,बने पनि पक्की रुपमा नबन्नु यो पनि एउटा तत्व हो जो यातायात क्षेत्रलाई कुरूप बनाएको छ।भ्रमण बर्ष मानी रहदा एअरपोर्ट बाट झर्ने बितिकै कच्ची बाटो हुँदै बाहिर निस्केर गन्तब्य पुग्ने बेला सम्म यस्तो छाट देखदा पनि सुधार हुन नसेको राजधानीमा पर्यटकले के सोचलान कुन्नि!कसरी पर्यटक आउँछन् भनेर बुझ्न सक्ने कहिले मन्त्री ज्यु !
रोड सेफ्टीको नारा ,लामो दुरिमा दोहोरो चालक राख्ने,रोड टैक्स नीति आवस्यक छ। हाम्रो देश त्यसै त बढी भौगौलिक कठिनाई छ हाम्रा हवाई मार्ग, सुरङ्ग मार्ग, यातायात स्थल मार्ग, रेल मार्ग ,जल मार्गको सम्भावना छ तर अहिले आवश्यक भनेको भई रहेका बाटो घाटोको सुधार र बायु प्रदुषण जस्ता समस्यालाई इलेक्ट्रिक साधन मार्फत बायु प्रदुषणको रोकथाम गर्ने हो।यातायातले त हामीलाई दुर्घटना बनाउन मद्दत गर्ने र प्रकृतिले पनि हामीलाई मृत्यु बनाउन सहज भूमिका खेल्नुले अझ कति हामी समस्यामा रहेछौ भन्ने प्रष्ठ हुन्छ।अव साथ साथै उच्च बृद्धि भएको साधन खरीदमा कमी,सार्बजनिक यातायातको बढी प्रयोग गर्ने खालको नीति तथा साधन राज्यले प्रवाह गराउनु पर्दछ मन्त्री ज्यु !
मन्त्री ज्यु,सडक सुधार, ट्राफिक व्यवस्थापन र नीतिगत सुधार गर्दै सडक सुरक्षामा राज्यले गम्भीर भएर ध्यान दिन सक्ने ,सडक नपुगेका ठाउँसम्म सडक पु¥याउने, पुगेको ठाउँमा कालोपत्रे गरेर स्तरीय सडक बनाउने, राजमार्गको विस्तार तथा मर्मत गर्ने सबै काम राज्यले समयमै गर्नुपर्ने ,यातायात सम्बन्धी विद्यमान ऐन कानुनको कार्यान्वयन एवं सुधार र परिमार्जन गर्न सके यातायात क्षेत्रमा छिट्टै सुधार हुने थियो कि!


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया