
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
आदरणिय रबि दाइ हजुर १२ दिनको हिरासतबाट हिजो मात्र सम्माननिय अदालतको ५ लाख धरौटिमा रिहा हुनु भएको छ । हजुरलाई बधाई छ अनि न्यायको लागि अहोरात्र खटिनु भएका सम्पुर्ण नेपाली नागरिकहरुलाई पनि धन्यबाद ! हुन त मुलुक पछिल्लो पटक बेरोजगारी,भस्ट्राचार र चरम बेथितिले सिथिल बनिरहेको छ। नेपाल आमा कयौ पटक प्रसब पिडामा छ्ट्पटाएर बिछिप्त हुँदै बलिन्धारा आँसु चुहाईरहेकी छन।हो रबि दाइ मुलुकमा राणा शासन अन्त्य भयो, पन्चायती शासन अन्त्य भयो अनि फेरि २०६२/६३ को आन्दोलन बाट गणतन्त्र स्थापना पनि भयो तर आम नेपालीको जिबनस्तर कहिल्यै पनि परिवर्तन हुन नसकेको सर्बबिधितै छ ।
हो रबि दाइ हजुरले मुलुकका लागि गरेका हरेक काम हरु उदाहरणिय छन र कालान्तरमा पनि रहि रहनेछन भन्ने अपेक्छ्या राखिरहनेछु। मुलुकमा हामी स्थायित्व र बिकास चाहने सम्पुर्ण सचेत नागरिकहरु जुर्मुराउने होईन एक जुट भएर हातेमालो गर्दै अगाडि बड्नु पर्ने आजको आवस्यकता अनि कटु सत्य पनि यहि हो !यहाँ काखमा सुम्सुम्याउदै तीखो भाला उन्न उद्दत हुने ठुलै जमात पनि रहेको नकार्न मिल्दैन, ती दुर दराजका बालबालिका गरिबी जनता अहिलेपनी साईनाईट पोटासोयम र सोडियमले पेट भर्न बाध्य बनिरहेका छन उनिहरुको आवाज बनेर तपाई उदय बनेको कुरा म गर्बका साथ छाती खोलेर भन्न सक्छु, बिदेसमा बन्धक बनाईएकी चेली होस मेनपावरबाट ठगिएको एउटा युवा होस, बेसाहरा बनेकी पत्नी होस,घरबार बिहिन ती बृद्दा आस्रममा बस्ने बुढा बा बा आमा हुन, सबैको एउटै आवाज बन्नु भएको कुरा आम मानिसलाई थाहै छ ।
सिटामोल नपाएर मरेकी काईली आमा होस,ब्यरोग्र्यासिमाबाट काम लिन घुस खुवाउने पर्ने माईला दाइ हुन, दिन भरी भारी बोकेर छाक टार्ने भरिया हुन, या देसलाई माया गर्ने रास्ट्र प्रेमी रास्ट्रसेवक हुन, हजुर आज उनिहरुको आवाज बुलन्द गर्न अहोरात्र खटिरहनु भएको सर्बबिधितै छ। रबि दाइ हजुर हिरासतमा हुदा हजुरलाई आम जनमानसले दिएको त्यो साथको भागिदार स्वयम् हजुरनै हो त्यो माया प्रेम स्नेह र सद्द्भावमा कहिलयै पनि कटुता आउने छैन भन्ने मेरो बिस्वास अनि भरोसा पनि हो ।
रबिदाइ हामी जस्ता ८० लाख युवा बिदेसमा छौ हामिले पठाएको रेमिट्यान्सले मुलुकको आर्थिक अवस्था धानिरहेको नकार्न सकिँदैन कयौ सपनाहरु सजाएर आफ्ना लालाबाला छोडेर जीवन सङिनिका खुसिहरु मारेर भबिस्यका खुसी जोहो गर्ने सपना देखेर कयौ युवा बिदेसिएका जोलन्त उदाहरण छन हो रबि दाइ ती जोहो गर्ने सपनाहरु त्यो रातो काठको बाकसमा तुहियर हावाईजहाजको ककपिटमा फर्किएका कयौ दृश्य हजुरले पनि प्रस्तुत गरिरहनु भएको छ। आज ती ८० लाख युवाले पठाएको रेमिट्यान्सले चलेको देसमा अब ती युवाले चुनावमा भोट हाल्ने अधिकारका लागि आवाज उठाउनु हजुरको दायित्व र जिम्मेवारी हो जस्तो लाग्छ मलाई! हामिले पठाएको रेमिट्यान्सले मुलुक चलिरहेको छ तर पार्टिका अरिङाले झोलेहरु हामिलाई देसको माया छैन भनेर लगाउदै आएको आरोप हामिलाई चाहिँ सह्य भएन ।के हामिलाई हाम्रो देसको माया छैन हामिले देस बनाउन कुनै भुमिका निभाएअका छैनौ र ?
रबि दाइ तपाईं ब्यक्तिगत जीवन बाच्न चाहनु भयको भय सायद तपाईं अमेरिकामा आलिसान जीवन बाच्न सक्नु हुन्थ्यो, त्यो मलाई राम्रो सङ थाहा छ । तर तपाईं अन्यायमा परेका आवाज बिहिनहरुको आवाज बनेर उदाई रहेको सुर्य हो जस्लाई हत्केलाले छेकेर छेकिन्न र नौ जवानको जस्तो पाईला हजुरमा छ जुन पाईला लाखौ माईलसम्म पनि सदा लम्किरहने छ। हो रबि दाइ म ब्यक्तिगत रुपमा हजुरको समर्थक होईन तर हजुरले गरेका राम्रा कामको भने खुलेर मेरा मुक्तकण्ठबाट जहिल्यै समर्थन गरिरहेको छु र गरिरहने छु !
रबि दाइ यदाकता कहिलेकाही डर लाग्छ ती हात्ती छाप चप्पल लगाएर जिन्दाबाद मुर्दाबाद गर्दै कयौको जीवन लिला समाप्त पारेर आलिसान जिन्दगी बिताई रहेका जस्तै जनताको जनलहरको फाईदा उठाईरहेका जस्तै तपाईं पनि भबिस्यमा परिवर्तन हुनु हुने त होईन भन्ने? तर मेरा मनमा लागेका कुराहरु मात्र ब्यक्त गर्न खोजेको हु ,हो तपाईलाई लाग्न सक्छ आज यत्रो जनमानस मेरो लागि आन्दोलन गरे भनेर तपाईमा पनि कतै अहमता पैदा भएर हजुर पनि उग्र रुपमा प्रस्तुत हुनु हुने त होईन मेरो बोलिनै काफी रहेछ भन्ने, मेरो आसङ्का मात्र हो एउटा सुभेक्छुकले यो सङ्का गर्ने अधिकार हुन्छ जस्तो मलाई लागेर मात्रै यहाँ राख्न खोजेको मात्र हो । रबि दाइ अनि युवराज हजुरहरु अझै पनि कानुनी कठघारामा हुनुहुन्छ कानुन सबैले मान्न्नु पर्ने बिस्वब्यापी मान्यता पनि हो मैले उठाउन खोजेको खास के भने हिजो बिहान जनताको हुल देखेर हाम्रा अग्रजहरुले जे गरे त्यो हुजुरहरुले गर्नु हुने छैन भन्ने मेरो पुर्ण रुपमा बिस्वास रहेको छ।
हाम्रो नेपाली समाजमा राम्रो काम गर्नेको खुट्टा तान्ने हरु बेस्सरी जोड तोडले न्वारन देखिको बल लगाएर लाग्ने र लागिरहेको हजुरहरुलाई सर्ब बिधितै छ । यश अर्थमा हजुरहरु अब उग्र होईन सम्यमित भद्र र सालिन रुपमा प्रस्तुत भएर अझै ससक्त अनि कानुनी ढङले आवाज बिहिनहरुको आवाज बनेर प्रस्तुत हुनु हुन्छ भन्ने कुरामा म बिस्वस्त छु आम आवाज बिहिन हरुको आवाज बनिरहनु भएको हजुरहरु प्रती ३करोड जनताको बिस्वास जोडोएको हुनाले हजुरहरुले त्यो बिस्वास ड्ग्मगाउन दिनु हुने छैन भन्ने यो पङ्तिकारको बिस्वास छ । रामायण माहाभारतमा जस्तै सत्यको अन्त्यमा जित सुनिस्चित हुन्छ र अपराधिहरु सजाएको भगिदार हुन्छ्न यो धुर्ब सत्यलाई स्विकार गर्दै यो भन्दा पनि बढी आवाज बुलन्द गर्दै जनतालाई सुसुचित हुने कार्यमा सदैब लाग्नु हुनेछ भन्ने सुभकामना दिन चाहन्छु । धन्यबाद !
आशिष सापकोटा, हाल अमेरिका


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया