
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल बन्ने भएको छ । झण्डै तेह्र वर्ष अघि बागलुङको बलेवा क्षेत्रका नागरिकलाई कुश्माबजार आउँजाउँ गर्ने मूख्य माध्यम र आन्तरिक तथा बाह्य पर्यटककको आकर्षणका लागि निर्माण गरिएको केबुलकार शैलीको यान्त्रिक पुल मुख्य प्रायोजक बन्ने निश्चित भएको हो । आइतवार विहान यान्त्रिक पुल संचालक समितिको बैठकले मुख्य प्रायोजक बन्ने निर्णय गरेसँगै मुल आयोजक पर्वत उद्योग बाणिज्य संघसँग सम्झौता भएको महोत्सवका मुल संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले जानकारी दिनुभयो ।
यस अघि प्रवद्र्धक र सहआयोजकको रुपमा रहँदै आएको यान्त्रिक पुलले यसपटक मुख्य प्रायोजकनै बनेर रु. पाँच लाख रुपैया सहयोग गर्ने निर्णय गरेको हो । महोत्सवका अन्य प्रायोजकहरुमा वित्तिय संस्था, स्थानीय तह तथा अन्य संघ संस्थाहरु रहेका छन् । छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्र जोड्न कालीगण्डकी माथि कुश्मा–कैया पुल र निजि क्षेत्रका बन्जिपुल नबन्दै यान्त्रिक पुल मुख्य साधन बनेको थियो । अहिलेपनि यो पुल हुँदै दैनिक सयौ मानिसहरु आउजाउँ गर्दै आएका छन् । यान्त्रिक पुललाई परिमार्जन गरी थप आधुनिक र पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी समेत भैरहेको छ ।
पर्वत उद्योग वाणिज्य संघकै पहलमा निर्माण भएको र संघका अधिकांस सदस्यहरु शेयर सदस्य रहेको यान्त्रिक पुलले महोत्सवलाई सभ्य, भब्य र सानदार रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने निर्णय गरेको यान्त्रिक पुल संचालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव यहि पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ । संघ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी. पौडेलले जानकारी दिनुभयो ।
‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आउन तीन दिन मात्र बाँकी रहँदा तयारी तीब्र बनाईएको छ । महोत्सव स्थल बडागाउँमा दुई सय ५० स्टल निर्माण गरिएको छ भने मुख्य प्रवेश द्धार, भलिबल खेलाउने स्थान, स्टेज निर्माण र रमाईलो मेलाका उपकरणहरु जडानको काम भैरहेको प्रचार प्रसार संयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो । गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको उनले बताए ।
महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्याली प्रदर्शन, झण्डै डेढ लाख पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता, सवा दुई लाख राशीको गण्डकी प्रदेशका अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेन्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
महोत्सवमा करिब दुई लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने अनुमान गरिएको छ । महोत्सवमा औद्योगिक प्रदर्शनी, स्थानीय कलाकारहरूका प्रतिभा, स्थानीय स्वादका स्थानीय परिकार, प्रदेशका पर्यटकीय स्थलहरूको बारेमा जानकारी, हस्तकलाका सामग्रीहरू सहित पर्वतलाई चिनाउँदै आएको लप्सीबाट बनेका विभिन्न परिकारहरू, प्रशोधित जडीबुटी, कृषि तथा पशुजन्य उत्पादन लगायत रहेका छन् । महोत्सवमा ‘स्टल’ राख्ने पर्वत उद्योग वाणिज्य सङ्घका सदस्य, लघु, घरेलु तथा महिला उद्यमीहरूले २५ प्रतिशत छुटमा ‘स्टल’ भाडामा लिन पाउने छन् ।
महोत्सवको ११ दिनको अवधिमा करिब रु.एक करोड २९ लाख रुपैयाँ आम्दानी हुने र करिब २० लाख रुपैयाँ भन्दा बढी रकम बचत हुने आर्थिक संयोजक कमल जिसीले बताउनुभयो । यस्तै महोत्सव स्थलमा बुद्धको मुर्ति र सेल्फी तथा टिकटक सेण्टर समेत बनाईने भएको छ । महोत्सवमा दैनिकजसो फरक फरक राष्ट्रिय स्तरमा ख्यातीप्राप्त चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया