
पोखरा । सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध पोखरामा पनि जेन-जी पुस्ता सडकमा उत्रिएका छन् ।पोखराको सभागृह चोकमा बिहान ९ बजेदेखि प्रदर्शन सुरू भएको हो । प्रदर्शनकारीहरू सभागृहबाट चिप्लेढुंगा मानवअधिकार चोक पुगेर प्रदर्शन गरेका छन् ।
सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सभागृह गेट अघि नै युवाहरू आन्दोलनमा उत्रिएपछि सडक अवरुद्ध भएको थियो । प्रहरीले सभागृहचोक हुँदै न्यूरोड, चिप्लेढुंगा जाने सवारी चलाउन रोक लगायो भने यतिबेला चिप्लेढुंगा क्षेत्रमा जाम हुन पुगेको छ ।
















