
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत । पर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ ।
गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई पालन गर्ने कृषकलाई प्रति गाई रु। २० हजार रुपैया उपलव्ध गराउने भएको छ । यसैगरी स्थानीय गाई संरक्षण अभियान अन्तर्गत प्रति सुत्केरी गाई रु। दुई हजार पाँच सय रुपैया कृषकलाई वितरण गरिने भएको प्रमुख प्रशासकिय अधिकृत थमन बहादुर रेश्मीले जानकारी दिनुभयो ।
यसैगरी प्रति हलगोरु प्रोत्साहन अनुदानको रुपमा रु। १० हजार रुपैया प्रदान गरिने रेश्मील्े जानकारी दिनुभयो । वैदिक परम्परा अनुसार पुजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादी गाउँपालिकाले पालिका भित्रका छ वटै वडामा व्यवासायिक वा निर्वाहमुखि रुपमा स्थानीय जातका गाई पालन गरेका कृषकलाई विगत तीन वर्षदेखि प्रोत्साहन समेत गर्दै आएको छ । यो खबर बुधबारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
पालिकाले सुचना जारी गर्दै स्थानीय जातका गाई पालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाई पालन गरेका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि र गाईपालन तर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो ।
गाई अभावमा विभिन्न पुजा पाठमा समेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ । यस्तो अवस्था मा हिन्दु धर्मनै संकटनमा पर्ने र हिन्दु धर्मालम्वि नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचाननै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाई छ ।
उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराईएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गाई र गर्भाधारण गराईएको बहर स्थानीय नै हुनुपर्ने भुसालको भनाई छ । अनुदान लिनका लागि निवेदन, सम्वन्धित वडा कार्यालयको सिफारीस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छिको तस्विर समेत संलग्न गर्नु पर्नेछ । यो खबर बुधबारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालन तर्फ आकर्षण बढ्दै गएको छ । थोरै दुधदिने र गाईपालनको खर्च समेत नउठ्ने भन्दै कृषकहरु स्थानीय काठे गाईपालन गर्न छाडेका हुन् ।
पालिकाले चालु आर्थिक वर्षको साउनदेखि यता सुत्केरी भएका स्थानीय गाईलाई रु दुई हजार पाँच सय रुपैयाका दरले अनुदान दिने तयारी गरेको छ । जिल्लाका ७ स्थानीय तह मध्ये विहादीले पहिलो पटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यस अघि उक्त पालिकाले स्थानीय जातका गाई पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप रु। पाँचरपाँच हजार रुपैया उपलव्ध गराएको थियो ।
यस अघि जिल्लाको जलजला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई रु। १५ हजार रुपैयाका दरले उपलव्ध गराउँदै आएको थियो । भने स्थानीय जातका गाईको मुत्र र गोबर प्रशोधन समेत गर्न थालेको छ । पैंयुँगाउँपालिकाले राँगो पाल्ने कृषकलाई रु। २० हजार बार्षिक अनुदान वितरण गर्दै आएको छ । कृषकहरुलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्ने उद्धेश्यले पालिकाहरुले पशुपालन र कृषिको क्षेत्रमा लगानी समेत बढाउँदै लगेका छन् ।
यस्तै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पनि यस वर्ष गाईभैसीको सुत्केरी खर्च का लागि रु।१० लाख रुपैया बिनीयोजन गरेको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया