
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ ।
गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई पालन गर्ने कृषकलाई प्रति गाई रु। २० हजार रुपैया उपलव्ध गराउने भएको छ । यसैगरी स्थानीय गाई संरक्षण अभियान अन्तर्गत प्रति सुत्केरी गाई रु। दुई हजार पाँच सय रुपैया कृषकलाई वितरण गरिने भएको प्रमुख प्रशासकिय अधिकृत थमन बहादुर रेश्मीले जानकारी दिनुभयो ।
यसैगरी प्रति हलगोरु प्रोत्साहन अनुदानको रुपमा रु। १० हजार रुपैया प्रदान गरिने रेश्मील्े जानकारी दिनुभयो । वैदिक परम्परा अनुसार पुजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादी गाउँपालिकाले पालिका भित्रका छ वटै वडामा व्यवासायिक वा निर्वाहमुखि रुपमा स्थानीय जातका गाई पालन गरेका कृषकलाई विगत तीन वर्षदेखि प्रोत्साहन समेत गर्दै आएको छ । यो खबर बुधबारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
पालिकाले सुचना जारी गर्दै स्थानीय जातका गाई पालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाई पालन गरेका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि र गाईपालन तर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो ।
गाई अभावमा विभिन्न पुजा पाठमा समेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ । यस्तो अवस्था मा हिन्दु धर्मनै संकटनमा पर्ने र हिन्दु धर्मालम्वि नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचाननै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाई छ ।
उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराईएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गाई र गर्भाधारण गराईएको बहर स्थानीय नै हुनुपर्ने भुसालको भनाई छ । अनुदान लिनका लागि निवेदन, सम्वन्धित वडा कार्यालयको सिफारीस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छिको तस्विर समेत संलग्न गर्नु पर्नेछ । यो खबर बुधबारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालन तर्फ आकर्षण बढ्दै गएको छ । थोरै दुधदिने र गाईपालनको खर्च समेत नउठ्ने भन्दै कृषकहरु स्थानीय काठे गाईपालन गर्न छाडेका हुन् ।
पालिकाले चालु आर्थिक वर्षको साउनदेखि यता सुत्केरी भएका स्थानीय गाईलाई रु दुई हजार पाँच सय रुपैयाका दरले अनुदान दिने तयारी गरेको छ । जिल्लाका ७ स्थानीय तह मध्ये विहादीले पहिलो पटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यस अघि उक्त पालिकाले स्थानीय जातका गाई पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप रु। पाँचरपाँच हजार रुपैया उपलव्ध गराएको थियो ।
यस अघि जिल्लाको जलजला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई रु। १५ हजार रुपैयाका दरले उपलव्ध गराउँदै आएको थियो । भने स्थानीय जातका गाईको मुत्र र गोबर प्रशोधन समेत गर्न थालेको छ । पैंयुँगाउँपालिकाले राँगो पाल्ने कृषकलाई रु। २० हजार बार्षिक अनुदान वितरण गर्दै आएको छ । कृषकहरुलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्ने उद्धेश्यले पालिकाहरुले पशुपालन र कृषिको क्षेत्रमा लगानी समेत बढाउँदै लगेका छन् ।
यस्तै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पनि यस वर्ष गाईभैसीको सुत्केरी खर्च का लागि रु।१० लाख रुपैया बिनीयोजन गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया