
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी १३ गतेसम्म वडा नम्बर ५ खानिगाउँमा सञ्चालन हुने बताईएको छ ।
उक्त कार्यक्रमले फलेवासको चौतर्फी विकासको लागि विभिन्न क्षेत्रका सरोकारवलाहरुसंगको प्रत्यक्ष सहभागितामा आफ्नै क्षेत्रका स्थानिय उद्योगी, व्यवसायि, कलाकर्मी, कृषक, शिक्षक, विद्यार्थी, कर्मचारी हरुको रोहबरमा बहस गरी यहाँका समस्या र सम्भावनाहरुको थप पहिचान गर्नमा सहयोग पुर्याउने समितिका संयोजक दिनेश बहादुर थापाले बताएका छन् ।
कार्यक्रममा सरोकारवलाहरुको बहस संगै खेल तथा सांगितिक प्रस्तुतिहरुलाई पनि समाबेस गरीएको खानिगाउँका वडाध्यक्ष नारायाण प्रसाद लामिछानेले जानकारी दिएका हुन् । आठ दिनसम्म चल्ने यो कार्यक्रमले समग्र फलेवासको विकासमा थप टेवा पु¥याउने विश्वास लिइएको लामिछानेको भनाई छ । मेला सम्पन्न गर्न दिनेश थापाको संयोजकत्वमा ३०१ सदस्यिय मूल समिति गठन गरीएको छ, भने थप सहयोगका लागि १४ वटा उपसमिति गठन गरीएको छ ।
जसअन्र्तगत खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछानेको संयोजकत्वमा अतिथी सत्कार तथा व्यवस्थापन, खगेन्द्र शर्मा पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन, विक्रम जि.सि. को संयोजकत्वमा मञ्च व्यवस्थापन, सागर भुसालको संयोजकत्वमा साँस्कृतिक उपसमिति, कपिल शर्माको संयोजकत्वमा छपाई तथा उपहार व्यवस्थापन, रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसालको संयोजकत्वमा प्रचारप्रसार उपसिमिति, फलेवस नगरस्तरीय कृषि सञ्जालका अध्यक्ष विनोद भुसालको संयोजकत्वमा कृषि तथा हस्तकला व्यवस्थापन, भवनपोखरा टोल सुधार संस्थाका अध्यक्ष अर्जुन बहादुर क्षेत्रीको संयोजकत्वमा खेलकुद व्यवस्थापन, प्रकाश परियारको संयोजकत्वमा स्वयमसेवक व्यवस्थापन, तोरण शर्मा पौडेलको संयोजकत्वमा प्रायोजन व्यवस्थापन, तोयनाथ पौडेलको संयोजकत्वमा यातायात व्यवस्थापन, भेषराज पोख्रेलको संयोजकत्वमा भान्सा तथा होटल व्ययस्थापन, कलाकार सुरेश परियारको संयोजकत्वमा स्थानीय कला सँस्कृतिको व्यवस्थापन, सुरक्षा लामिछानेको संयोजकत्वमा ¥याली तथा झाँकी व्यवस्थापन, दुर्गा ढकालको संयोजकत्वमा स्वस्थ्य तथा आकस्मिक सेवा व्यवस्थापन गर्ने गरी उपसमिति गठन गरीएको बताइएको छ ।
मुल समितिमा फलेवास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायतलाई समावेस गरीएको संयोजक थापले जानकारी दिएका छन् ।
असोज ६ गते पहिलो दिन मिनी म्याराथुन (भित्री चक्रपथ फलेवास ) फलेवास रङ्गशाला खेल मैदानमा हुने, ७ गते देखि वडा स्तरिय भलिवल प्रतियोगिता खानीगाउँको भवानी विद्यापीठ मा.वि.को प्राङ्गणमा हुने खेल संयोजक अर्जुन बहादुर क्षेत्रीले जानकारी दिएका छन् । असोज ११ गते देखि फलेवास विकास वहस तथा दशैँ महोत्सवका मुख्य कार्यक्रम गरीने आयोजक समुहको भनाई रहेको छ ।
जसअन्र्तगत प्रथम सत्रमा विद्यार्थीहरुसंग सफलताका सुत्रहरुमा आधारीत भएर वहश तथा अन्र्तक्रिया गरिने र कृषकहरुसंग साक्षत्कार, कृषि विज्ञहरुसंग बहस तथा अन्र्तक्रिया गरिने, दोस्रो सत्रमा विकास, पूर्वाधार, उद्योग, पर्यटन, वन तथा कृषि सम्बन्धी प्यानल डिस्कसन, राष्ट्रिय स्तरका विषयविज्ञहरुसंग अन्र्तक्रिया गरिने र अन्तिम सत्रमामा ख्यति प्राप्त राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम गरीने बताईएको छ । समग्रमा यो कार्यक्रम सम्पन्न भएपश्पात यत्हँबाट संकलन भएका महत्वपुर्ण कुराहरुलाई समावेस गरी एक प्रतिवेदन तथा दस्तावेज तयार पारेर फलेवास नगरपालिकामा पेश गरीने मुल आयोजक समितिका संयोजक दिनेश बहादुर थापाले बताएका छन् ।
कार्यक्रमको बारेमा थप जानकारी तथा सहजिकरण गर्नको लागि अवको केहि दिनमै पत्रकार सम्मेलन गरी प्रचारप्रसारलाई तिव्र पार्ने गरी आफूहरु तयारीमा लागेको समेत थापाले जनाकारी दिएका हुन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया