
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सनद अधिकारी । फिल्ममा गहिरो र प्रभावशाली चरित्र उतार्ने पात्रलाई नै प्रायः ‘नायक’ भनिन्छ । यही आधारमा हालै प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ मा नायिका सुरक्षा पन्त नै वास्तविक नायकका रूपमा देखिन्छिन् । यद्यपि नवनायक मञ्जिल कुमारको अभिनय पनि उल्लेखनीय छ, तर सम्पूर्ण कथाको धुरी भने सुरक्षाकै वरिपरि घुमिरहेको छ ।
समाजमा विद्यमान गरिबी, वैदेशिक रोजगारीमा पुगेका व्यक्तिहरूको आशा–निराशा, रित्तिँदै गएको गाउँ, गाउँमा बस्नको लागि गर्नुपर्ने संघर्ष, अनि गाउँभित्रै रहेका साना–ठूला शक्तिहरूको खेललाई चलचित्रले यथार्थपरक ढंगले उतारेको छ ।
सुरुमा कथाले दर्शकलाई विशेष तान्न नसकेजस्तो लाग्छ । तर चाडपर्व ९तिज, दशैं–तिहार० को सन्दर्भसँग जोडिँदै जाँदा कथा बिस्तारै गहिरिँदै जान्छ । प्रचारमा आएका गीत–संगीतले पनि चलचित्रप्रति दर्शकको ध्यान आकर्षित गरेको छ । ‘नत्र भने बाटुली ‘’ गीतले हलमै दर्शकलाई सँगै गुनगुनाउन बाध्य पारेर सहजै तानिदिन्छ ।
चलचित्रका पात्रहरू आर्यान सिग्देल ९ऋषिराम० र निति शाह ९निलिमा० ले कथामा रंग र मसला थपेका छन् । उनीहरूको व्यक्तिगत आकर्षणले पनि दर्शकलाई लोभ्याएको छ । मञ्जिल मात्र सुरक्षासँग केन्द्रित भएको भए कथामा एकरसता आउँथ्यो, त्यसैले निर्देशकले अरू पात्रलाई सशक्त ढंगले समेटेका छन् । ऋचा शर्माको छोटो भूमिकालाई पनि कथामा मिसाएर दर्शकलाई परिचित अनुहार देखाउने चतुर प्रयास गरिएको छ, जसले कथा अझ जीवन्त बनाएको छ ।
यस चलचित्रमा कथावस्तु नयाँ कोणबाट प्रस्तुत गरिएको छैन, तर कथा बुझ्न सजिलो र हेर्न लायक छ । चलचित्रले देखाएको मुख्य सन्देश बाध्यता र वास्तविकता हो । शितल ९सुरक्षा० र संजोग ९मञ्जिल ० को प्रेम पैसामा अड्किएको देखिन्छ, र धेरै युवा नेपालमै केही गर्न चाहे पनि परिस्थितिका कारण वैदेशिक रोजगारीमा जान बाध्य हुन्छन्, जसले कथामा यथार्थपरक संघर्ष र भावनात्मक गहिराइ थपेको छ ।
संजोगले विदेश नजाने, नेपालमै केही गर्ने सपना देख्छ, तर लोकसेवाको नतिजाको पर्खाइ र असफलताले उ निराश हुन्छ । यसैबीच, गाउमै र विदेशमा समेत रोजगारीको अवसर पाउने शितललाई पुरुषवादी तथा पुरातनवादी सोचसँगै चाखो मायाँको कारण संजोगको मनमा द्विविधा उत्पन्न हुन्छ । निर्देशकले यसको यथार्थपरक प्रतिक्रिया सुसंगत रूपमा प्रस्तुत गरेका छन्, जसले कथालाई अझ जीवन्त बनाएको छ । चलचित्रको कथामा बिहेपछि परिवारको दबाब, रोजगारी नपाउने अवस्था, र विदेश जाने बाध्यताले जीवनमा पीडा थप्छ ।
चलचित्रको दोस्रो खण्डमा घटनाक्रमले दर्शकलाई रोह्याउने र आँसु झार्ने स्तरसम्म पुर्याउँछ । शितलले मायाका खातिर भोग्नुपरेको दुख, त्याग, सम्झौता र वियोगले दर्शकको मन छोइदिन्छ । खलनायक प्रवीण खतिवडा उर्फ धनबीरले निभाएको भूमिकाले पनि दर्शकलाई मनोरञ्जनका साथ वास्तविकता बुझाउँछ । चलचित्रले देशको वर्तमान अवस्था नेता, सरकार, मन्त्रीहरूबाट आउने सहयोग, आश्वासन र अवहेलना, साथै उनीहरूसँगको व्यवहारलाई सुसंगत रूपमा प्रस्तुत गरेर दर्शकलाई सामाजिक यथार्थप्रति चेतना दिन्छ ।
प्राविधिक हिसाबले चलचित्र कतिपय ठाउँमा कमजोर देखिन्छ । तर कथाको दोस्रो भागले भावनात्मक रूपमा दर्शकलाई बलियोसँग बाँध्ने भएकाले यी कमजोरी हराउँछन् । अन्य कलाकारहरू सरोज खनाल, लोकमणी सापकोटा, हिउवाला गौतम, सिरु बिस्ट, निदेश काफ्ले आदिको अभिनयले पनि चलचित्रलाई उचाल्ने काम गरेको छ ।
‘कोशेढुंगा’ले नायिका सुरक्षा पन्त र नवनायक मञ्जिल कुमारलाई नयाँ उचाइ दिएको छ । अन्त्यमा मायाले जिते पनि हारेपनि…।चलचित्रले नेपाली समाजको वास्तविकता उजागर गर्न सफल भएको छ । ‘कोशेढुंगा’ एक सामाजिक नाटक हो, जसलाई मध्यमवर्गीय नेपालीहरूको कथा वा नेपाली युवाको वास्तविक अवस्था भन्न सकिन्छ । समसामयिक विषय उठान गरेर चलचित्रले नेपाली सिनेमा क्षेत्रमा नयाँ आयाम या भनौ एउटा कोशेढुंगा पक्कै थपेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया