
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । एउटै गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । उक्त गिरोहका मुख्य नाइकेसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगातका जिल्लामा पुगेर विभिन्न प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने उक्त गिरोहबारे प्रहरीले आइतबार जानकारी गराएको छ । श्याम कृष्ण भण्डारीको समूहले नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
समूहका नाइके भण्डारी र सहयोगी सुजन भारती भारतबाट नेपाल आउने क्रममा नाकाबाटै पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नाइके भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो ।
उक्त समूहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ५ जना पीडितहरूले जाहेरी दिएका थिए । त्यसपछि ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई गाडीको व्यवस्थापन आफैं गरेर भारतको नयाँदिल्लीसम्म पुर्याउने गरेको खुलेको छ ।
उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए । पीडितले दिएको जाहेरी र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।
प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा मुख्य नाइके भण्डारीले, नेपालबाट लगिएकाहरूलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटलमा लगेर राख्ने र खाने बस्ने सबै व्यवस्था गर्ने गरेको बताएका छन् ।
किड्नी दिन तयार भएका मानिसहरूलाई होटलमै चिकित्सक बोलाएर रगत जाँच लगायतका काम गर्ने गरेको पनि भण्डारीले बयानका क्रममा भनेका छन् ।
त्यसरी भारत पुर्याइएका नेपालीहरूलाई बेहोस बनाएर आँखामा पट्टि लगाएर अस्पतालमा ३/४ दिन राख्ने र नेपाल फर्काउने काम गरेको पनि भण्डारीले प्रहरीसमक्ष बताएका छन् ।
भण्डारीले आफूले ६ लाख भारतीय रुपैयाँ दिने भनेर प्रलोभनमा पार्ने गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार, मुद्दा चलिरहेका पीडितमध्ये एक जनाले ५ हजार मात्रै पाएको पनि उनले बयानका क्रममा स्वीकारेका छन् ।
सोधपुछका क्रममा उनले २५ जना व्यक्तिको किड्नी झिक्न लगाएर पैसा लिएको स्वीकारेका छन् । यद्यपि अनुसन्धानका क्रममा भने एक सयभन्दा बढी व्यक्तिहरूको किड्नी बेचबिखनमा संलग्न भएको प्रहरीले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया