SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/५/१४ गते
    ७७० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुस्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कमा तेस्रो वडा दशैं–पूर्णिमा मेला 2082 अन्तर्गत वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

    आर्थर डाँडाखर्क युवा क्लबको आयोजनामा असोज १९देखि २२गते हुने प्रतियोगितामा स्थानीय टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिता श्री पञ्चकोशी मावि, आर्थर डाँडाखर्क, पर्वतको प्राङ्गणमा सञ्चालन हुने क्लबले जनाएको छ ।

    प्रतियोगितामा प्रथम हुने टोलीले रु. १,०१,१११, द्वितीयले रु. ५१,१५१ र तृतीय हुने टोलीले रु. २५,५२५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिब्रो, राइजिङ प्लेयर र प्रशिक्षकलाई समेत विशेष सम्मान गरिनेछ ।

    प्रतियोगितामा एक टोलीमा ९ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी अधिकतम ११ जनासम्म समावेश गर्न सकिनेछ । वडा बाहिरका अधिकतम २ जना खेलाडी मात्र समावेश गर्न पाइने नियम तोकिएको छ ।

    आयोजक संस्थाका अनुसार, प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुका साथै आपसी एकता, स्वास्थ्य र संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आगामी पुष ९ देखि १९ गतेसम्म पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना हुने

    पर्वत । पर्वत जिल्लामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म आठौं पर्वत महोत्सव आयोजना हुने...

    विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा, ८० प्रतिशत अनुदानमा प्रस्ताव आह्वान

    पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्‍याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती...

    प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

    काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ...

    साढे २ अर्ब खर्च कटौती गरेर गण्डकीले पुनर्निर्माणमा लगाउने

    पर्वत । गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक...

    अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं