
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
पर्वत । निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम पूरा नगर्दा धेरै अलोचना हुने गरेका छन् । कतिपय अवस्थामा बाध्यतावस समयमै काम नसकिने भए पनि धेरै कामहरुमा ठेकेदारको लापरबाहीका कारण काम समयमा पूरा नहुने र भएको काममा पनि गुणस्तर नहुने गरेको देखिएको छ ।
कामप्रति ठेकेदारहरूको लापरबाहीका कारण निर्माण व्यवसायीहरूले विभिन्न आरोपहरू भोगिरहेको बेलामा पर्वतका एक जना निर्माण व्यवसायी भने गुणस्तरीय काम त्यो पनि तोकिएको समयभन्दा पहिले नै पूरा गरेर सम्मानित भएका छन् । उनी हुन जिल्लाको जलजलाका गाउँपालिकाका निर्माण व्यवसायी विप्लव हमाल । जलजला गाउँपालिका–८ घर भई कालिका इन्फ्रास्टकचर प्रा.लि.का सञ्चालक उनलाई कुश्मा नगरपालिका–१ पाङको कसेरीदेखि कुश्मा नगरपालिका–२ खुर्कोटको हिमालय माध्यमिक विद्यालयसम्मको सडकको कामको आधारमा सम्मान गरिएको हो ।
विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको पाङ युवा क्लबको आयोजनामा हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका–१ पाङमा आयोजित खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा हमाललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा पुगेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीमार्फत हमाललाई सम्मान गरिएको हो । ओम श्री दक्षिणामकाली क्रसर उद्योग समेत सञ्चालन गर्दै आएका उनले करिब पाँच किलोमिटर लामो सडक खण्डमा कालोपत्रे गर्ने काम गुणस्तरीय रूपमा र म्याद भन्दा अगाडि नै पूरा गरेको भन्दै प्रोत्साहनका लागि सम्मा गरिएको क्लबका अध्यक्ष जयराम सुवेदीले बताए ।
पूर्वाधार विकास कार्यालय पर्वत मार्फत सञ्चालित हिमालय मा.वि–नुहार–खनियाघाट सडक कालोपत्रे गरिएको हो । चार किलोमिटर आठ सय मिटर लामो उक्त सडकमध्ये तीन किलोमिटर कालोपत्रे र एक हजार आठ सय मिटर ढलान गरिएको छ । हमालले जिम्मा लिएका अन्य सडक तथा पुर्वाधारहरुको काम समेत तीव्र गतिमा भइरहेको र निर्माणका काममा गुणस्तर र समयको पालना गराउन अन्य निर्माण व्यवसायीलाई पनि प्रोत्साहन हुने भएकोले उनलाई सम्मा गरिएको सुवेदीको भनाइ छ ।
राजनीतिदेखि विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएका हमाल व्यवसायी सँगसँगै सामाजिक सेवा गर्ने व्यक्तिका रूपमा परिचित छन् । लायन्स क्लब, रोटरी क्लब जस्ता सहयोगी संस्थाहरूमा आबद्ध हुँदै आएका उनले विभिन्न प्रकोपदेखि सामाजिक समस्याहरूमा व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । भूकम्प, कोभिड–१९ जस्ता समस्यामूलक अवस्थामा पनि सामाजिक सेवामा खट्दै आएका हमाल हाल फर्सेमा रहेको शिव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रूपमा काम गर्दै आइरहेका छन् । राजनीतिक रूपमा नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत रहेका उनी नेपाल पेट्रोलियम एसोसिएसनमा पनि आबद्ध छन् ।
सम्मानित भएपछि हमालले आफूले सबै निकायको सहयोग र सद्भावका कारण समयमै काम सम्पन्न गर्न सफल भएको बताए । आफूले पाएको सम्मानले अझै जिम्मेवारी थपिएको भन्दै उनले समयमै गुणस्तरीय काम गर्नका लागि खटिएका इन्जिनियरदेखि सरकारी कार्यालयका कर्मचारीहरूलाई धन्यवाद दिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया