
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वतको धार्मिक तथा ऐतिहासिक क्षेत्र बाटुलेचौर कालीका भगवती मन्दिरमा आयोजित तेस्रो तीज मेला भब्य रुपमा सम्पन्न भएको छ ।महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित मेलामा खुल्ला तीज गित, विद्यालय स्तरीय नृत्य प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता राखिएको थियो ।
खुल्ला तीज गीत प्रीतयोगितामा कुश्माको ग्रामीण आमा समुहले प्रथम स्थान हात पारेका छ भने द्धितिय जनक मावि पिपलटारी, तृतिय जनता शुदर्शन मावि र सान्त्वना नारायण मावि कुश्मा बनेको छ ।
यसैगरी बिद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ राम मावि फलेवास प्रथम, नमुना आवासीय मावि कुश्मा द्धितिय, पुर्णेश्वर मावि पिपलटारी तृतिय र नारायण मावि कुश्मा सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । तीज गित प्रीतयोगितामा सात र नृत्यमा नौ समुहको सहभागिता थियो ।
बिजेताहरुलाई तीज गिततर्फ प्रथम, द्धितिय, तृतिय र सान्वना पुरस्कारस्वरुप १५, १०, पाँच र तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ भने नृत्यतर्फ १२, आठ, पाँच र दुई हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले धर्म, संस्कृति, रितिरिवाज र चाडवाड नेपालीहरुका अमुल्य गहना भएको बताउनुभयो । उहाँले हामीलेनै हाम्रो धर्म संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
बाटुलेचौर जस्तो ऐतिहासिक तथा धार्मिक क्षेत्रमा भव्य कार्यक्रम राखेर महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने वातावरण सृजना गरेकोमा आयोजकलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।जोशीले पर्वत जिल्लाको विकास र परिवर्तनका लागि आफु पदमा रहँदा वा नरहँदा पनि निरन्तर सक्रिय रहँदै आएको बताउँदै जिल्लाको समृद्धिका लागि आफु अहोरात्र खटिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । जिल्लाको भविष्य निर्माणका लागि आफुलेनै खाका तयार पारेको बताउँदै अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायतले बोल्नुभएको थियो । सो अवसरमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक दलका जिल्ला पालिका स्तरीय नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा समापन मन्तव्य वडा अध्यक्ष झलक रिमालले राख्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरु कृष्ण अखेली, ममता तामाङ, शिव पौडेल लगायतको बेजोड प्रस्तुती पनि रहेको थियो । कालीका मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष युवनाथ पौडेल र संचालन कलाकार कृष्ण अखेलीले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया