
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा बृहद दोस्रो तीज मेला २०८२ हिजोदेखि शुरु भएको छ ।नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संचालित मेलामा तीज गीत प्रतियोगिता, महिलाहरुबीच लठ्ठो तान्ने प्रतियोगिता, छेलो तथा एकल नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहेका छन् । शुक्रवार विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ भने आज छेलो फाल्ने, रस्साकस्सी र तीज गीत प्रतियोगिता संचालन हुने नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब सृजना बरालले जानकारी दिनुभयो ।
(मेलाको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले महिलाहरुको हक अधिकार सुनिश्चित गर्नका लागि तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले फलेवास नगरपालिकाले महिलाहरुको क्षमता विकास, स्वरोजगार सिर्जना र महिलाहरुलाई शशक्तिकरण गर्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले सिमीत श्रोत र साधनका बीच पनि नगरको विकासका लागि आफु निरन्तर खटिरहेको बताउँदै आगामी चालु आर्थिक वर्षमा नगर भित्रका विभिन्न सडक कालोपत्र गर्नका लागि बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले भौतीक विकास सँगै मानविय विकासमा समेत नगरको नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख शोभा क्षेत्रीले पनि सम्वोधन गर्नुभएको थियो ।
दुई दिनसम्म संचालन हुने मेलामा कलाकारहरु सरोज साजन श्रेष्ठ, कृष्ण अखेली, ममता तामाङ, सुदिप क्षेत्री, कमला गैरे, शिव पौडेल, सुरजकुमार श्रेष्ठ, प्रमोद भुसाल र कृष्ण कँडेल लगायतले प्रस्तुति रहेको छ ।नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष निर्मला भुसाल र फलेवास भजन समुहका अध्यक्ष रमेश चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सृजना बराल, सुरक्षा लामिछाने र रामचन्द्र भुसालले गर्नुभएको थियो ।आज संचालन हुने तीज गीत प्रतियोगितामा प्रथम हुनेले रु। १५,०००, द्वितीयले रु। १०,०००, तृतीयले रु। ५,००० र सान्त्वना पुरस्कार स्वरूप रु। ३,००० प्राप्त गर्नेछन् । महिलाबीच रस्साकस्सी प्रतियोगितामा प्रथमले रु। ५,०००, द्वितीयले रु। ३,०००, तृतीयले रु। २,००० पाउनेछन्। विद्यालयस्तरीय एकल नृत्यमा प्रथमले रु। ५,०००, द्वितीयले रु। ३,००० र तृतीयले रु। २,००० पुरस्कार पाउनेछन् ।
फलेवास् नगरपालिका र देविस्थान भरीको एक एक जना जेष्ठ आमालाई विशेष सम्मान गरिनेछ । आयोजकले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई मेलामा उपस्थित भई तीजको उल्लासमा सहभागी हुन आव्हान समेत गरेको छ ।
शुक्रवार फलेवास भजन समुहले कार्यक्रममा सहभागि सम्पुर्णलाई निशुल्क रुपमा दर खुवाएको थियो ।।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया