
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तिब्र पारिएको छ।नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर मैदानमा हुने मेलाको तयारी तिब्र पारिएको र विभिन्न उपसमितिले आ आफ्नो कामलाई निरन्तरता दिएको बताईएको छ। मेलाको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा मुल समितिका संयोजक एवं वडा सदस्य राजकुमारी बानियाँले २ दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा मुल समिति र ८ वटा उपसमिति केन्द्रित भएको बताउनुभयो।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरको मेला परापूर्वकालदेखि नै संचालन हुदै आएको ऐतिहासिक मेला भएकाले वडा कार्यालय यसको संरक्षक बनेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो -‘वडा कार्यालय मेलाको आयोजक होईन, संरक्षक हो र समन्वय गरिएको मात्र हो।’ वडा भित्र हुने धार्मिक, सांस्कृतिक मेला महोत्सवको प्रर्वद्धनका लागि स्थानीय सरकारको सदैव सहयोग रहने वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो।
विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक राम बहादुर बानियाँले आर्थिक असहजताका कारणले मेला छोटो भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतले मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै, यसका लागि विभिन्न व्यापारिक घराना र सहयोगीसँग अपेक्षा गरिएको जानकारी दिए। प्रचार प्रसार संयोजक मोहन थापाले मेला समग्र पोखरावासी कै भएको भन्दै, यसलाई सफल बनाउने दायित्व पनि पोखरेली कै भएको दावी गर्नुभयो।
सहभागी पत्रकार एवं विभिन्न समितिका संयोजकले तीजको परम्परागत हम्काईलो भाकालाई संरक्षण गर्ने र नयाँ पुस्तालाई जानकारी गराउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। २ दिनसम्म सञ्चालन हुने मेलामा पहिलो दिन भदौ ९ गते विहान मैदान देखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, दिउँसो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता हुने र भदौ १० गते मेलाको उद्घाटन सहित समुहगत तीज गीत प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम हुने र करिब २० टोली सहभागी हुने सहसंयोजक मन्जु नेपालीले जानकारी दिनुभयो।
प्रचार प्रसार संयोजक मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुल समितिका सदस्य भीम वहादुर गायकले गर्नुभएको थियो। वि.सं. १५२५ भन्दा अगाडी देखि नै बाटुलेचौरमा सेती गंगा नुहाएर आएका लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका ठाउँका महिलाहरु जम्मा भएर गीत गाउने गरेको जानकारहरु बताउँछन्।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया