
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तिब्र पारिएको छ।नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर मैदानमा हुने मेलाको तयारी तिब्र पारिएको र विभिन्न उपसमितिले आ आफ्नो कामलाई निरन्तरता दिएको बताईएको छ। मेलाको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा मुल समितिका संयोजक एवं वडा सदस्य राजकुमारी बानियाँले २ दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा मुल समिति र ८ वटा उपसमिति केन्द्रित भएको बताउनुभयो।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरको मेला परापूर्वकालदेखि नै संचालन हुदै आएको ऐतिहासिक मेला भएकाले वडा कार्यालय यसको संरक्षक बनेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो -‘वडा कार्यालय मेलाको आयोजक होईन, संरक्षक हो र समन्वय गरिएको मात्र हो।’ वडा भित्र हुने धार्मिक, सांस्कृतिक मेला महोत्सवको प्रर्वद्धनका लागि स्थानीय सरकारको सदैव सहयोग रहने वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो।
विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक राम बहादुर बानियाँले आर्थिक असहजताका कारणले मेला छोटो भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतले मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै, यसका लागि विभिन्न व्यापारिक घराना र सहयोगीसँग अपेक्षा गरिएको जानकारी दिए। प्रचार प्रसार संयोजक मोहन थापाले मेला समग्र पोखरावासी कै भएको भन्दै, यसलाई सफल बनाउने दायित्व पनि पोखरेली कै भएको दावी गर्नुभयो।
सहभागी पत्रकार एवं विभिन्न समितिका संयोजकले तीजको परम्परागत हम्काईलो भाकालाई संरक्षण गर्ने र नयाँ पुस्तालाई जानकारी गराउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। २ दिनसम्म सञ्चालन हुने मेलामा पहिलो दिन भदौ ९ गते विहान मैदान देखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, दिउँसो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता हुने र भदौ १० गते मेलाको उद्घाटन सहित समुहगत तीज गीत प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम हुने र करिब २० टोली सहभागी हुने सहसंयोजक मन्जु नेपालीले जानकारी दिनुभयो।
प्रचार प्रसार संयोजक मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुल समितिका सदस्य भीम वहादुर गायकले गर्नुभएको थियो। वि.सं. १५२५ भन्दा अगाडी देखि नै बाटुलेचौरमा सेती गंगा नुहाएर आएका लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका ठाउँका महिलाहरु जम्मा भएर गीत गाउने गरेको जानकारहरु बताउँछन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया