
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ

काभ्रेपलाञ्चोक । करिब ५० वर्षपछि काभ्रेका दुई गाउँका स्थानीयले लालपूर्जा पाउने भएका छन् । वि.सं २०३२ सालदेखि लालपूर्जाविहीन साविकको भुम्लु र फलाँटे गाविस (हाल भुम्लु गाउँपालिका–७ र ८ वडा) का बासिन्दाले लालपूर्जा पाउने भएका हुन् ।
त्यतिबेला नापी हुने बेलामा सीमा विवादका कारण त्यहाँका बासिन्दाहरू लालपूर्जाविहीन बन्न पुगेका थिए । यी दुई वडा ९ सय ६९ नागरिक लालपूर्जाविहीन थिए ।जसमध्ये पहिलो चरणमा प्रक्रिया पूरा गरेका वडा नम्बर ७ का १ सय ७४ र वडा नम्बर ८ का २ सय ४ जना नागरिकले लालपूर्जा पाउने भएका हुन् ।
भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीका अनुसार, आगामी मंगलबार लालपूर्जा वितरण गरिनेछ ।साविकको पिपलटार गाविस फुट्दा त्यहाँको खेतीयोग्य जमिन भुम्लुटार र फलाँटे दुवैमा परेपछि विवाद भएको थियो ।
पछि ०३२ सालमा त्यहाँ सरकारी टोली नापीका लागि गएको थियो । तर, दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्कन बाध्य भयो । र सो क्षेत्रका स्थानीयले लालपूर्जा पाउन सकेनन् ।पछि ०३५ सालमा पुन: नापी टोली उक्त गाविसमा पुगेको थियो । तर, विवाद कायमै भएकाले त्यतिबेला पनि टोली फर्किएको थियो ।
समस्या समाधान नभएपछि ०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति बनेको थियो । पछि पुन: ०८० माघ २ गते नापी कार्यालयका नापी अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो ।
निर्णयक रुपमा २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्य योजना तयार गरी पेश गर्न नापी अधिकृत ग्रिष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरी प्रतिवेदन तयार गरेको थियो ।
सोहि प्रतिवेदन र भुम्लु गाउँपालिकाले गत वर्ष मङ्सिरमा निवेदन छुटेका स्थानीयसँग पुन: निवेदन माग गरेपछि गत पुस २ गतेदेखि स्थानीयको जग्गासम्बन्धी पुन: छानबिन, नापी हुनुभन्दा अघि भोगचलन तथा त्यसअघिको कागजातका आधारमा अहिले लालपूर्जा वितरण गर्न लागिएको हो ।
अहिले लालपूर्जा वितरणका लागि गाउँपालिकाको टोलीले काम गरिरहेको छ ।‘लालपुर्जा दिनका लागि गाउँमा खटिएको नापी टोली लालपुर्जा वितरण भएको १२० दिनसम्म अर्थात् चार महिनासम्म सम्बन्धित क्षेत्रमा नै खट्ने भएकोले यो अवधिमा प्रमाण पुगेका सबै परिवारलाई लालपूर्जा वितरण गरिसक्नेछ,’ प्रमुख नापी अधिकृत अशोककुमार भुसालले भने ।
लालपूर्जा विरतण गरिसकेपछि जग्गा सम्बन्धित सबै स्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरु नापी कार्यालयमा बुझाएपछि जग्गा प्रशासनको नयाँ काम सुरु हुनेछ ।लालपूर्जा वितरण गर्दै गर्दा देखिने समस्या र चुनौती तथा कसरी वितरण गरिँदेछ भन्ने बारेमा भुम्लुका नागरिकलाई जानकारी दिने उद्देश्यसहित वडा नं ७ र ८ मा नै छलफल गरिएको उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया