
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
शिशिर उजाड, पोखरा ।पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गुणस्तरीय शिक्षाको लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए। उनले यस विद्यालयले शैक्षिक तथा भौतिक विकासमा गरेको प्रगति लोभलाग्दो भएको बताउँदै, विद्यालय यस क्षेत्रकै शैक्षिक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे। प्रधानाध्यापक केशवप्रसाद अम्गाईले विद्यालयको प्रतिवेदन पेश गर्दै माध्यमिक शिक्षा परीक्षामा औषत जिपिए ३ दशमलव ६ भन्दा माथि बनाउनका लागि पुर्व प्राथमिक तहलाई मन्टेश्वरीको अवधारणामा लगिने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले समितिले सभाहल निर्माण, विद्यालयको बस थप र छुट जग्गा दर्ता प्रक्रिया शुरु गरेको जनाए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका सल्लाहकार शोभा मोहन पौडेल, महेन्द्र मावि घार्मीका प्र अ बासुदेव पौडेल,नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष ई दिनेश भण्डारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री लगायतले शैक्षिक गतिविधिका बारेमा बोलेका थिए। कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षकको रूपमा मावि शिक्षक सन्तोष आचार्य सम्मानित भए। त्यस्तै सहायक प्रअ बलबहादुर श्रेष्ठ, शिक्षक पदम कुमारी अधिकारी, कमला पौडेल,सिर्जना थापा, बालकुमारी रसाइली र कार्यालय सहयोगी नारायण गौतमलाई पनि सम्मान गरियो।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने मिसन भुजेललाई नगद २५ हजार प्रदान गरिनुका साथै कक्षा १० मा अध्यापन गराउनु शिक्षकहरू वलबहादुर श्रेष्ठ, धनकुमार श्रेष्ठ,सीता पौडेल गीता कुमारी शर्मा, सन्तोष आचार्य,दीपक गौतम,दीपक आचार्य,स्वामी श्रेष्ठ,रिता अधिकारीलाई पनि सम्मान गरिएको थियो। उनीहरूलाई प्रमुख अतिथि आचार्य, ईकाइका प्रमुख लोकनाथ आचार्य, वडाध्यक्षद्वय पुष्पेन्द्र पाण्डे, अमृत शर्मा तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापा, सदस्य चित्रबहादुर थापा, गोविन्द थापा लगायतले सम्मान गरे ।
सो अवसरमा विभिन्न समितिका संयोजक एवं सदस्यलाई सम्मान गरिएको थियो। विद्यालयले कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई वर्ष २०८१को शैक्षिक पुरस्कार तथा विभिन्न छात्रवृत्ति प्रदान गर्यो। विभिन्न सांस्कृतिक नृत्य, भजन तथा झाँकी प्रदर्शन गरिएको कार्यक्रमको सञ्चालन शिक्षक सीता पौडेलले गरेकी थिइन्।
करिव एक हजार विद्यार्थी अध्ययनरत विद्यालयले आगामी ३ वर्ष भित्र २ हजार विद्यार्थी पुर्याउने गरी अभियान सञ्चालन गरेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया