
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड, पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरवोट भजन समुह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ।
शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको २६ संस्करणको प्रतियोगिता प्रतियोगितामा द्वितीय तनहुँ शुक्ला गण्डकीको महेश्वर खनाल भजन समुह, तृतीय हेम्जाको मातृकेश्वर भजन समुह र भद्रकाली खैंजडी भजन समुह र धर्मस्थली भजन समुहलले सान्त्वना स्थान प्राप्त गरेको छ ।उनीहरूले नगद ७५ हजार र प्रमाणपत्र,५० हजार र प्रमाणपत्र, र २५ हजार र प्रमाणपत्र प्रदान गरिएको प्रचार प्रसार संयोजक सञ्जय थापाले जानकारी दिए। प्रतियोगितामा तनहुँ, स्याङ्जा, धादिङ लगायतका विभिन्न जिल्लाबाट १६ टोलीले सहभागिता जनाएका थिए। सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही नगद ५ हजार र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको छ । सहभागी भजन टोलीको प्रस्तुती मुल्यांकन भने लोकदोहोरी कलाकारले गरेका थिए। लोकदोहोरी गायक जीवन दाहाल, तारापति सुवेदी, सरला लामिछाने’सरू’ र प्रेमराज अधिकारीले मुल्यांकन गरेका हुन्।नतिजाको घोषणा लोकदोहोरी गायक जीवन दाहालले गरेका थिए।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले पोखरा प्राकृतिक, सांस्कृतिक र कलाले भरिपूर्ण शहर भएको बताउँदै, कला, साहित्य र संस्कृतिको कुनै सिमा नहुने बताए। उनले यस किसिमका संस्कृति संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो। यस किसिमका कार्यका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालय जहिले पनि सहयोग गर्न तयार रहेको मन्त्री थापाले स्पष्ट पारे । त्यस अवसरमा मन्त्री थापाले आफ्नो तर्फबाट १६ नम्वर वडाको विकासमा गरेको फेहरिस्त समेत सुनाएका थिए। प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाँले प्रतिष्ठानले हालसम्म गरेका कार्य र उद्देश्यका बारेमा जानकारी गराउँदै, साहित्य, कला र संस्कृति बुझेको व्यक्तिले मात्र गण्डकी प्रज्ञा प्रतिष्ठान हाँक्न सक्ने बताए। मन्त्री थापाले कार्यक्रमका लागि प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न संघ संस्था र व्यक्तिलाई प्रमाणपत्र प्रदान गर्नुभयो।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गादेवी बस्नेत गौतमले कला, संस्कृति र साहित्यको विकासका लागि संस्थाले निरन्तर कार्य गरिरहेको बताईन्।
कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी’प्यासी’, संस्कृतिविद् डा जगमान गुरुङ, प्रदेश सभाका पुर्व सदस्य प्रभा कोईराला, पुर्व मेयर एवं एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वरिष्ठ लोक गायिका हरिदेवी कोईराला, सर्जक रामबहादुर कोईराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सुर्य खड्का ‘विखर्ची’, एमाले नेता तेजनारायण अधिकारी, विभिन्न वडाका जनप्रतिनिधिको सहभागिता रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गिता भट्टराई भण्डारी र संचालन सचिव रामप्रसाद पाैडेल’घर्मेली’ ले गर्नुभएको थियो। कार्यक्रम हेर्न त्यस आसपासका विभिन्न क्षेत्रबाट उल्लेख्य रूपमा दर्शक सहभागी भएका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया