SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/३१ गते
    २८१ &#२३४६;&#२३३५;&#२३२५;

    डोटी, । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, जोरायल गाउँपालिका पुग्नुभएको छ ।भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको अध्यात्मिक दर्शन तथा आशिर्वाद कार्यक्रम आयोजना गरेकोमा प्रदेश प्रमुख भट्ट र सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ सहभागी हुनुभएको हो ।

    जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगायत पालिकाका जनप्रतिनिधिले जोरायललाई पर्यटकीय स्थल बनाउन जगतगुरुको उपस्थितिमा यस ठाउँको इतिहासमा महिमा हुने गरी गरेको प्रयत्न सराहनीय रहेको प्रदेश प्रमुखद्वयले बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओली पनि सहभागी हुनुहुन्थ्यो ।

    गण्डकीका प्रदेश प्रमुख भट्टले कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गर्नुहुँदै सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्ने उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो – ‘हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ।’

    श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं