
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा। बटुवा हुन् कि मोटरसाइकल यात्री, पोखराका सडकमा कालो धुवाँको मुस्लोभित्र निस्सासिनै पर्छ । सिटी बस, ट्रक, ट्रिपर जस्ता मालबाहक सवारी साधन मात्रै होइन, स्कूल बस समेत कालो धुवाँ पुत्ताउँदै गुड्छन् ।
स्कुल हिँडेका बाबुनानीदेखि पोखरा घुम्न आउने पयर्टक कतिबेला यस्ता गाडीको पछाडि पर्छन् र कालो धुवाँको मुस्लोमा निस्सासिन्छन् भन्ने भरै नहुने अनिल लामिछानेको अनुभव छ ।
‘डोर्याएर स्कुल पुर्याउँदै गर्दा अभिभावक र बच्चा नै धुवाँको मुस्लोमा परेर कालो भएको अनुभव छ । अचम्म छ, विद्यार्थी ओसार्ने स्कुल बस नै कालो धुवाँ पुत्याउँदै कुदिरहेका हुन्छन्,’ उनले पोखराको दृश्य देखाए ।
इन्जिनियर कौशलचन्द जीसी पोखराको महेन्द्रपुलमा उभिइरहेका थिए, जहाँ स्कुल जानका लागि बाबुनानीले बस कुरिरहेका थिए । नजिकै पोखरा नगर बस यात्रु ओसार्न तँछाडमछाड गरिरहेका थिए । ‘त्यति नै बेला धुवाँको मुस्लो फाल्दै नजिकैबाट नगर बस गयो र बच्चाहरू त्यही धुवाँभित्र परे,’ उनले सुनाए, ‘एकछिनमा उनीहरूलाई लिन आउने बस पनि उसैगरी धुवाँ पुत्याउँदै आयो । अहिले पोखरामा हामी निस्सासियौं, सास फेर्न देऊ भन्नुपर्ने अवस्था छ ।’
हुन पनि पोखराको महेन्द्रपुलसँगै चिप्लेढुंगा, सभागृह चोकमा नगर बस बग्रेल्ती देखिन्छन् । यात्रु चढाएर गुड्ने बेला यी बसले फाल्ने कालो धुँवामा यात्रुहरू निस्सासिएको दृश्य सधैंजसो देखिन्छ । कालो धुँवाले पोखराको चित्र नै कुरूप बन्न थालेको छ ।लेखनाथ क्षेत्रबाट विजयपुर हुँदै पृथ्वीचोकसम्म आइपुग्दा चाउथे क्षेत्रमै ट्रिपर, ट्रकदेखि नगर बससम्मको आतंकले मोटरसाइकल तथा स्कुटरमा हिँड्नेहरू आजित भइसक्छन् । सिद्धार्थ राजमार्ग हुँदै छोरेपाटनतिरबाट हुन् या भूपि शेरचन राजमार्ग हुँदै याम्दीतिरबाट पोखरा शहर भित्रने हुन्, सास्ती त्यहीँबाट सुरु भइहाल्छ ।
पोखराको फेवाताल, लेकसाइडको मनोरम दृश्यमा रमाएर फर्किनेहरूको मनै खिन्न बनाउने गरी शान्तिनगरको उकालोमा नगर बसले कालो धुवाँको मुस्लो फालेका दृश्य दिनहुँ देखिन्छन् ।
सार्वजनिक यातायात व्यस्थापन तथा नियमन गर्ने सरकार र तिनका निकाय भने आलोचना हुँदा चर्चामा आउनका लागि अनुगमनमा निस्किएजस्तो गर्छन् तर समस्या जहाँको त्यहीँ हुने गरेको छ । प्रदेशभित्रको यातायात नियमन तथा व्यवस्थापन प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्छ ।
राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली जारी गरेर व्यवसायीको आन्दोलनसामु निडर उभिएर वाहवाही कमाएको गण्डकी प्रदेश सरकार नेतृत्वले सार्वजनिक यातायात सेवा सुधारका निम्ति भने ध्यान दिन नसकेको भन्दै नागरिक तहबाट प्रश्न उठिरहेको छ ।
यसअघि पोखरामा कालो धुवाँ आतंकबारे अनलाइनखबरमा समाचार प्रकाशित भएपछि भोलिपल्टै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीसहित अनुगमनका लागि सडकमा उत्रिएका थिए ।६ असारमा २१ वटा गाडीको प्रदूषण जाँच गर्दा आधा फेल भएका थिए । तर मन्त्रीसहितले एक एक्सन लिएर चर्चा कमाए पनि नियमित अनुगमन गर्ने तथा सार्वजनिक यातायात सेवालाई सुधान गर्नेतर्फ सरकारको बेवास्ता नै देखिएको छ ।
पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ आफैं धुवाँको मुस्लोभित्र पर्ने गरेको स्वीकार्छन् । उनले आफूले व्यवसायीलाई भनिसकेको भए पनि मुख्य जाँचपास गर्ने र नियमन गर्ने काम राज्यको भएको उनी बताउँछन् । पोखरामा धुवाँको मुस्लो फाल्दै हुँइकिन्छन् गाडी, ३५ वटाको प्रदूषण जाँच्दा ३० वटा फेलअबको साधारणसभाबाट इलेक्ट्रिक गाडीमा जोड दिने र त्योबाहेक पनि पोखरालाई सुहाउँदो गाडी ल्याउने विषयमा बहस उठाउने प्रतिवद्धता उनले गरे । अहिले पोखरामा गाडी धेरै भएकाले धेरै धुवाँ फालेको देखिएको पनि उनको तर्क छ ।
‘गाडीले हिजो पनि धुवाँ फाल्थ्यो तर गाडी थोरै थिए, कम देखिन्थ्यो । अहिले गाडी नै धेरै भए, मिनेटमिनेटमा यस्तो सामना गर्नुपर्छ,’ गुरुङ उल्टो प्रश्न गर्छन्, ‘राज्यले नै भनिदिनुपर्यो मर्मत गरेर पनि धुवाँ फाल्यो भने हामी जाने कहाँ ?’
व्यवसायीको प्रश्नका सामु सरकार नै निरीह बन्नुपर्ने अवस्था छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्मा पर्याप्त जग्गाको अभावले पनि नियमित चेकजाँच गर्न नसकेको बताउँछन् । सडकमै गएर जाँच गर्न पर्याप्त जनशक्ति नभएको उनी सुनाउँछन् ।
डिजेलका गाडीको प्रदूषण जाँच गर्ने २ वटा मेसिन छन् । ठाउँ अभावले नियमित जाँच गर्ने अवस्था नै नरहेको उनले उल्टै दुखेसो पोखे ।समयमै गाडी मर्मत-सम्भार गर्नु नै यसको प्रमुख समाधान भएको उनी बताउँछन् । धुवाँ फाल्नुभन्दा अगाडि नै मर्मत गर्नुपर्ने उनको भनाइ थियो । नगर बसमा समस्या देखिनुको प्रमुख कारण समयमै मर्मत नगरेको कारण नै पत्ता लागेको उनले बताए ।
कालो गाडीको आयु २० वर्ष तोकिएको छ । १९ वर्ष पुगेका गाडीले अलि बढी धुवाँ फाल्ने र ६४ प्रतिशतसम्म धुवाँ फालेका गाडीलाई जाँच पास गराएर पठाउनुपर्ने कानुनी बाध्यता आफूहरूलाई लागेको उनले बताए ।
ट्राफिक प्रहरीले पनि यस्ता गाडीलाई समाएर कारबाही गर्ने अधिकार छैन । त्यस्ता गाडीलाई पक्राउ गरी यातायात कार्यालय पठाउने र मर्मत गरेर गाडी फिर्ता दिनेबाहेक अरू कारबाही गर्नेसक्ने स्थिति नभएको उनीहरू नै बताउँछन् ।
पोखरा बस व्यवसायीका मात्रै ३५२ वटा नगर बस छन् । लेखनाथ सिटी बससहित अन्य कम्पनीकासमेत गर्दा पोखरामा चल्ने बस करिब ४०० भन्दा धेरै पुगिसकेका छन् । यीबाहेक पोखरा हुँदै ३ लाख सवारी साधन गुड्ने यातायात व्यवस्था कार्यालय बताउँछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया