SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/३१ गते
    २२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। कुश्मा स्थित शिवालय युवा विकास मञ्चको आयोजनामा शुक्रबार कुश्माको ऐतिहासिक बान्द्रवेणी चौरमा युवा भेला सम्पन्न भएको छ। करिब ५० जना सक्रिय युवाको सहभागिता रहेको भेलामा चौर संरक्षण सम्बन्धी महत्वपूर्ण छलफलका साथै मन्दिर सरसफाइ र चौरमा रहेका ढुंगा पन्छाउने काम गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष संविधान गिरीले युवाहरू पाटीगत स्वार्थमा नफसी एकजुट भई समाजसेवामा लाग्नु पर्ने आवश्यकता औंल्याए। उनले आगामी असोज ११ गते हुने कन्सर्ट कार्यक्रममा पनि सबैलाई साथ दिन आग्रह गरे।

    कार्यक्रम सञ्चालन गर्दै मञ्चका सह–सचिव सन्दीप नेपालीले कुस्मामा युवाहरूबीचको एकता समाजमा व्याप्त बेतिथि र भ्रष्टाचार अन्त्यको आधार बन्ने बताए। “आजको सबैभन्दा ठूलो शक्ति नै युवा शक्ति हो,” उनले भने।

    भेलामा कुस्मा स्पोर्ट्स क्लबका अध्यक्ष विक्रम श्रेष्ठ, जनकल्याण आमा समूहकी अध्यक्ष मान कुमारी गिरी तथा कुस्मा नगरपालिकाका विभिन्न वडाका सक्रिय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं