
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिकामा शिक्षक समायोजन प्रक्रिया अन्योलमा रहेको छ । निकै समय हुदा पनि शिक्षक समायोजन प्रक्रिया नहुदा चुनौती थपिदै गएको हो । फलेवास नगरपालिका वडा नम्बर ५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयमा कर्यरत शिक्षकरुलाई अन्यत्रका विद्यालयमा समायोजन गर्न गाह्रो भएको हो ।
फलेवास नगरपालिकाले गएको अषाढ २ गते ध्रुव नमुना मा.वि.मा विद्यार्थी संख्या कम हुँदा त्यहाँ कार्यरत शिक्षकहरुलाई अन्यत्रका विद्यलयमा समयोजन गरी सहि ढंगबाट व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
उक्त विद्यालयमा मा.वि. तहका ४जना, नि.मा.वि. तहका ३ जना, प्रा.वि. तहका ४ जना शिक्षक, १ जना लेखापाल, १ जना बालशिक्षक र १ जना कार्यालय सहयोगी गरी जम्मा १४ जना कार्यरत रहेका थिए ।
पालिकाले गरेको समयोजन प्रक्रियाअनुसार हालसम्म मा.वि. तहका शिक्षकहरु अन्यत्रको विद्यालयममा समायोजना भइसकेको, नि.मा.वि. तहका तिन जनामध्ये २ जना समायोजना भएको र बाँकी १ जना शिक्षक कुल प्रसाद शापकोटालाई ठानामौलाको जनज्योती मा.वि. खाल्टेमा हाजिर हुन अनुरोध गरीएकोमा उनले त्यहाँ गएर शिक्षण गर्न नसक्ने विभिन्न कारण देखाई विद्यालय जान नमानेको बताएका छन् ।
प्रा.वि. तर्फका ४ जना शिक्षकहरुमध्ये २ जना समायोजन भई अन्यत्रका विद्यालयमा हाजिर भैसकेको भने बाँकी २ जना शिक्षक कृष्ण कुमारी शर्मा र शिव प्रसाद शर्माले गत अषाढ २ गते यता रित्तो विद्यालय कुरेर बस्न बाध्य भएका छन् ।
शिक्षक समायोजन गर्ने निर्णय भएको २ महिना वितिसक्दा पनि उनिहरुलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै टुंगो लागिनसकको शिक्षा शाखाका पदाधिकारीले बताएका छन् ।
विद्यालयमा कार्यरत लेखापाल गणेश वि.क.ले भने पछिल्ला केहि दिन यता भवानी विद्यापीठ मा.वि. खानीगाउँमा शिक्षण गर्न थालेका छन् उनले पनि खास कहाँ र कसरी काम गर्ने भन्ने विषय अन्योलमा रहेको बताएका छन । अहिले उक्त विद्यालयकोे बालकक्षामा १ जना विद्यार्थी रहेको स्थानीयको भनाइ रहेको छ ।
पहिलो चरणमा नगरपालिकाको बैठक वसि यो पक्रिया थालिएको र कतिपय शिक्षकहरुलाई आफुहरुले पठाएको विद्यालयमा जान कठिन भएका कारण असहज भई जान नमानेकोले यो अवस्था सिर्जना भएको नगरपालिकाका मेयर गंगाधर तिवारीले बताएका छन् । अबको १ हप्ताभित्रै सवै शिक्षकहरुलाई समायेजन गर्ने गरी दोस्रो चरणको प्रक्रिया थालिने उनको भनाई रहेको छ ।
सञ्चारकर्मीसंग बोल्दै मेयर तिवारीले धेरैजसो शिक्षकहरु समायोजन गरीसकिएकोले अब यो समस्या समाधानको अन्तिम चरणमा पुगेको बताउँदै सवैलाई मिल्ने गरी छिटैनै व्यवस्थापन गरीने बताएका छन् । सोहि विषयमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्यले भने आफुहरुले विगतदेखि नै कम विद्यार्थीसङ्ख्या भएका विद्यालयहरुलाई मर्ज गरी समायोजना गर्दै आईरहेको बताउँदै अहिलेको चरणमा थालिएको यो समायोजन प्रक्रियापनि पूर्णरुपमा नियमसंवत तवरले टुङ्गोमा पु¥याईने बताएका छन् ।
फलेवास नगरपालिकाले विगतदेखि नै आफ्नो पालिकाभित्रका कम विद्यार्थी सङख्या भएका विद्यालयहरुलाई मर्ज गरेको बताउँदै आचार्यले विचमा समायोजनको पक्रिया रोकिएतापनि अहिलेको यो चरणदेखि निरन्तरता दिने बताएका हुन् ।
अहिले पालिकाभित्र रहेका धेरैजसो आधारभूत तहका (प्रा.वि.) विद्यालयहरुमा विद्यार्थी सङ्ख्या कम भएतापनि पालिकाले कुनै चाँसो नदेखाएकोप्रती फलेवास नगरपालिकावासिहरुले गुनासो व्यक्त गरेका छन् । यिनै कुरालाई मध्यनजर गर्दै आचार्यले अवको केही समयमै त्यस्ता सवै विद्यालयहरुलाई समायोजना गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया