
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पोखरा ।नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार (अगष्ट ३०) मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुप – अमेरिका को आयोजनामा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सहआयोजनामा तीजको पावन अवसरमा यो विशेष सांस्कृतिक उत्सव आयोजना गर्न लागिएको हो।
कार्यक्रम म्यानचेस्टर कम्युनिटी म्युजिक स्कूलको हलमा दिउँसो ५ बजेदेखि सुरु हुने जानकारी गराइएको छ । यसमा नेपालका चर्चित कलाकारहरू — वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी, लोकप्रिय गायक प्रताप दास, सुमधुर स्वरकी धनी गायिका एलिना चौहान र लोकदोहोरी गायिका कला लम्सालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।
आयोजकका अनुसार तीजको अवसरमा नेपालबाट आएका कलाकारहरूले अमेरिकास्थित नेपाली समुदायलाई भरपूर मनोरञ्जन दिनेछन्। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने टिकट बिक्री समेत उत्साहजनक रहेको छ।
एभरेष्ट कल्चरल ग्रुप अमेरिका र एनएच दिदीबहिनी समूहकी अध्यक्ष किरण गुरुङले यो कार्यक्रमले नेपाली मौलिक संगीतको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । मुर्रा ब्रदर्स एनएचका अध्यक्ष सोम गुरुङ ले समुदायको माया र उत्साहले आफूहरूलाई थप हौसला मिलेको बताए।
आयोजक संस्थाका महासचिव साथै चर्चित कलाकार एवम् कार्यक्रम उदघोषक सुरेन्द्र गुरुङले अमेरिकामा रहेका सबै नेपालीलाई यस ऐतिहासिक अवसरको साक्षी बन्न आग्रह गरेका छन् । यो उत्सवले संगीतको माध्यमबाट टाढा रहेका नेपाली मनहरूलाई जोड्ने पुलको काम गर्ने विश्वास उनको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया