
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ।
पोखराको पत्रकार भेटमा श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुली मिलियन भ्यूज सामाजिक कथावस्तुमा आधारित फिल्म भएको उल्लेख गरे । कथा प्रभावकारी भएकाले नेपालका दर्शकलाई मन पर्ने विश्वास उनको छ । भारत पुगेर आफुले उक्त सिनेमा हेरेको र कथावस्तु राम्रो लागेर नै नैपालमा रिलिजको तयारी गरिएको जानकारी उनले गराए ।
फिल्मका विश्वव्यापी वितरक विकास कुमार सिंह राजपूतले सिनेमा साइकोलोजिकल थ्रिलर भएको उल्लेख गरे । ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको भनाई उनको छ ।
‘मिलियन भ्युज’ मा युवतीको आत्मसम्मानको विषयलाई प्रभावकारी रुपमा उठाइएको छ । ९० मिनेटभित्र १० लाख भ्युज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटमको विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको उनले जानकारी गराए ।
ब्ल्याक वेब र डिजिटल अपराधको पृष्ठभूमिमा बनेको थ्रिलर सिनेमाले मानव सहनशीलताको सीमा, व्यक्तिगत सम्मानको मूल्य र अनलाइन संसारमा लुकेको अँध्यारो सत्यलाई उजागर गर्ने उनले उल्लेख गरे । वितरक विकास कुमार सिंहका अनुसार करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मलाई नेपालमा सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ । काठमाडौंमा विशेष शोको योजना पनि गरिएको छ । फिल्म सेन्सर प्रक्रियामा रहेको र नेपालमा मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा प्रदर्शन हुने उनले जानकारी दिए।
नालापानीका निर्देशक रिनेश अधिकारीले फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताए ।
थ्रिएटर कलाकार सिद्धी जेसवालको मुख्य भूमिका रहेको ‘मिलियन भ्युज’ आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको हो । लेखक, निर्देशक तथा निर्माता अंशुल सिन्हा हुन्। सिनेमाटोग्राफर कृष्णा गोली, कला निर्देशक नानी, मेकअपमा लीला, पोशाक डिजाइनमा एमडी रहमान, पोस्टर डिजाइनमा कुनाल र सेट तथा प्रोप डिजाइनमा एमडी तौसीफ छन्।
फिल्म केवल थ्रिलर मात्र नभई डिजिटल संस्कृतिमा फैलिँदो मानव शोषण, नैतिक पतन र व्यक्तिगत सम्मानको मूल्यबारे गहिरो प्रश्न उठाउने सामाजिक टिप्पणीका रूपमा प्रस्तुत भएको दाबी गरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया