SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/२८ गते
    १३१ &#२३४६;&#२३३५;&#२३२५;

    पनौती, काभ्रे । विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले निरन्तर धार्मिक तथा सांस्कृतिक गौरवको नयाँ आयाम थप्दै आएको छ । हालै सम्पन्न भएको विश्वकै अग्लो शिव त्रिशूल निर्माण र ७७ वटै जिल्लामा सम्पन्न भव्य रथयात्रापछि आज पुनः अर्को ऐतिहासिक क्षण धामको काखमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सन्त समाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द महाराजको संयुक्त करकमलबाट लड्केश्वर धामको विशेष ‘निशानी’ अनावरण गरिएको हो ।

    कार्यक्रममा विद्वान प्रा. डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडा अध्यक्ष विपिन लामा, पीठाचार्य अरुण कुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरूलगायत दानदाता र भक्तजनहरूको उपस्थितिले माहोल भव्य बनेको थियो ।

    पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्पअनुसार ‘राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा’ नामक अभियान अन्तर्गत यो ६.५ केजी शुद्ध चाँदीको निशानीलाई ७७ वटै जिल्लामा शास्त्रीय विधिअनुसार लैजाने र दर्शन गर्न नपाएका भक्तजनलाई पनि दर्शनको अवसर दिने तयारी भएको छ । यात्राको सुरक्षा र व्यवस्थापनका लागि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार भइसकेको र यात्राका लागि विशेष रथ तयार पारिएको जानकारी पीठाधीशले दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं