
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् ।
मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् । स्नातक तहको विएएसडब्लु र विविएस तर्फका विद्यार्थीहरु पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायश्थ र श्रीजा श्रेष्ठ नियुक्त भएका छन् । उनीहरु मंगलबारदेखि नै पोखरा कार्यक्षेत्रमा खटिएका हुन् ।
कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरु गरेको जानकारी दिएका छन् । ‘विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्ताने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिकाहरु सिकाउनका लागि हामीले यो परियोजना शुरु गरेको हौं’, अध्यक्ष प्रा. डा. पराजुली भन्छन् । नयाँ परियोजना विद्यार्थीहरुका लागि ज्ञान र सीप सिक्ने प्लेटफर्म बन्ने उनको विश्वास छ ।
त्यसैगरी सोही कार्यक्रममा कलेजका क्याम्पस प्रमूख नारायण कुमार श्रेष्ठले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने दृष्टिकोणले पढ्दै कमाउँदै परियोजना शुरु गरिएको बताए । क्याम्पस प्रमूख श्रेष्ठका अनुसार आगामी दिनमा यो परियोजनालाई कलेजले निरन्तरता दिने छ ।
विद्यार्थीहरुलाई कलेज भोलेन्टर पदमा नियुक्त गरिएको हो । उनीहरु कलेजका दुतका रुपमा लेकसिटीका नियमित कार्यहरुमा समेत सहभागी हुनेछन् । कलेजमा अध्ययन अनुसन्धानमा समेत उनीहरुले सहयोग गर्ने सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ ।
लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु (समाजिक कार्य) विषयमा पठनपाठन गर्दै आएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया