SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/२६ गते
    १७६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् ।

    सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र साइना थापाले पाँचौ स्थानमा हासिल गरे । पहिलो हुनेले ७० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरे ।

    जुनियरतर्फ दिप्सीका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डे पाँचौ भए । प्रथम हुनेले ५० हजार, दोस्रो हुनले ३० हजार र तेस्रो हुनेले २० हजार पाए । वेष्ट कोरियोग्राफरको अवार्ड अमृत सुनारले जिते ।

    भारतीय चर्चित डान्स शो इन्डिया वेस्ट डान्सर सिजन–३ का विजेता समर्पण लामा, हिप हप इन्डियाका डान्सर नोर्बु तामाङ र बिटुडी ड्रेस सेन्टरका सञ्चालक स्मृति गुरुङ तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    उक्त प्रतियोगितामा प्रि अडिसन राउण्डमा १ हजार बढी सहभागी थिए । यस्तै अडिसन राउण्डमा ३ सय जना पुग्न सफल भएका थिए । मेगा अडिसनका लागि १ सय ७० जना छनोट हुँदा सेमिफाइनलमा ६९ जनाले प्रतिस्प्रर्धा गरेका हुन् । ग्राण्ड फिनालेमा सिनियरतर्फ १२ र जुनियरतर्फ २० जनाबीच प्रतिस्प्रर्धा भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं