News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद मुख्य समाचार राष्ट्रिय समाचार

    यु-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली फर्कियो

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो ।

    भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

    छनोटमा नेपालले ३ खेल खेलेर ४ अंकमात्रै जोड्न सक्यो । नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

    नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंकका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा छनोट भयो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया