SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/२५ गते
    ३८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ । केही दिनअघि उनको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ ।

    उक्त गीतका कोरियोग्राफर मौसम हिमालीका अनुसार, माझीको नयाँ गीत मौलिक शैलीमा बनेको छ र दर्शकले उनको चिरपरिचित शैलीसँग भावना साट्न सक्नेछन् ।

    ६० जना कोरस डान्सरलाई लिएर बनाइएको माझीको नयाँ गीतको म्युजिक भिडियोको अहिले सम्पादन भैरहेको छ । ‘अबको दुई तीन दिनमा गीत आउन सक्छ’ हिमालीले भने ।

    भिडियोमा गतवर्ष माझीले ल्याएको गीतकै मोडल ललिता पौडेलले अभिनय गरेकी छन् । माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको नयाँ गीत टिपिकल शैलीमा बनेको हिमालीले बताए ।

    हरेक तीजमा माझीको गीत सुन्न दर्शक प्रतीक्षारत हुन्छन् । तीज आउन केही साता मात्र बाँकी रहँदा विष्णुले गीत ल्याउँदै आएकी छन् ।कतिपय प्रशंसकले विष्णु माझीको गीत नआए, तीज आएको जस्तो नलाग्ने भन्दै टिप्पणी गरिरहेका हुन्छन् । यतिबेला पनि माझीको गीतको प्रतीक्षा भैरहेको छ ।

    अघिल्लो तीजमा माझीले ‘आइन आमा यो तीजमा’ बोलको गीत ल्याएकी थिइन् जसलाई २ करोड ४० लाख पटक हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं