
शिशिर,पोखरा ।पोखराको मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा मा.वि.स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा निलो सदनबाट कक्षा १० की छात्रा आयुष्का पाइजा., कक्षा ९ की एस्थर तामाङ, कक्षा ८ की उपासना रेग्मी र कक्षा ७ की सविता सुनार प्रथम र हरियो सदनबाट कक्षा १० की छात्रा अंशु भुजेल, कक्षा ९ का छात्रा प्रिस्किला तामाङ, कक्षा ८ की छात्रा मेहुली मन्ना र कक्षा ७ का छात्र पेरिस पौडेल द्वितीय भएका छन् ।
करिब १६ जना विद्यार्थीहरु सहभागी भएकाे प्रतियोगितामा हिज्जेको सहजीकरण नेपाली शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो । उत्कृष्ट विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह–प्राचार्य नीलकण्ठ पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रमको सञ्चालन विद्यालय संयोजक माया क्षेत्रीले गर्नुभएको थियो ।
















