SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/२३ गते
    ३०२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार बसेको बैठकले भदौ १ गते सम्मान सहित दर खाने कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष दिपेश वि पोखरेलले जानकारी दिनुभयो।

    कार्यक्रममार्फत जिल्लामा लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै महिलाको आवाज बुलन्द गर्न योगदान पुर्‍याउने महिला पत्रकारहरूलाई सम्मानपत्र प्रदान गरिनेछ।

    अध्यक्ष पोखरेलका अनुसार महिला पत्रकारको पेशागत हैसियत अभिवृद्धि गर्न, हौसला प्रदान गर्न र पत्रकारितामा महिलाको सहभागिता थप प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।

    शाखाको बैठक प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि पोखरेलको अध्यक्षता र गण्डकी प्रदेशका इन्चार्ज गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा केन्द्रको निर्णय अनुसार पर्वत शाखाको इन्चार्जका रुपमा आउनुभएका सिर्जना पन्तलाइ स्वागत गरिएको थियो ।

    बैठकमा केन्द्रिय सदस्य गणेश गिरी, प्रदेश सचिव डिल बहादुर वि.क,सिर्जना बराल,निवर्तमान अध्यक्ष कृष्ण अखेली,पुर्व अध्यक्ष लक्ष्मण सापकोटा, सन्तोष थापा, प्रेस चौतारीका नेता राजु पौडेलको विशेष उपस्थिति रहेको थियोसाथै बैठकले अन्य महत्त्वपूर्ण निर्णय समेत गरेको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं